भोजपुरमा जबरजस्ती करणीको मुद्धा बढ्दै

  • असार १४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

भोजपुर । न्याय र कानुनको विषयमा सचेतना बढ्दै गए पछि भोजपुरमा जबरजस्ती करणीका मुद्धा पनि बढ्न थालेको छ ।

कानुनमा भएका व्यवस्थाको विषयमा जानकारी पाए पछि उजुरी दिनेको संख्या पनि बढ्दै गएको हो । पछिल्लो समय भोजपुरमा जबरजस्ती करणीका मुद्धाको उजुरी दिनेको संख्या पनि बढ्दै गएको पाइएको छ । जिल्ला सरकारी वकिलको कार्यालय भोजपुरको तथ्याङ्कअनुसार दर्ता भएका कूल मुद्दामध्ये ७० प्रतिशत भन्दा बढी बलात्कारसँग सम्बन्धित रहेका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालयमा आएका फौजदारी र जिल्ला प्रशासनबाट आएका १ सय ५२ वटा मुद्दामध्ये ७० प्रतिशत जबर्जस्ती करणी सम्बन्धी मुद्धा रहेको कार्यालयले जनाएको छ । स्थानीयस्तरसम्म पुगेर विद्यमान कानूनमा भएको व्यवस्थाको विषयमा जानकारी दिएसँगै उजुरी दिनेको सङ्ख्या वृद्धि भएको निमित्त जिल्ला न्यायाधिवक्ता प्रमोद भट्टराईले बताए ।

उनका अनुसार कार्यालयमा आएका मुद्दामध्ये ७० प्रतिशत मुद्दा जबर्जस्ती करणीका मुद्दा रहेको र गत वर्षको तुलनामा बहुविवाहका मुद्दामा भने कमी आएको छ ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved