धरान/ धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप ६ जना डिस्चार्ज भएका छन् ।
५ वर्ष देखि ४२ वर्ष सम्मका मोरङका ४, सुनसरीका २ जना सहित जम्मा ६ जना आज डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
महिला २ जना र पुरुष ४ जना डिस्चार्ज भएका छन् ।
उनका अनुसार उनिहरु असार ८ गते प्रतिष्ठानको आइसोलेशन वार्डमा उपचाररत थिए ।
प्रतिष्ठानमा हाल ४४ जना उपचाररत छन् भने १९१ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् ।
विगत २४ घण्टामा १६ जना भर्ति भएका छन् ।