बिराटनगर तरहरा मोनोरेल सञ्चालन , लकडाउनका कारण काम रोकिएपछि योजनै अलपत्र

  • असार २५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी । ६ लेन सडक बिस्तार संगै चर्चा चलेको इटहरी बिराटनगर मोनोरेल सञ्चालनका काम लक डाउनको कारण त्यतिकआझेलमा परेको छ । डिपिआरको काम सकेर इटहरी उपमहानगर लगायत सम्बन्धित निकायहरूको अनुमति समेत पाइसकेको मोनोरेलको काम लक डाउन भएसंगै ओझेलमा परेको हो ।

बिराट मोनोरेल इन्टरनेशनलले नेपालमै पहिलो पटक प्रदेश १ मा मनोरेल कुदाउने तयारी थालेको थियो । रेल सञ्चालनको लागि रू ३० अर्ब बजेट समेत बिनियोजन गरिएको थीयो । छिमेकी राष्ट्रहरू जापान र भारतको लगानीमा सञ्चालन हुने भनिएको मोनोरेल अत्याधुनिक प्रविधिबाट सञ्चालन हुने भनिएको थीयो ।

७० प्रतिशत विदेशी लगानी र ३० प्रतिशत स्वदेशी लगानीमा विराटनगर दुहबी इटहरी हुदै मनोरेल चल्ने बताइएको थीयो । यो परियोजना आगामी ३ बर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थीयो ।

आन्तरीक तथा बाहय पर्यटकहरूको गन्तव्य केन्द्र बनाउनका लागि बिराट मोनोरेल ईन्टरनशनल प्रालिले मोरङको बिराटनगर देखि सुनसरीको इटहरी सम्म ३० किलोमिटर मोनोरेल संचालनको तयारी थालेको थियो । तर कोरोना भााइरसको सन्त्रासका कारण मुलुक लकडाउन भएपछि सबे कामहरू रोकिएको बिराट मोनोरेल इन्टरनेसनल प्रा लिका प्रबन्धक निर्देशक रञ्जित झाले बताए । लक डाउन खुले लगत्तै रेलको सबैकामहरू पुनः अघि बढाइने उनले बताए । मोनोरेल निर्माण गर्न कम्पनीले सर्भे अनुमति समेत मागिसकेको जनाएको छ ।

निर्माणाधीन ६ लेनको सडकको बीचबाट मोनोरेल गुड्नेछ। रेलका लागि बीचबीचमा खम्बा गाडिएको हुन्छ । मोनोरेल अन्य रेलभन्दा तीन गुणा सस्तो पर्ने बताइएको छ । यसले एक दशकभित्र आफ्नो लगानी उठाइसक्ने अनुमान कम्पनीको छ ।

मोनोरेल सञ्चालनको लागि विराटनगर महानगरपालिका, बुढीगंगा नगरपालिका, दुहबी नगरपालिका र इटहरी उप महानगरपालिकाले सहमति दिईसकेको छ । रेल सञ्चालनमा ल्याउने विषयमा काम अघी बढेपनि स्टेसन कतिवटा र कहाँ कहाँ राखिने भन्ने बिषयमा छलफल भइरहेको छैन । प्रदेश एकको विराटनगर, दुहवी इटहरी हुदै तरहरा सम्म यात्रुहरु बोक्ने मोनोरल सञ्चालन भएमा १० देखि १५ मिनेट भित्रै तरहरा देखि जोगबनी पुगिने छ ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved