बेसाहाराको साहारा घर ‘माया घर’

  • असार २५, २०७७
  • "तेजबहादुर बन "
alt

इटहरी । सुनसरीको इटहरी–२ मा अवस्थित माया घर नेपाल बेसहाराहरूको लागि आश्रय स्थल मात्रै हैन सबैको माया पाउने साझा घर बनेको छ । आफन्तहरूबाट टाढिएका, सडकमा अलपत्र र कष्टकर जिवन बिताउदै आएका, घरपरिवारबाट बेसहारा बनेकाहरूलाई खोजी गरी आश्रय दिदै आएको माया घर नेपालकै नमूना माया घर बन्नेमा अग्रसर रहेको छ ।

दुई जना मानसिक रोगीहरू राखेर सुरूवात गरेको माया घरमा अहिले ४२ भन्दा बढी महिला तथा पुरूषहरूले आश्रय लिदै आएका छन् जसमा ३ जना नाबालकहरू पनि रहेका छन् । करीब २ वर्ष अघि देखि सञ्चालनमा आएको माया घर हाल बिभिन्न निकाय तथा दाताहरूबाट संकलित खाद्यन्न र चन्दा सहयोगबाट निरन्तर सञ्चालन हुदै आएको छ ।
दुई वर्ष अघि माया घर स्थापनाका निम्ति पुराण लगाएर दाताबाट साढे ७ कट्ठा जग्गा प्राप्त गरे अनुसार भवन निर्माण गरिएको थियो । तर निर्माण भएका कोठामा आश्रय लिएर बसेकाहरूलागि अपुग भएपछि दाताहरूकै सहयोगमा हाल ३ कोठाका भवन निर्माण भएका छन् । संस्थामा हाल भवनभन्दा बाहिर राखेर समेत आश्रय दिइरहेका छन् । पानी पर्दा र ठूलो हावाहुरी आउँदा संस्थाको कार्यालयमा आवासको व्यवस्था गरिँदै आएको माया घर नेपालकी सचिव सुभद्रा प्याकुरेल बताउछिन् ।

माया घरमा अहिले ३ नावालकहरू सहित ४२ जनाले आश्रय लिदै आएका छन् । उनिहरूमध्ये धेरै जसो मानसिक रोगि भएका र समय अनुसार औषधी उपचार पनि माया घरबाटै हुने गरेको माया घर इटहरीकी सहयोगी अर्पणा राइले बताइन् । उनले भनिन्, ‘अहिले जन्मदादेखिको बच्चासहित ६८ वर्षीया आमा पनि हामीकहाँ हुनुहुन्छ ।’ माता राधिका दासीको संरक्षकत्वमा उनीहरूलार्ई राखिएको उनले बताइन् ।

एउटा भवनमा ४२ जना सम्म बेसहारा र पीडितहरूलाई आश्रय दिएर सामाजिक काम गर्नु आफैमा चुनौतीपूर्ण रहेको बताउदै माया घरकी सचिव सुभद्रा प्याकुरेल भन्छिन् अरूलाई सहारा दिएर राख्ने माया घर अहिले आफै सहारा खोज्दै हिड्नुपरेको छ । यो वर्ष देखि स्थानीय सरकारले केही राहत स्वरूप आर्थिक सहयोगको प्रतिवद्धता जाहेर गरेपनि प्रदेश सरकार र केन्द्रीय सरकारबाट त्यती सहयोग प्राप्त नभएको सचिव प्याकुरेलको भनाइ छ ।

यतिमात्र नभएर माया घर नेपालले अलपत्र परेकाहरूलाई घरमा शरणमात्र दिएको छैन बिभिन्न सिपहरू सिकाएर उनीहरूलाई दक्ष बनाइ आयमुलक काममा समेत लगाउने गरेको छ । मायाघरमा औषधी उपचार पछि ठिक भएका मानसिक रोगीहरूलाई एउटा एउटा सिप सिकाएर आफैमा दक्ष बनाइ बिदाइ समेत गर्ने गरेको छ ।

जम्मा ५२ जना बसोबास गरेकोमा हाल सम्म १२ जनालाई आयमुलक सिप सिकाएर बिदाइ गरिसकेको माया घर नेपालकी सचिव सुभद्रा प्याकुरेलले बताइन् । उपचारपछि निको भएका केहीलार्ई संस्थाले परिवारसँग मिलन गराउन समेत सफल भएको छ । कतिपयका आफन्त नभएको हुँदा संस्थामै आश्रित छन् । सहयोगी दाताहरूले सहयोग गरे पनि आर्थिक अभावका कारण भौतिक संरचना थप गर्न नसकिएको संस्थाको भनाइ छ ।

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

दुहबीमा ११६ केजी गाँ ...

दुहबी/  सुनसरीको दुहबी नगरपालिका–४ मालह ...

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved