कोरोना अनि लकडाउनले सिकाएको कौशी खेती

  • असार २५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी । इटहरी ४ बौका रोडका मनिलाल पुरी घरमा बस्न त्यती पाउदैन थे सानो तिनो व्यवसाय गर्दै आएका उनी कोरोना भाइरस नेपालमा प्रवेस गरेसँगै उनको दैनिकि एकाएक परिवर्तन आयो । सरकारले कोरोना भाइरसको संक्रमण फैलन नदिन मुलुकभर लकडाउनको घोषणा गरेपछि उनी घरमै बस्न बाध्य भए ।

घर बसेपछि उनको दिनचर्यामा पनि परिवर्तन आउन थाल्यो । छेउमै रहेका छिमेकीले घरको छतमा लटरम्मै तरकारी फलाको देखेर उनमा पनि एकाएक जाँगर आयो र श्रीमती खिलाकुमारी पुरी सँग सल्लाह गरे स्वरूप आफ्नो छतमा तरकारी खेती गर्ने योजना बनाए ।

श्रीमतीले भोलि पल्ट छिमेकीबाट थोरै बिउ लिएर आइन र घर सफाइमा जुटिन् सफाइको क्रममा बिग्रिएका फ्रिजका भाडा, बाल्टिन, प्लास्टिकका बोराहरू सबै जम्मा गरिन अनी मनिलाल पुरी घर अगाडीको बारीबाट बोरामा माटो ओसार्ने काममा व्यस्त बने । घरमै सडेर, बिग्रीएर बसेका बस्तुहरूलाई उपयोग गर्दै उनले तरकारीका बिउहरू लगाउन थाले । सरकारले चैत्र ११ गते देखि लकडाउन घोषणा गरेकोमा उनले चैत्र १५ गतेदेखि घरको छतमा तरकारी लगाउन थाले ।हाल उनको छतमा करेला, कागती, काँक्रा, घिरौला, चिचिन्डो, पर्वल, बोडी, बिभिन्न प्रजातीका सिमि लगायतका तरकारीहरू फलेका छन् । लकडाउनमा घर बसेको फाइदा भयो मनिलाल भन्छन् । तरकारी फलाएर मात्रै चित्त नबुझेपछि उनले बाकिरहेको खाली ठाउलाई सदुपयोग गर्दै कुखुरा पालन पनि सुरू गरेका छन् । हाल उनले लेयर जातीका २० वटा चल्ला हुर्काउदै गएका छन अहिले सो चल्ला एक किलो सम्मको भइसकेको छ । यति मात्र नभइ उनले लगाएको कौशी खेति हेर्न र सल्लाह लिनकै लागि भएपनि अहिले उनको घरमा स्थानीयहरू भिड लाग्ने गरेको छ ।

सरकारले लकडाउन घोषणा गरिरहदा दिनभरी घरमै बसेर सुतिरहनुभन्दा यसो केहि गरौ भन्ने लाग्यो अनी श्रीमती सँग मिलेर सानो तिनो काम गरेको र अहिले राम्रै फल दिन थालेको उनि बताउछन् । छतमै तरकारी फल्न थालेपछि उनको बजारबाट दैनिक तरकारी किन्ने पैसा जोगिएको सुनाउछन् । त्यसमा पनि किटनासक औषधीहरू प्रयोग नगरी शुद्ध अर्गानीक तरकारी सेवन गर्न पाउदा परिवारको स्वास्थ्य पनि राम्रो हुने उनको भनाइ थियो ।

छिमेकीले कौशी खेति गरेको देखेर लोभिएका पुरी अहिले समयको सदुपयोग गर्दै थोरै मेहनत गर्न सके आफुपनि सफलता पाउन सकिने कुरा बताउछन् ।त्यो सँगै इटहरी उपमहानगरले कौशी खेतिलाई प्रोत्साहन दिने कुरा पत्रपत्रिकामा पढेको बताउदै आगामि वर्ष अझ ब्यापक रूपले खेति बढाउने योजनामा रहेको उनले बताए ।कोरोनाको डरलाईजित्नको लागि हामी आ आफ्नो छतमा कौशी खेती गरी आत्मनिर्भर बन्ने र बाहिर बाट आउने उत्पादन प्रयोगमा कम गर्दै छतमा पनी खेती सम्भब छ भनेर प्रमाणित गरेर देखाउने र कोरोना पछिको अवस्थालाई अवसरमा परिणत गर्ने यइटहरी छ की रुद्र माया भट्टराई बताउछिन् ।

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

दुहबीमा ११६ केजी गाँ ...

दुहबी/  सुनसरीको दुहबी नगरपालिका–४ मालह ...

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved