समाचार

    Showing 9,211-9,220 of 10,057 items.
  • हत्कडी खुस्केपछी अभियुक्त फरार

    इलाम/ इलाममा एक अवियुक्त हत्कडी खुस्किएर फरार भएका छन । मेडीकल चेकको लागी अस्पताल लैजाँदै गर्दा हत्कडी खुस्किएपछि फरार भएका हुन । श्रीमतीलाई कुटपिट गरेपघि अभद्र व्यवहारमा  एकदीन अघि पक्राउ परेका थिए ।अनुसन्धानमा रहेकाले नाम नखुलाएका उक्त व्याक्ति म्यादथपको लागी मेडीकल चेकका लागि इलाम अस्पताल लगिएको थियो । हत्कडी खुकुलो रहेकोकारण खुस्काएर भागेपनि उनको खोजिकार्य भईरहेको जिल्ला प्रहरी कार्यलय इलामका प्रहरीउपरिक्षक नविन राईले जानकारी दिए ।   

    • प्रकाशित मितिः साउन १५, २०७७
    • 1,796 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • मनलाग्दो पार्किङ गर्नेलाइ इटहरी ट्राफिकको ह्विल लक

    इटहरी । मुख्य राजमार्ग ढाकेर नीजि सवारी पार्किङ गर्नेलाइ ट्राफिक प्रहरीले ह्विल लक अभियान चलाएको छ । पटक पटक सचेतना गर्दा पनि अटेर गरेपछि एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले राजमार्ग क्षेत्र अन्तरगत पैदल यात्री हिडने स्थानमा मनलाग्दो आफ्नो नीजि सवारी पार्किङ गर्नेहरूको सवारी साधनमा ह्विल लक अभियान चलाएको हो । बिहीबार मात्रै ट्राफिक प्रहरीले करीब एक दर्जन मोटर साइकल तथा स्कुटीहरूमा ह्विल लक गरी आवश्किय जरिवाना सहित कार्वाहि गरेको छ । इटहरीको मुख्य राजमार्गहरूमा नीजि सवारी पार्किङ बढेपछि पैदलयात्रीहरू समस्यामा परेको अवस्थालाइ मध्य नजर गर्दै प्रहरीले यस्तो गर्नुपरेको एक नं प्रदेश ट्र

    • प्रकाशित मितिः साउन १५, २०७७
    • 1,080 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटा बहुमुखी क्याम्पस धनकुटाले ६६ औं वार्षिकोत्सव कार्यक्रम समपन्न

    धनकुटा/ धनकुटा बहुमुखी क्याम्पस धनकुटाले ६६ औं वार्षिकोत्सवको अवसरमा “धनकुटा बहुमुखी क्याम्पसको गुणस्तर सुधार ः चुनौती र सम्भावना” विषयक भर्चुअल कार्यक्रम गरेको छ । कार्यक्रमका प्रमुख अतिथि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. भीमप्रसाद सुवेदीले आफु नयाँ शिक्षा पद्धतिको योजना लागु भएपछि वि.सं.२०३० सालमा धनकुटा क्याम्पसमा सेमेस्टर प्रणालीको विद्यार्थी भएको स्मरण गरे । उच्च शिक्षाको क्षेत्रमा विभिन्न आरोह अवरोध पार गर्दै मुलुकले उच्च शिक्षालाई सेमेस्टर प्रणालीमै फर्काएको बताउँदै उच्च शिक्षाको वर्तमान अवस्थाले पहिलेको नै शिक्षाको अवस्था फर्काएको बताए ।  फन्को मारिरहेको ब

    • प्रकाशित मितिः साउन १५, २०७७
    • 2,052 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • थप २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि, २ सय २७जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ / आज थप  २ सय ७४  जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या १९ हजार ५ सय ४७ जना  पुगेको छ ।  नेपालमा हालसम्म ५२  जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप २ सय  २७  जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १४ हजार २ सय ४८ जना रहेका छन् । भोजपुर, पाँचथर, संखुवासभा, रसुवा, मनाङ, मुस्ताङ सहित ६ जिल्ला कोरोनामुक्त भएका छन्। 

    • प्रकाशित मितिः साउन १५, २०७७
    • 747 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोशी अस्पतालको ओपीडी सेवा अनिश्चित कालका लागि बन्द

    विराटनगर । विराटनगरको कोशी अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पतालको बहिरंग(ओपीडी) सेवा बन्द भएको छ । अस्पतालले सूचना टाँस गरी ओपीडी सेवा बन्द गरिएको सर्वधारणलाई जानकारी गराएको छ । कोशी अस्पतालका चार जना स्वास्थ्यकर्मीमा कोभिड १९ पुष्टि भएको छ । अस्पतालले गेटमै सूचना टाँस गरी संक्रमणको कारण सेवा दिन नसकिने जनाएको हो । अस्पतालले ओपीडी सेवा सुरु गरेपछि दैनिक ५ सय भन्दा धेरै बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् । तर, विषम परिस्थिति र संक्रमण त्रासका कारण अहिलेलाई ओपीडी सेवा बन्द गरिएको अस्पतालका मेसु चुमनलाल दासले बताएका छन् ।

    • प्रकाशित मितिः साउन १५, २०७७
    • 730 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा १८ संक्रमित थपिए, ४२ जना डिस्चार्ज

    विराटनगर, १५ साउन । प्रदेश १ माआज १८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८, झापामा ४, सुनसरी, उदयपुर र सोलुखुम्वुमा २–२ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ५ पुरुष र ३ महिला, झापाको शिवसताक्षीमा ३ पुरुष, दमकमा १ महिला, सुनसरीको धरान र इटहरीमा १–१ पुरुष, उदयपुरको वेलकामा १ महिला, १ पुरुष र सोलुखम्वुको दुधकुण्डमा २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिकविकास मन्त्रालयकाप्रवक्ता डा.सुरेश महेताले बताउनुभयो । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय ९३ पुगेको छ । प्रदेश १ माआज ४२ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चलविश्वविद्यालय कोभिड १९ आई

    • प्रकाशित मितिः साउन १५, २०७७
    • 889 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा बिहान ९ बजे देखि ५ बजे सम्म मात्रै बजार खुल्ने

    धरान । कोरोना संक्रमण समुदाय स्तरमै देखिन थाले पछि धरान उपमहानगरपालिकाले जोखिम न्युनिकरणका लागि अत्यावश्यक वस्तुको पसल मात्रै खोल्ने गरि समयतालिका दिएको छ । विहिबार उपमहानगरपालिकामा बसेको सर्वपक्षीय छलफलमा संक्रमणको जोखिम न्युनीकरण गर्न बिहान ९ बजेदेखि ५ बजेसम्म अत्यावश्यक वस्तुको पसल मात्र खोल्न दिने निर्णय भएको छ । अत्यावश्यक वस्तुअन्र्तगत खाद्यान्न, तरकारी र औषधीको पसल मात्र खोल्न दिइने निर्णय भएको हो । होटलहरुले प्याकिंङ गरेर बिक्री गर्न दिने तर होटल, रेष्टुरेष्टमा नै बसेर खान नदिने पनि निर्णय भएको छ । बैठकले कोरोना विरामी ओसार पासार गर्ने एम्बुलेन्स र मृत्यु भएकाको शव लैजाने वहान व्यवस्

    • प्रकाशित मितिः साउन १५, २०७७
    • 1,912 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ज्यानमारा सडकले दुर्घटनै दुर्घटना, ४ महिनामा ६३ जनाले गुमाए ज्यान

    इटहरी । प्रदेश १ मा सडकको अवस्था दयनिय बन्दा दैनिक सवारी दुर्घटनाबाट ज्यान गुमाउनेहरूको संख्या पनि बढदै गएको एक तथ्यांकले देखाएको छ । प्रदेश १ को १४ जिल्लामा गएको चैत्र ११ गते देखि साउन १२ गते सम्ममा ६३ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन । वर्षाको बेला सडकको अवस्था बिग्रदै जानु , पुनःमर्मत तर्फ सम्बन्धित निकायको ध्यान नजानु , राजमार्गको अवस्था नहेरी यातायात कार्यालयले भटाभट सवारीसाधन दर्ता गर्दै भित्र्याइदिनु र सवारी चालकले पनि ट्राफिक नियमको पालना नगर्नु दुर्घटनाको मुख्य कारण बनेको छ । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले दिएको बिवरण अनुसार गएको ४ महिनामा प्रदेश एकमा कुल २

    • प्रकाशित मितिः साउन १५, २०७७
    • 756 पटक पढिएको
    • "तेजबहादुर बन"
  • ज्यानमारा सडकले दुर्घटनै दुर्घटना, ४ महिनामा ६३ जनाले गुमाए ज्यान

    इटहरी । प्रदेश १ मा सडकको अवस्था दयनिय बन्दा दैनिक सवारी दुर्घटनाबाट ज्यान गुमाउनेहरूको संख्या पनि बढदै गएको एक तथ्यांकले देखाएको छ । प्रदेश १ को १४ जिल्लामा गएको चैत्र ११ गते देखि साउन १२ गते सम्ममा ६३ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन । वर्षाको बेला सडकको अवस्था बिग्रदै जानु , पुनःमर्मत तर्फ सम्बन्धित निकायको ध्यान नजानु , राजमार्गको अवस्था नहेरी यातायात कार्यालयले भटाभट सवारीसाधन दर्ता गर्दै भित्र्याइदिनु र सवारी चालकले पनि ट्राफिक नियमको पालना नगर्नु दुर्घटनाको मुख्य कारण बनेको छ । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले दिएको बिवरण अनुसार गएको ४ महिनामा प्रदेश एकमा कुल २

    • प्रकाशित मितिः साउन १५, २०७७
    • 630 पटक पढिएको
    • "तेजबहादुर बन"
  • वराहक्षेत्रका तीन वडालाई नमूना कृषि प्रविधि गाउँ बनाइने

    वराहक्षेत्र नगरपालिकाका वडा नं. ८, ९ र १० लाई कृषि नमूना प्रविधि गाउँ क्षेत्र निर्धारण गरी कार्यक्रम कार्यान्वयन गरिने भएको छ । यी स्थान वराहक्षेत्र नगरको कृषि उत्पादनको मुख्य क्षेत्र र अन्न भण्डार हुन् । बुधबार वराहक्षेत्र नगरपालिकाका मेयर, प्रमुख प्रशासकीय अधिकृत, कृषि शाखाका कर्मचारी र नेपाल कृषि अनुसान्धन परिषद्का विज्ञ र प्राविधिकहरुले स्थानीय कृषकसँग गरिएको अन्तक्र्रियामा वराहक्षेत्रका दक्षिणी क्षेत्रका तीन वटा वडालाई नमूना प्रविधि गाउँका रुपमा विकास गर्ने अवधारणा अघि बढाइएको छ ।  कृषि अनुसान्धन परिषद्ले विकास गरेको बालीको जात, पशुपन्छीको जात, फलफूलको जात, तरकारीको जात, साथै उन्नत

    • प्रकाशित मितिः साउन १५, २०७७
    • 1,439 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved