बैंकले किचकिच गरेर बाच्न दिदैन , सरकार हाम्रो समस्या बुझ्दैन

  • असार १८, २०७७
  • " तेजबहादुर बन"
alt

 इटहरी । यातायात व्यवसायीहरूको समस्या सरकारले सम्बोधन नगरेको भन्दै सार्वजनिक यातायात व्यवसायी महासंघका पदाधिकारीहरू सडकमा उत्रिएका छन ।
 
महासंघमा आवद्ध व्यवसायीहरुले बिहीबार इटहरीमा सरकारबिरूद्ध बिरोध र्याली समेत निकालेका छन । बिभिन्न् मागहरू राख्दै महासंघ प्रदेश १ ले बिहीबार इटहरीमा विरोध र्याली प्रदर्शन गरेको हो । सरकारले माग सुनवाइ नगरेकै कारण यातायात व्यवसायीहरुले आत्महत्या गनूपर्ने अवस्था आएको भन्दै उनीहरुले तत्काल माग सम्बोधन गर्नुपर्ने बताएका छन् । महासंघका पदाधिकारीहरूले इटहरीस्थित सिप्रदी ट्रेडिङको कार्यालय समेत घेराउ गरेका थीए ।
 
सिप्रदीमार्फत फाइनान्स गरेर सवारी किनेका बाबुकाजी कार्कीलाई लकडाउन अवधिको किस्ता तिर्न पटक पटक दबाब दिएका कारण उनले आत्महत्या गरेको र फेरी पनि अन्य व्यवसायीहरूले त्यहि बाटो अपनाउन नदिन सरकारले आफुहरको जायज मागहरू यथाशिघ्र सम्बोधन गरिनुपर्ने सार्वजनिक यातायात व्यवसायी महासंघ, प्रदेश–१ महासचिव रमेश खत्रीले बताए । आत्महत्या गरेका कार्कीलाइ यातायात व्यवसायीको क्षेत्रबाट पहिलो शहिद घोषणा गरिनुपर्ने , उनको परिवारलाइ उचित क्षतीपुर्ती दिलाउनुपर्ने , सिप्रदी कम्पनीका सञ्चालकलाइ कार्वाहि गरिनुपर्ने , जस्ता माग राख्दै आएका छन । यता सिप्रदी ट्रेडिङका इटहरी शाखा म्यानेजर बलराम जोशीले बाबुकाजी कार्कीसँग लकडाउन अवधिको किस्ता नमागिएको र उनले अन्य कारणले नै आत्महत्या गरेको दाबी गरे ।
 
उनको आत्महत्याको कारण खोजी गर्न सुरक्षा निकायहरूसंग अनुरोध गरेका छन । यस्तै यातायात व्यवसायीहरुले लकडाउनको अवधिमा सार्वजनिक सवारी साधन सञ्चालन नभएकाले सो अवधिको किस्ता नमाग्न वित्तिय संस्थाहरुलाई आग्रह गरेका छन् ।
 
 
उनीहरुले लकडाउनको समयको किस्ता १ वर्ष भन्दा पछि तिर्ने गरि व्यवस्था गर्नुपर्ने र यातायातमा आवद्ध मजदुरहरुलाई राहतको घोषणा गर्नुपर्ने समेत माग गरेका छन् । 
 .
 
 

 

भुक्तानी रोकेको भन्द ...

धरान/ धरान उपमहानगरपालिकामा सम्पन्न योजनाको भुक्तानी रो ...

इन्द्रप्रस्थ जेष्ठ न ...

धरानर जेष्ठ नागरिक समाजमा अभिन्न अंग हुन् । यसैलाई ...

रक्तदान जीवनदान : वर ...

वराहक्षेत्र/ १३औं स्थापना दिवसको अवसरमा चक्रघट्टी ...

भ्रष्टाचार, अतिक्रमण ...

धरान/ शनिबार धरानमा भ्रष्टचार र अतिक्रमण विरुद्धको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved