धरान । बैदेशिक रोजगारी बाट फर्किएर धरानको एन्फा क्वारेन्टाइन मा बसेका ३६ जनाको स्वाब परिक्षणका लागि संकलन गरिएको छ । धरान १७ स्थित एन्फा एकेडेमी क्वारेन्टाइनमा रहेका ३१ जना र ३ जना चतरा स्थित होल्डिङ एरियामा सुरक्षामा खटिएका थिए भने २ जना बिरगन्ज बाट आएका हुन् । ती दुई मध्ये एक तेस्रो लिंगी हुन् भने ६ महिला र २९ जना पुरुष रहेका छन। उनीहरु स्वाबको नमुना दिएपछि होम क्वारेन्टाइनमा गएका छन् ।
उनीहरुको स्वाब वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा परीक्षणको लागि पठाइएको छ । एन्फामा कुल ५६ जना मानिसहरु विदेशबाट आएर क्वारेन्टाइनमा बसेका छन् ।
यसै बिच कोरोना सक्रमण पुष्टि भएका २ जना डिस्चार्ज भएका छन् । गत असार ८ गते कुबेतबाट आएर धरान को एन्फा क्वारेन्टाइन मा बसेका २ महिला मा कोरोना संक्रमण देखिएपछी बिपि प्रतिष्ठान को आइसोलेसन मा राखिएको थियो ।
उनी हरुको पुनः गरिएको पिसिआर रिपोर्ट नेगेटिभ आएपछी डिस्चार्ज गरिएको हो ।