धनकुटा/ धनकुटाको महालक्ष्मी नगरपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा फलफुलका ८ हजार भन्दा बढी बिरुवा वितरण गरेको छ । नगर क्षेत्र भित्रका करिब ९ सय किसानलाई फलफुलका ८ हजार ५ सय बिरुवा प्रदान गरिएको हो । कृषकहरुलाई फलफुल खेतीमा आकर्षित गराउँदै उत्पादन बढाउन सहयोग पुर्याउने उद्देश्यले बिरुवा वितरण गरिएको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले बताए । कृषकहरुलाई कागतीका २ हजार ५ सय, एबोकाडोको १ हजार ८ सय, आँपको १ हजार ३ सय, लिचिको १ हजार, सुन्तलाको १ हजार र किबीको ६ सय बिरुवा अनुदानमा वितरण गरिएको छ । त्यस्तैगरी ड्रागनफलका ३ सय बिरुवा निःशुल्क वितरण गरिएको छ । नगरपालिकाले रामेछाप र धनकु
काठमाडौं । सरकारले कोरोना महामारी र लकडाउनसँगै बन्द भएका सार्वजनिक यातायात आइतबारदेखि चल्न दिने भएको छ । संक्रमणको जोखिम कम गराउन स्वास्थ्य सुरक्षाको उपाय अपनाउदै सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदकोे बिहीबार बसेको बैठकले पचास प्रतिशत भाडा वृद्धि गरी सवारी चलाउन पाउने निर्णय गरेको छ । सवारी साधनले यात्रु क्षमताको पचास प्रतिशत मात्र यात्रु राख्न पाइने निर्णय बैठकले गरेको छ । सवारी साधनको ढोकामा सेनिटाइजर अनिवार्य गरिएको छ भने मास्क र सेनिटाइजर प्रयोग गर्न भनिएको छ । चालक र सहचालकले अनिवार्यरुपमा मास्क र ग्लोब लगाउनु पर्ने प्रवक्ता युवराज खतिवडाले बताए । सरकारका प्
इटहरी । ६ लेन सडक बिस्तार संगै चर्चा चलेको इटहरी बिराटनगर मोनोरेल सञ्चालनका काम लक डाउनको कारण त्यतिकआझेलमा परेको छ । डिपिआरको काम सकेर इटहरी उपमहानगर लगायत सम्बन्धित निकायहरूको अनुमति समेत पाइसकेको मोनोरेलको काम लक डाउन भएसंगै ओझेलमा परेको हो । बिराट मोनोरेल इन्टरनेशनलले नेपालमै पहिलो पटक प्रदेश १ मा मनोरेल कुदाउने तयारी थालेको थियो । रेल सञ्चालनको लागि रू ३० अर्ब बजेट समेत बिनियोजन गरिएको थीयो । छिमेकी राष्ट्रहरू जापान र भारतको लगानीमा सञ्चालन हुने भनिएको मोनोरेल अत्याधुनिक प्रविधिबाट सञ्चालन हुने भनिएको थीयो । ७० प्रतिशत विदेशी लगानी र ३० प्रतिशत स्वदेशी लगानीमा विराटनगर दुहबी इटहरी हुदै
धरान । शारिरिक अपाङ्ग भएका धरान १५ का डम्बर बहादुर दर्जी लाई होप धरानले व्हिल चेयर प्रदान गरेको छ । धरान १५ फुलबारी मार्ग का दर्जी लाई बिहिबार व्हील चेयर प्रदान गरिएको हो । होप धरानको पहलमा अस्ट्रेलियामा रहेका तिर्थ राज जोशीको परिवारले व्हील चियर खरिदका लागि विशेष सहयोग गरेका थिए । अपांग पुनःस्थापना केन्द्रको सन्योजनमा भएको कार्यक्रममा वार्ड नम्बर १५ कि दलित महिला सदस्य निरमाया लकान्द्री को प्रमुख आथित्व रहेको थियो भने बरिस्ठ समाजसेवी रमेश गजमेर, समाजसेवी देउमान लिम्बुको बिशिस्ट आथित्व रहेको थियो । दर्जी लाई धरान वडा नम्बर १५ को कार्यलय परिशरमा एक कार्यक
आज थप १०८ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप १०८ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको जानकारी दिए । कुल संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप १३९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या ७८९१ जना रहेका छन् । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौँ / नेपाल प्रहरीका नव नियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई बिहिवार गृहसचिव महेश्वर न्यौपानेले एक आयोजना समारोह गरी दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । नेपालको २८ औँ प्रहरी महानिरीक्षकमा बैठकले बढुवा गरेको थियो । बुधबारदेखि प्रहरीको नेतृत्व नवनियुक्त महानिरीक्षक शैलेश थापा क्षत्रीले सम्हालेका छन् । थापा २०७९ वैशाख १९ गतेसम्म सेवामा रहने छन् ।
इटहरी । सुनसरीको इटहरी–२ मा अवस्थित माया घर नेपाल बेसहाराहरूको लागि आश्रय स्थल मात्रै हैन सबैको माया पाउने साझा घर बनेको छ । आफन्तहरूबाट टाढिएका, सडकमा अलपत्र र कष्टकर जिवन बिताउदै आएका, घरपरिवारबाट बेसहारा बनेकाहरूलाई खोजी गरी आश्रय दिदै आएको माया घर नेपालकै नमूना माया घर बन्नेमा अग्रसर रहेको छ । दुई जना मानसिक रोगीहरू राखेर सुरूवात गरेको माया घरमा अहिले ४२ भन्दा बढी महिला तथा पुरूषहरूले आश्रय लिदै आएका छन् जसमा ३ जना नाबालकहरू पनि रहेका छन् । करीब २ वर्ष अघि देखि सञ्चालनमा आएको माया घर हाल बिभिन्न निकाय तथा दाताहरूबाट संकलित खाद्यन्न र चन्दा सहयोगबाट निरन्तर सञ्चालन हुदै आएको छ ।दुई व
इटहरी । इटहरी ४ बौका रोडका मनिलाल पुरी घरमा बस्न त्यती पाउदैन थे सानो तिनो व्यवसाय गर्दै आएका उनी कोरोना भाइरस नेपालमा प्रवेस गरेसँगै उनको दैनिकि एकाएक परिवर्तन आयो । सरकारले कोरोना भाइरसको संक्रमण फैलन नदिन मुलुकभर लकडाउनको घोषणा गरेपछि उनी घरमै बस्न बाध्य भए । घर बसेपछि उनको दिनचर्यामा पनि परिवर्तन आउन थाल्यो । छेउमै रहेका छिमेकीले घरको छतमा लटरम्मै तरकारी फलाको देखेर उनमा पनि एकाएक जाँगर आयो र श्रीमती खिलाकुमारी पुरी सँग सल्लाह गरे स्वरूप आफ्नो छतमा तरकारी खेती गर्ने योजना बनाए । श्रीमतीले भोलि पल्ट छिमेकीबाट थोरै बिउ लिएर आइन र घर सफाइमा जुटिन् सफाइको क्रममा बिग्रिएका फ्रिजका भाडा, बाल्ट
बुधबार राति परेको अबिरल वर्षाका कारण सिन्धुपाल्चोकको बाह्रबिसे–५ मा पहिरोले २३ जना बेपत्ता भएका छन् भने १५ घर बगाउनुका साथै दुई जनाको मृत्यु भएको छ । भोटेकोसीसँगै वरपरका खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकामा धन जनको ठुलो क्षति पुर्याएको छ । गाती जम्बुमा एल्मो ठाडो खोला र काब्रे खोला बस्ती पस्दा १५ घर बगाएको छ । राति साढे १२ बजे आएको बाढीले त्यहाँका ११ जना बेपत्ता बनाएकोमा दुईको शव फेला परेको प्रहरीले जनाएको छ । उनीहरूको सेना,प्रहरी र स्थानीय मिलेर खोजी गरिरहेका छन् । सडक–पुल बाढीले बगाएपछि जनजीवन अस्तव्यस्त बनेको छ । बाह्रबिसे बजारछेउको ढिस्को खस्न थालेपछि नदि तटीय क्षेत्रका
धरान/ सुनसरी उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय सुनसरीबाट सरुवा हुन लागेका प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई विदाई गरेको छ । संघका अध्यक्ष गिरिधारी सापकोटाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पौडेलले सुनसरीवासीहरुको साथ र सहयोग कहिल्यै नबिर्सने र हात मिलाएर बिदा हुन नपाएपनि कामको कारणले जिल्लावासीसंग सामिप्यता बढेको बताए । “सुशासन र सदाचारका कार्यहरुलाई मैले व्यवहारमा ल्याए, र त्यसको मूल्याकंन नागरिक समाज र राजनीतिक दलले गर्ने नै छ” कार्यक्रममा पौडेलले भने । सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठ, पूर्व अध्यक्ष गौरीशंकर अग्रवालले मन्तव्य र