टेंग्राले कटान गरेपछि स्थानीय त्रसित

  • असार १४, २०७७
  • "तेजबहादुर बन"
alt

इटहरी । वर्षा याममा वर्षेनी बाढीको समस्या झेल्दै आएको इटहरी उपमहानगरका बिभिन्न क्षेत्रहरू यो वर्ष पनि पुनः जोखिम बढाउन थालेको छ ।

४ दिन देखि लगातार परेको वर्षामा टेंग्रा खोलामा आएको बाढीले इटहरीको २ घरमा क्षती पुर्याएको छ । वर्षायाम सुरू भएपनि बाढी आउनु अघीनै टेंग्रा खोलाले डिल भत्काउदै स्थानीयको २ घरमा क्षती पुर्याएको हो ।

खोलाले इटहरी ४ स्थित खगेन्द्र खडकाको घरको पर्खाल भत्काएको छ । रातको समयमा आएको भेलले खोलाको दाँया र वाँया तर्फ थुपारिएको माटोको ढिस्को कटान गर्दै घरको पर्खाल भत्काएको घरबेटी खडकाले बताए ।

बाढीले अर्का छिमेकीको घरमा समेत क्षती पुर्याएको छ । छिमेकीको घरमा पनि राती आएको बाढीले पर्खाल भत्काइदिएको हो । सिचाइ बिभागले समयमै तटबन्ध निर्माणमा हेलचेक्राइ गर्दा बाढीले क्षती पुर्याएको पिडित खडकाको आरोप छ । केहि वर्षअघि इटहरी स्थित टेंग्रा खोलाले सहरनै डुबानमा पारेपछि खोलाको मुहान सेरामा तटबन्ध निर्माण गरेपछि डुबान कम हुदै आएको थियो ।

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

दुहबीमा ११६ केजी गाँ ...

दुहबी/  सुनसरीको दुहबी नगरपालिका–४ मालह ...

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved