इलाम झिमि झिम पानि, रोपाइँका बाउसे र रोपार एक–अर्कामा हिलो छ्यापाछ्याप गरी असारे गीत गाउँदै दुःख–कष्ट र थकाइ बिर्सन खोज्छन् ।
तर, इलाममा यस्ता गीत कतै सुन्न पाईदैन । खेतका गरा, खोलानाला र खहरेबाट झरेको पानीको आवाजसँगै असारे भाका गुन्जिँदा सुनिरहूँ जस्तो हुन्छ तर नयाँ पुस्ताका लागि असारे भाका इतिहास बनेको छ ।
खेतीपातीमा आधुनिक पद्धतिको विकास र विदेशी संस्कृतिको प्रभावसँगै नयाँ पुस्ताका लागि असारे भाका पनि बिरानो बन्दै गएको बूढापाका बताउँछन् ।
मानु खाएर मुरी उब्जाउने समय असार । त्यसमा पनि असार १५ किसानको चाडनै मानिन्छ । असार १५ मा दही चिउरा खाने र दिनभर रोपाई गर्ने चलन थियो । अहिले नेपालका सबै भूभागमा किसानलाई अहिले धान रोपाइँको चटारो छ ।
तर यतिबेला रोपाईको रौनकता कतै देखिँदैन भने असार पन्द्रमा दहि चिउरा खानका लागि न कसैले चासो दिएको पाईन्छ । युवा पुस्ताले न असारे भाका गाउँछन न त दहि चिउराको महत्वनै बुझेका छैनन ।
पहिले रोपाई हुँदा कसकोमा रोपाई छ भन्ने आवज बाटै थाहा हुन्थ्यो । रोपाईको दिन असारे भाकामा गित गाउँदै रोपाई गर्ने चलन थियो । तर अहिले असारे भाका कतै सुनिदैन । असारमा दिन भर काम गर्नुपर्ने र थकाईको महशुस नहोस भनेर असारे भाकामा गित गाउँने चलन रहेको फाकफोकथुम गाउँपालिका ३ कि आईतमाया लिम्बु बताउछिन ।
“उनि भन्छिन अहिले त रोपाई भएको हो कि होईन थाहा पाउनै छोडिसक्यो सुनसान हुन्छ कसैले भाकै ल्याउदैनन । उनका अनुसार रोपाईका दिन खाजा दहि चिउरा भन्दा चाउचाउको खाजा खोज्ने गर्छन । अहिलेका पुस्तामा दही चिउराको महत्वनै थाहा छैन ।”
‘असार लागेसँगै किसान रोपाइँमा जुटिसकेका छन् । तर, रोपाइँमा उहिलेको जस्तो रौनकता कतै भेटिँदैन । रोपार र बाउसेले एक–आपसमा हिलो छ्यापाछ्याप गरेको पनि कतै देखिँदैन । असारे भाका पनि कतै सुनिँदैन । । उहिले रोपाइँमा खेतालाले चोयाबाट बनाएको घुम, जुटको बोरा ओडेर असारे गीत गाउँदै रोपाइँ गर्थे तर अहिले ती दिन एकादेशको कथा बन्दै गएको जानकार बताउछन ।
पहिले रोपाइँमा असारे गीतको भाकाबिना रोपाइँ भएको पाइँदैनथ्यो तर अहिले रोपाइँमा असारे गीत गुन्जिन छाडेको उनले गुनासो गरिन् । उनको भनाइमा आजकाल रोपाइँमा कुनै उत्साह छैन, रोपाइँ खल्लो हुन थालेको बूढापाकाहरु बताउँछन ।
यता, यहाँका बूढापाकाको भनाइमा कृषकलाई ‘पाखे’ वा ‘गाउँले’भनेर हेलासमेत गर्ने गरेको युवा पेस्तामा पाइन्छ । यही सोचाइका कारण गाउन चाहनेले समेत असारे भाका नगाएको उनीहरूको बुझाइ छ ।
संस्कृति बचाऔं
प्रत्येक वर्ष धान दिवसको अवसरमा इलाममा पनि रोपाइँ महोत्सव गर्ने गरिन्थ्यो तर यस वर्ष कोरोना संक्रमणका कारण धान दिवस नहुने भएको छ । इलाम नगरपालिकाका प्रवक्ता, ५ नम्बर वडाका वडाध्यक्ष ठाकुर नारायण श्रेष्ठ विदेशी संस्कृतिमा रमाएका युवापुस्ताको दृष्टि असारे संस्कृति अपनाउने र असारे भाका गाउनेप्रति पनि जागरुक हुनुपर्छ तर त्यसलाई मन नपराउने बताउछन तर पनि यसलाई जगेर्ना गर्न पूराना पूस्ता सँग नयाँ पुस्तालाई सँगै रोपाइमा समावेस गराएरपनि यसको संरक्षण गर्नुपर्छ । श्रेष्ठ भन्छन अहिले आधुनिक यन्त्र उपकरण बाट खेति गर्ने चलन बढेपनि ग्रामिण समुदायमा भने यसको पहुँच पुग्न सकेको छैन । ग्रमिण समुदायमा यन्त्र उपकरयाको पहुच नभएकै कारणले पनि कता कता असारे भाका सहित रोपाई गर्नेगरेको पाईन्छ । त्यसैले यसलाई संरक्षण गर्न नयाँ पुस्तालाई आकर्षित गर्नु पर्ने बताउँछन । उनका अनुसार सबैको रोपाईमा बाजा बजाएरै रोपाई नभएपनि भाका भने सबैका रोपाईमा गर्न सकिन्छ ।
१५ प्रतिसत मात्र रोपाई
इलाममा असार १५ सम्ममा १५ प्रतिसत मात्र रोपाई भएको छ । जिल्लाको इलामनगरपालिका सन्दकपुर,माईजोगमाई,माङ्सेबुङ गाउँपालिकामा १५ प्रतिसत रोपाई भएको र अन्य पालिकामा शुरुहुन लागेको कृर्षि ज्ञानकेन्द्र इलामले जनाएको छ ।
असारको मध्य दिनलाई धान दिवसका रूपमा मनाउन चलन छ । १५ असारमा खेतमा धान रोपाइँसँगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ ।
नेपालले १५असार २०६२ देखि धान दिवस मनाउँदै आएको छ । यो दिन दही चिउरा पनि खाइन्छ । कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शीतलता प्राप्त हुने विश्वास छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा रहेकाले पनि असार १५ मा दही चिउरा खान्छन् ।