प्रशान्त मुदेललाई औषधी उपचारका लागि होप धरानको सहयोग

  • असार १९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । जन्मदै देखि मलद्वार बन्द हुने समस्याबाट पिडित बनेका धरान ६ पानवारीका प्रसान्त मुदेलको शल्यक्रिया पछि घर फर्किएका उनलाई थप औषधी उपचारका लाई ५५ हजार २ सय ६६ रुपैया सहयोग प्रदान गरिएको छ ।

होप धरानको पहलमा मुदेलको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भएको थियो । क्लोसट्रोमी रोगबाट पिडित बनेका उनको प्रतिष्ठानका विशेषज्ञ चिकित्सक राजेश शाहको टोलिले शल्यक्रिया गरेको थियो । उनको उपचारका लागि संकलन भएको रकम मध्ये बाँकी रहेको ५५ हजार २ सय ६६ रुपैया औषधीका लागि दिइएको होप धरानका संयोजक निश्चल पलिखेले बताए । उनका अनुसार प्रशान्तको उपचारका लागि १ लाख ५३ हजार ५ सय ७० रुपैया संकलन भएको थियो ।

उपचारमा ९८ हजार ३ सय ५ रुपैया खर्च भई बाँकी रहेको रकम परिवारलाई प्रदान गरिएको पलिखेले बताए । रकम प्रशान्तका बुबा प्रकाश मुदेललाई होप धरानका सह संयोजक अनुप खतिवडाले हस्तान्तरण गरेका थिए ।

शुक्रबार वडा नम्बर ६ का वडाअध्यक्ष भुवन सिंह बस्नेत, वडा सदस्य गोमा खनाल, देविका विश्वकर्मा, लगाएतको उपस्थितीमा रकम हस्तान्तरण गरिएको हो ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved