विराटनगर । प्रदेश १ मा आईतबार २७ जनामा कोरोना देखिएको छ । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा १७, झापामा २, उदयपुरमा ६ र सुनसरी र इलाम एक एक जनामा संक्रमण पुष्टि भएको हो । उनीहरुमा पीसीआर परीक्षण गर्दा उनीहरुमा रिर्पोट पोजेटिभ देखिएको हो । आईतबार पोजेटिभ रिर्पोट आउनेहरुमा ६ जना महिला छन् । प्रदेश १ मा हालसम्म जम्मा २२ हजार ९७८ जनामा पीसीआर परीक्षण गरिएकोमा ५६० जनामा संक्रमण पुष्टि भएको छ ।
काठमाडौं / नेपालमा आज थप ४६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सगै नेपालमा संक्रमितहरुको संख्या १२ हजार ७ सय ७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४६३ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा थप १७९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सगै कुल डिस्चार्ज हुनेको संख्या ३ हजार १३ पुगेको छ । हालसम्म संक्रमण पुष्टि भएकाहरु मध्ये २८ जनाको मृत्यु भएको छ । प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका सबै ७७ जिल्लामा संक्रमण देखिएको छ ।
धरान / छुरा प्रहार गरि घाईते बनाएर फरार रहेका धरान १५ का १८ वर्षीय निश्चल लिम्बुलाई ईलका प्रहरी कार्यलय धरानले पक्राउ गरेको छ । उनले गत बैशाख ५ गते रातको करिब ९ ४५ तिर धरान वडा नम्बर १५मा बस्दै आएका केशब राईलाई उनकै घर अगाडी पेट लगायत शरीरको विभिन्न भागमा छुर प्रहार गरि गम्भिर घाईते बनाएर, फरार भएका थिए । पिडितले उनि विरुद्द ज्यान मार्ने उद्ययोगमा मुद्दा दर्ता गराए पछि प्रहरीले उनले गत शुक्रबार पक्राउ गरेको हो । प्रहरीका अनुसार सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
विराटनगर । प्रादेशिक संचार प्रतिष्ठान प्रदेश नं १ को गठन प्रक्रियाको विषयमा नेपाल प्रेस युनियनले मुख्यमन्त्री शेरधन राईको ध्यानाकर्षण गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार मुख्यमन्त्री राईसंग भेटघाट गरी युनियनका पदाधिकारीले प्रतिष्ठानमा समावेशी सहभागिता गराउन ध्यानाकर्षण गरेको हो । सरकारको मन्त्रिपरिषद् निर्णयबाट नियमावली बनेर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीको अध्यक्षतामा प्रतिष्ठान गठन गर्ने सरकारले तयारी थालेको छ । नेपाल युनियन प्रदेश युनियन प्रदेश १ र मोरङ जिल्ला कार्यसमितिले युनियनका तर्फबाट दुई जना सदस्यलाई प्रतिष्ठानमा स्थान दिन माग गरेको छ । युनियनका प्
इलाम झिमि झिम पानि, रोपाइँका बाउसे र रोपार एक–अर्कामा हिलो छ्यापाछ्याप गरी असारे गीत गाउँदै दुःख–कष्ट र थकाइ बिर्सन खोज्छन् । तर, इलाममा यस्ता गीत कतै सुन्न पाईदैन । खेतका गरा, खोलानाला र खहरेबाट झरेको पानीको आवाजसँगै असारे भाका गुन्जिँदा सुनिरहूँ जस्तो हुन्छ तर नयाँ पुस्ताका लागि असारे भाका इतिहास बनेको छ । खेतीपातीमा आधुनिक पद्धतिको विकास र विदेशी संस्कृतिको प्रभावसँगै नयाँ पुस्ताका लागि असारे भाका पनि बिरानो बन्दै गएको बूढापाका बताउँछन् । मानु खाएर मुरी उब्जाउने समय असार । त्यसमा पनि असार १५ किसानको चाडनै मानिन्छ । असार १५ मा दही चिउरा खाने र दिनभर रोपाई गर्ने चलन
बराहक्षेत्र । राष्ट्रिय बृक्षारोपण दिवसलाई प्रबर्द्धन गर्ने उद्देश्यले आज पुर्वका विभिन्न स्थान सहित सुनसरीको बराहक्षेत्र स्थित सदाबहार मिडिया प्रालिले आफ्नो कार्यक्षेत्र परिसरमा अर्जुन, अशोक, आँप, लिची लगाएतका बिरुवा बृक्षारोपण गरेको छ। बराहक्षेत्रमा शिघ्र समुदघाटन हुन लागेको सदाबहार मिडिया प्रालिका निर्देशक बिजयकुमार राउतले बोट बिरुवा रोप्दा बाताबरण संरक्षण र फलफूल उत्पादनमा आत्मनिर्भर हुने बताए। राउत मिडिया नेपाल प्रदेश नम्बर एकका अध्यक्ष समेत हुन। नेपाल सरकार द्वारा असार १४ गतेलाई राष्ट्रिय बृक्षारोपण दिवस दिवस घोषणा गरेको छ भने प्रदेश नं १ सरकारले प्रदेशब्यापी रुपमा आउदो दशक भरी फल
इटहरी । वर्षा याममा वर्षेनी बाढीको समस्या झेल्दै आएको इटहरी उपमहानगरका बिभिन्न क्षेत्रहरू यो वर्ष पनि पुनः जोखिम बढाउन थालेको छ । ४ दिन देखि लगातार परेको वर्षामा टेंग्रा खोलामा आएको बाढीले इटहरीको २ घरमा क्षती पुर्याएको छ । वर्षायाम सुरू भएपनि बाढी आउनु अघीनै टेंग्रा खोलाले डिल भत्काउदै स्थानीयको २ घरमा क्षती पुर्याएको हो । खोलाले इटहरी ४ स्थित खगेन्द्र खडकाको घरको पर्खाल भत्काएको छ । रातको समयमा आएको भेलले खोलाको दाँया र वाँया तर्फ थुपारिएको माटोको ढिस्को कटान गर्दै घरको पर्खाल भत्काएको घरबेटी खडकाले बताए । बाढीले अर्का छिमेकीको घरमा समेत क्षती पुर्याएको छ । छिमेकीको घरमा पनि राती आएको बाढ
इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले आइतबार हराएका तथा चोरी भएका बिभिन्न मोडलका मोबाइल सेटहरू सम्बन्धित धनिहरूलाइ बुझाएको छ । आइतबार प्रहरी कार्यालय परिषरमा पत्रकारहरू माझ सो मोबाइलहरू सम्बन्धित धनिलाइ बुझाएको हो । प्रहरीले बिभिन्न समयमा हराएको वा चोरी भएका ४५ थान मोवाइल सेट फेला पारी मोबाइल धनीहरूलाइ बुझाएको जनाएको छ । ईलाका प्रहरी कार्यालय ईटहरीमा सीडीआर शाखा स्थापना भएदेखि बिभिन्न ब्राण्डका अन्दाजी ५५ लाख ८६ हजार मुल्य बराबरका २ सय ३१ थान मोवाईल फेला पारी सम्बन्धीत धनीलाई बुझएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए ।माया मारिसकेको मोवाइल पुनः पाउदा सम्बन्धित धनीहरू
भोजपुर । न्याय र कानुनको विषयमा सचेतना बढ्दै गए पछि भोजपुरमा जबरजस्ती करणीका मुद्धा पनि बढ्न थालेको छ । कानुनमा भएका व्यवस्थाको विषयमा जानकारी पाए पछि उजुरी दिनेको संख्या पनि बढ्दै गएको हो । पछिल्लो समय भोजपुरमा जबरजस्ती करणीका मुद्धाको उजुरी दिनेको संख्या पनि बढ्दै गएको पाइएको छ । जिल्ला सरकारी वकिलको कार्यालय भोजपुरको तथ्याङ्कअनुसार दर्ता भएका कूल मुद्दामध्ये ७० प्रतिशत भन्दा बढी बलात्कारसँग सम्बन्धित रहेका छन् । जिल्ला सरकारी वकिलको कार्यालयमा आएका फौजदारी र जिल्ला प्रशासनबाट आएका १ सय ५२ वटा मुद्दामध्ये ७० प्रतिशत जबर्जस्ती करणी सम्बन्धी मुद्धा रहेको कार्यालयले जनाएको छ । स्थानीयस्तरसम्म
इलाम / इलाममा एकै दिन ५ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितहरुमध्ये ३ जना ओमन र १र१ जना साउदी अरब र भारतबाट नेपाल आएका हुन् । भारतबाट आएर सूर्योदय नगरपालिका–२ पशुपतीनगर क्वारेन्टाइनमा रहेका २७ बर्षिय पुरुष, ओमनबाट आएका सूर्योदय नगरपालिका–३ का ३० बर्षिय र २८ बर्षिय पुरुष, इलाम नगरपालिका–८ का ४८ बर्षिय पुरुष र साउदी अरबबाट आएका सूर्योदय नगरपालिका–७ का ३० बर्षिय पुरुषमा कोरोना संक्रमण भेटिएको थियो । भारतबाट आएका बाहेक ४ जना कन्यामको कृष्णाश्रम क्वारेन्टाइनमा रहेका थिए । उनीहरुलाई उपचारको लागि मोरङको गोठगाउँमा रहेको पुर्वाञ्चल विश्वविद्यालयको अस्पतालमा उपचारको लागि प