बिराटनगर तरहरा मोनोरेल सञ्चालन , लकडाउनका कारण काम रोकिएपछि योजनै अलपत्र

  • असार २५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी । ६ लेन सडक बिस्तार संगै चर्चा चलेको इटहरी बिराटनगर मोनोरेल सञ्चालनका काम लक डाउनको कारण त्यतिकआझेलमा परेको छ । डिपिआरको काम सकेर इटहरी उपमहानगर लगायत सम्बन्धित निकायहरूको अनुमति समेत पाइसकेको मोनोरेलको काम लक डाउन भएसंगै ओझेलमा परेको हो ।

बिराट मोनोरेल इन्टरनेशनलले नेपालमै पहिलो पटक प्रदेश १ मा मनोरेल कुदाउने तयारी थालेको थियो । रेल सञ्चालनको लागि रू ३० अर्ब बजेट समेत बिनियोजन गरिएको थीयो । छिमेकी राष्ट्रहरू जापान र भारतको लगानीमा सञ्चालन हुने भनिएको मोनोरेल अत्याधुनिक प्रविधिबाट सञ्चालन हुने भनिएको थीयो ।

७० प्रतिशत विदेशी लगानी र ३० प्रतिशत स्वदेशी लगानीमा विराटनगर दुहबी इटहरी हुदै मनोरेल चल्ने बताइएको थीयो । यो परियोजना आगामी ३ बर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थीयो ।

आन्तरीक तथा बाहय पर्यटकहरूको गन्तव्य केन्द्र बनाउनका लागि बिराट मोनोरेल ईन्टरनशनल प्रालिले मोरङको बिराटनगर देखि सुनसरीको इटहरी सम्म ३० किलोमिटर मोनोरेल संचालनको तयारी थालेको थियो । तर कोरोना भााइरसको सन्त्रासका कारण मुलुक लकडाउन भएपछि सबे कामहरू रोकिएको बिराट मोनोरेल इन्टरनेसनल प्रा लिका प्रबन्धक निर्देशक रञ्जित झाले बताए । लक डाउन खुले लगत्तै रेलको सबैकामहरू पुनः अघि बढाइने उनले बताए । मोनोरेल निर्माण गर्न कम्पनीले सर्भे अनुमति समेत मागिसकेको जनाएको छ ।

निर्माणाधीन ६ लेनको सडकको बीचबाट मोनोरेल गुड्नेछ। रेलका लागि बीचबीचमा खम्बा गाडिएको हुन्छ । मोनोरेल अन्य रेलभन्दा तीन गुणा सस्तो पर्ने बताइएको छ । यसले एक दशकभित्र आफ्नो लगानी उठाइसक्ने अनुमान कम्पनीको छ ।

मोनोरेल सञ्चालनको लागि विराटनगर महानगरपालिका, बुढीगंगा नगरपालिका, दुहबी नगरपालिका र इटहरी उप महानगरपालिकाले सहमति दिईसकेको छ । रेल सञ्चालनमा ल्याउने विषयमा काम अघी बढेपनि स्टेसन कतिवटा र कहाँ कहाँ राखिने भन्ने बिषयमा छलफल भइरहेको छैन । प्रदेश एकको विराटनगर, दुहवी इटहरी हुदै तरहरा सम्म यात्रुहरु बोक्ने मोनोरल सञ्चालन भएमा १० देखि १५ मिनेट भित्रै तरहरा देखि जोगबनी पुगिने छ ।

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

दुहबीमा ११६ केजी गाँ ...

दुहबी/  सुनसरीको दुहबी नगरपालिका–४ मालह ...

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved