धरान / नेपालको सुन्दर नगरी धरानमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ धरान क्यालिवर, राईड फर राइट्स नेपाल र सूर्या लाईफ इन्स्योरेन्स कं लि धरान शाखाको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका मेयर तिलक राईद्धारा कार्यक्रमको उद्धघाटन गरिएको थियो । रक्तदानमा ६९ युनिट रगत संकलन भएको आयोजक मध्येको लायन्स क्लव अफ धरान क्यालिवरकी अध्यक्ष अम्बिका श्रेष्ठले जानकारी दिनुभयो । रगत अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको श्रेष्ठले जनाइन् ।
महिला तथा पिछडिएकाहरुको हकहितमा काम गर्दै आईरहेको र यसपटक रक्तदान कार्यक्रम गरि सामाजिक काममा टेवा पु¥याउने प्रयास गरिएको आयोजक मध्येको राईड फर राईट्स नेपालको उपाध्यक्ष शिखा चेम्जोङ्गले बताउनुभयो ।
“तपाईको भविष्य, हाम्रो अभिभारा” भन्ने मूल नाराका देशभर १०६ भन्दा बढि शाखा कार्यालयबाट जिवन विमा सेवा दिँदै आइरहेको सूर्या लाईफ इन्स्योरेन्स कंपनीको धरान शाखा अर्को आयोजक संस्था हो । जिवनमा जति रगतको आवश्यकता छ , जीवन वीमा त्यति नै आवश्यक बन्दै गईरहेको कुरा कार्यक्रममा बोल्दै शाखाका शाखा प्रमुख थिरलोचन श्रेष्ठले बताउनभयो । यो विषम परिस्थितिमा रगत अपरिहार्य भएकोले रक्तदान कार्यक्रम आयोजना गरिएको श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा लायन्सका धिरज गुरुङ्ग , इलाका प्रहरी कार्यालयका डि.एस.पि. ज्ञानेन्द्र बहादुर बस्नेत , नागरिक समाज नेपालका अध्यक्ष बाबुराम घिमिरे लगायतको उपस्थिति रहेको थियो ।