इलाममा एकै दिन ५ जना कोरोना संक्रमित थपिएका

  • असार १३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इलाम / इलाममा एकै दिन ५ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितहरुमध्ये ३ जना ओमन र १र१ जना साउदी अरब र भारतबाट नेपाल आएका हुन् । भारतबाट आएर सूर्योदय नगरपालिका–२ पशुपतीनगर क्वारेन्टाइनमा रहेका २७ बर्षिय पुरुष, ओमनबाट आएका सूर्योदय नगरपालिका–३ का ३० बर्षिय र २८ बर्षिय पुरुष, इलाम नगरपालिका–८ का ४८ बर्षिय पुरुष र साउदी अरबबाट आएका सूर्योदय नगरपालिका–७ का ३० बर्षिय पुरुषमा कोरोना संक्रमण भेटिएको थियो ।

भारतबाट आएका बाहेक ४ जना कन्यामको कृष्णाश्रम क्वारेन्टाइनमा रहेका थिए । उनीहरुलाई उपचारको लागि मोरङको गोठगाउँमा रहेको पुर्वाञ्चल विश्वविद्यालयको अस्पतालमा उपचारको लागि पठाइएको सूर्योदय नगरपालिका–१० का वडाध्यक्ष पेमा उगेन लामाले बताए । उनीहरुको ५ दिन अघि स्वाब संकलन गरेर परिक्षणका लागि पठाइएको थियो ।

आज थपिएका ५ जनासँगै इलाममा कोरोना संक्रमितको संख्या ७ जना पुगेका छन् । यसअघि भेटिएका सूर्योदय नगरपालिकाका २ जना संक्रमितले कोरोनालाई जितेर फर्किएपछि नगर उपप्रमुख दुर्गादेवी भट्टराई र वडाध्यक्ष लामाले अबिर र खदा लगाएर विदाई गरेका छन् ।


उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved