समाचार

    Showing 9,491-9,500 of 10,062 items.
  • कोरोना नियन्त्रण गर्न ३ महिनामा २७ करोड सकियो

    सुनसरी । प्रदेश १ सरकारले कोरोना भाईरसको रोकथाम तथा प्रतिरक्षाका लागी हालसम्म भएका कार्यहरुको विस्तृत प्रतिवेदन प्रस्तुत गरेको छ । शुक्रबार विराटनगरस्थित उद्योग सङ्गठनमा पत्रकार सम्मलेनको आयोजना गर्दै प्रदेश सरकारले प्रतिवेदन प्रस्तुत गरेको हो । त्यस्तै कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागी प्रदेश सरकारले ‘नोभेल कोरोना भाईरसको परिचय तथा रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्था सम्बन्धी प्रदेश सरकारको कार्य योजना’ समेत तर्जुमा गरि कार्यान्यनमा ल्याएको प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले बताए । त्यस्तै कोरोना भाईरसको महामारीबाट उत्पन्न राष्ट्रिय चुनौतीलाई प्रदेशस्तरमा सामना गर

    • प्रकाशित मितिः असार १९, २०७७
    • 1,368 पटक पढिएको
    • "तेज बन"
  • धरानमा रक्तदान कार्यक्रम सम्पन्न

    धरान / नेपालको सुन्दर नगरी धरानमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ धरान क्यालिवर, राईड फर राइट्स नेपाल र सूर्या लाईफ इन्स्योरेन्स कं लि धरान शाखाको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका मेयर तिलक राईद्धारा कार्यक्रमको उद्धघाटन गरिएको थियो । रक्तदानमा ६९ युनिट रगत संकलन भएको आयोजक मध्येको लायन्स क्लव अफ धरान क्यालिवरकी अध्यक्ष अम्बिका श्रेष्ठले जानकारी दिनुभयो । रगत अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको श्रेष्ठले जनाइन् । महिला तथा पिछडिएकाहरुको हकहितमा काम गर्दै आईरहेको र यसपटक रक्तदान कार्यक

    • प्रकाशित मितिः असार १९, २०७७
    • 1,029 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश एक मा ६ सय ५३ जना कोरोना संक्रमित पुगे

    धरान । प्रदेश १ मा पनि कोरोना संक्रमतिको संख्या बढ्दै गएको छ । सामाजिक विकाश मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेश नम्बर १ मा शुक्रबार सम्मा ६ सय ५३ जनामा कोरोना संक्रमण भेटिएको छ । मन्त्रालयका अनुसार शुक्रबार ३८ जना कोरोना संक्रमित थपिएका हुन् । शुक्रबार ३४ पुरुष र ४ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापामा २८, मोरंङ र उदयपुरमा ५–५ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ । झापाको मेचीनगरमा १४ पुरुष, हल्दिबारीमा ३ पुरुष, अर्जुनधारामा ६ पुरुष, २ महिला, विर्तामोडमा १ महिला, कनकाईमा १ पुरुष र १ महिला संक्रमित पुष्टि भएको हो । मोरंङको विराटनगरमा ३ पुरुष, बेलबारी र

    • प्रकाशित मितिः असार १९, २०७७
    • 791 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप ७४० जनामा कोरोना संक्रमण पोजेटिभ पुष्टि, संक्रमितको संख्या १५ हजार २सय ५९ पुग्यो

    आज थप ४७३ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या १५ हजार २सय ५९पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ४८२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । काठमाडौँको नयाँ बानेश्वर निवासी ८५ वर्षीय पुरुषको  मृत्यु भएको छ। कुल संक्रमितमध्ये ३२ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप ८२३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या ६१४३  जना रहेका छन् । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

    • प्रकाशित मितिः असार १९, २०७७
    • 904 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रशान्त मुदेललाई औषधी उपचारका लागि होप धरानको सहयोग

    धरान । जन्मदै देखि मलद्वार बन्द हुने समस्याबाट पिडित बनेका धरान ६ पानवारीका प्रसान्त मुदेलको शल्यक्रिया पछि घर फर्किएका उनलाई थप औषधी उपचारका लाई ५५ हजार २ सय ६६ रुपैया सहयोग प्रदान गरिएको छ । होप धरानको पहलमा मुदेलको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भएको थियो । क्लोसट्रोमी रोगबाट पिडित बनेका उनको प्रतिष्ठानका विशेषज्ञ चिकित्सक राजेश शाहको टोलिले शल्यक्रिया गरेको थियो । उनको उपचारका लागि संकलन भएको रकम मध्ये बाँकी रहेको ५५ हजार २ सय ६६ रुपैया औषधीका लागि दिइएको होप धरानका संयोजक निश्चल पलिखेले बताए । उनका अनुसार प्रशान्तको उपचारका लागि १ लाख ५३ हजार ५ सय ७० रुपैया

    • प्रकाशित मितिः असार १९, २०७७
    • 1,046 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान एयरपोर्टको अन्तिम प्रयास स्वरुप जग्गा व्यवस्थापनमा बजेट विनियोजन

    धरान । लामो समय देखि अन्यौलमा रहेको धरानमा बन्ने एयरपोर्टका लागि अन्तिम प्रयासको रुपमा धरान उपमहानगरपालिकाले बजेट विनियोजन गरेको छ । एयरपोर्टका लागि आवश्यक जग्गा व्यवस्थापन गर्न धरान उपमहानगरपालिकाले ८० लाख रुपैया विनियोजन गरेको छ । डेढ दशक अघि धरान १७ स्थित डाँडाघोपामा एयरपोर्ट निर्माणका लागि शुरुवात भएको थियो । तर जग्गा अभाव र व्यवस्थापन हुन नसक्दा एयरपोर्टको मुद्धा अन्यौलमै रहेको थियो । प्रदेश १ सरकारले नीति तथा कार्यक्रममा धरानमा एयरपोर्ट निर्माणको लागि आवश्यक पहल शुरु गर्ने उल्लेख गरे पछि असार १० गते धरान उपमहानगरपालिकाले ७ औं नगरसभामा प्रस्तुत गरेको बजेटमा विमानस्थल जग्गा व्यवस्थापनको ल

    • प्रकाशित मितिः असार १९, २०७७
    • 5,695 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रोट्रयाक्ट क्लब अफ धरान घोपाको  “परिसर्य ” दक्षिण एशिया मै उत्कृष्ट बन्न सफल

    धरान / परिसर्य, रोट्र्याक्ट क्लब अफ धरान घोपाको एक दीर्घकालीन परियोजनालाइ दक्षिण एशियाली रोटार्याक्ट अवार्डमा सर्वश्रेष्ठ प्रोजेक्टको रूपमा सम्मान गरिएको छ। उक्त  पुरस्कारका लागि विभिन्न देशका रोट्रयाक्ट क्लबहरू गरि ६ सय परियोजना मनोनीत भएका थिए । परिसर्य ,स्वास्थ्य शिविरको एक श्रृंखला हो जुन पूर्वी नेपालको विभिन्न भागहरूमा रोट्र्याक्ट क्लब अफ धरान घोपाले आयोजना गर्दै आएको छ। यो क्लबको एक दीर्घकालीन परियोजना हो जसको उद्देश्य डाक्टरहरूको समूह, स्वास्थ्यकर्मीहरू, र स्वयंसेवकहरू सबैको ढोकामा पुर्याउनु हो। स्वास्थ्य सबैको लागि प्राथमिक हुन्छ तर हाम्रो जस्तो देशमा, प्रायः व्यक्तिसँग स्व

    • प्रकाशित मितिः असार १९, २०७७
    • 1,304 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विपीबाट आज थप ६ जना कोरोना संक्रमितहरु डिस्चार्ज

    धरान/ धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप ६ जना डिस्चार्ज भएका छन् ।५ वर्ष देखि ४२ वर्ष सम्मका मोरङका ४, सुनसरीका २ जना सहित जम्मा ६ जना आज डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । महिला २ जना र पुरुष ४ जना डिस्चार्ज भएका छन् ।  उनका अनुसार उनिहरु असार ८ गते प्रतिष्ठानको आइसोलेशन वार्डमा उपचाररत थिए । प्रतिष्ठानमा हाल ४४ जना उपचाररत छन् भने १९१ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् । विगत २४ घण्टामा १६ जना भर्ति भएका छन् ।  

    • प्रकाशित मितिः असार १८, २०७७
    • 1,089 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको एन्फा क्वारेन्टाइन मा बसेका ३६ जनाको स्वाब परिक्षण

    धरान । बैदेशिक रोजगारी बाट फर्किएर धरानको एन्फा क्वारेन्टाइन मा बसेका ३६ जनाको स्वाब परिक्षणका लागि संकलन गरिएको छ । धरान १७ स्थित एन्फा एकेडेमी क्वारेन्टाइनमा रहेका ३१ जना र ३ जना चतरा स्थित होल्डिङ एरियामा सुरक्षामा खटिएका थिए भने २ जना बिरगन्ज बाट आएका हुन् । ती दुई मध्ये एक तेस्रो लिंगी हुन् भने ६ महिला र २९ जना पुरुष रहेका छन। उनीहरु स्वाबको नमुना दिएपछि होम क्वारेन्टाइनमा गएका छन् । उनीहरुको स्वाब वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा परीक्षणको लागि पठाइएको छ । एन्फामा कुल ५६ जना मानिसहरु विदेशबाट आएर क्वारेन्टाइनमा बसेका छन् । यसै बिच कोरोना सक्रमण पुष्टि भएका

    • प्रकाशित मितिः असार १८, २०७७
    • 1,066 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बैंकले किचकिच गरेर बाच्न दिदैन , सरकार हाम्रो समस्या बुझ्दैन

     इटहरी । यातायात व्यवसायीहरूको समस्या सरकारले सम्बोधन नगरेको भन्दै सार्वजनिक यातायात व्यवसायी महासंघका पदाधिकारीहरू सडकमा उत्रिएका छन ।   महासंघमा आवद्ध व्यवसायीहरुले बिहीबार इटहरीमा सरकारबिरूद्ध बिरोध र्याली समेत निकालेका छन । बिभिन्न् मागहरू राख्दै महासंघ प्रदेश १ ले बिहीबार इटहरीमा विरोध र्याली प्रदर्शन गरेको हो । सरकारले माग सुनवाइ नगरेकै कारण यातायात व्यवसायीहरुले आत्महत्या गनूपर्ने अवस्था आएको भन्दै उनीहरुले तत्काल माग सम्बोधन गर्नुपर्ने बताएका छन् । महासंघका पदाधिकारीहरूले इटहरीस्थित सिप्रदी ट्रेडिङको कार्यालय समेत घेराउ गरेका थीए । &nbs

    • प्रकाशित मितिः असार १८, २०७७
    • 1,214 पटक पढिएको
    • " तेजबहादुर बन"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved