काठमाडौं । सरकारले कोरोना महामारी र लकडाउनसँगै बन्द भएका सार्वजनिक यातायात आइतबारदेखि चल्न दिने भएको छ ।
संक्रमणको जोखिम कम गराउन स्वास्थ्य सुरक्षाको उपाय अपनाउदै सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदकोे बिहीबार बसेको बैठकले पचास प्रतिशत भाडा वृद्धि गरी सवारी चलाउन पाउने निर्णय गरेको छ ।
सवारी साधनले यात्रु क्षमताको पचास प्रतिशत मात्र यात्रु राख्न पाइने निर्णय बैठकले गरेको छ ।
सवारी साधनको ढोकामा सेनिटाइजर अनिवार्य गरिएको छ भने मास्क र सेनिटाइजर प्रयोग गर्न भनिएको छ ।
चालक र सहचालकले अनिवार्यरुपमा मास्क र ग्लोब लगाउनु पर्ने प्रवक्ता युवराज खतिवडाले बताए ।
सरकारका प्रवक्ता खतिवडाका अनुसार अब उप्रान्त जोरबिजोर प्रणालीमा सञ्चालन हुने निजी सवारीसाधनमा ड्राइभरसहित तीनजना यात्रा गर्न पाउनेछन् र पाँच वर्षसम्मका बालबालिकाको संख्या भने गणना नहुने भएको छ ।