प्रादेशिक संचार प्रतिष्ठान समावेशी बनाउन प्रेस युनियनको माग

  • असार १४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । प्रादेशिक संचार प्रतिष्ठान प्रदेश नं १ को गठन प्रक्रियाको विषयमा नेपाल प्रेस युनियनले मुख्यमन्त्री शेरधन राईको ध्यानाकर्षण गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार मुख्यमन्त्री राईसंग भेटघाट गरी युनियनका पदाधिकारीले प्रतिष्ठानमा समावेशी सहभागिता गराउन ध्यानाकर्षण गरेको हो ।

सरकारको मन्त्रिपरिषद् निर्णयबाट नियमावली बनेर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीको अध्यक्षतामा प्रतिष्ठान गठन गर्ने सरकारले तयारी थालेको छ । नेपाल युनियन प्रदेश युनियन प्रदेश १ र मोरङ जिल्ला कार्यसमितिले युनियनका तर्फबाट दुई जना सदस्यलाई प्रतिष्ठानमा स्थान दिन माग गरेको छ ।

युनियनका प्रदेश संयोजक लिलावल्लभ घिमिरेले मन्त्री नै अध्यक्ष रहनुभन्दा पनि पत्रकारिता क्षेत्रमा लामो समय काम गरी योगदान दिएकालाई स्थान दिंदा उचित हुने सुझवा दिदैं भने,“प्रतिष्ठान नै नभएको सन्दर्भमा मन्त्रीकै अध्यक्षतामा भएपनि बन्ने भयो यो नै खुसीको कुरा हो ।

हाम्रो विमति छैन तर प्रतिष्ठानलाई समावेशी बनाएर लैजानु पर्छ ।” नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष शेखर रेग्मीले प्रतिष्ठानलाई पत्रकारहरुको हितमा सक्रिय गराउनु पर्ने सुझाव दिए ।

सल्लाहकार शंकर खरेलले संचार क्षेत्रमा प्रदेश सरकारले प्रतिष्ठान बनाएर पत्रकारलाई विभिन्न कार्यक्रम र प्रशिक्षणमार्फत वृत्ति विकासमा गर्ने योगदानमा युनियनको समर्थन रहने बताए । युनियन मोरङका अध्यक्ष कुमार लुइँटेलले प्रदेश १ मा व्यवसायिक पत्रकारिताको विकासको लागि सरकारले प्रशिक्षण दिने र पत्रकार उपचार कोषमार्फत गर्ने सहयोग सकारात्मक भएको बताए ।

प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले संचारसंस्थाबाट हटाइएका पत्रकारको विषयमा खिसीट्युरी गर्ने गरी सामाजिक सञ्जालमा पोस्ट गरेको अभिव्यक्ति उपल्लो दर्जाको सरकारी व्यक्तिको लागि अशोभनीय भएको भन्दै मुख्यमन्त्री राईसंग क्षोभसमेत प्रकट गरेको छ ।

मुख्यमन्त्री राईले प्रदेश सरकार संकटमा परेका पत्रकारको साथमा रहने र प्रतिष्ठानलाई पनि व्यवसायिक पत्रकारिताको विकासको लागि अधिक से अधिक सक्रिय गराउने बताए । भने,“कोभिड १९ का कारण संचार क्षेत्रमा परेको असरबारे हामी जानकार छौं । प्रदेश १ सरकार संचारक्षेत्रलाई बचाउन संधै चिन्तित पनि छ ।

प्रतिष्ठानलाई समावेशी र सबैको प्रतिनिधित्व हुने बनाउने नै योजना छ ।” राईले कोभिड १९ को असरका कारण संकटमा परेका संचारक्षेत्र र व्यवसायिक पत्रकारको हितमा काम गर्ने बताए ।

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

दुहबीमा ११६ केजी गाँ ...

दुहबी/  सुनसरीको दुहबी नगरपालिका–४ मालह ...

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved