विराटनगर, १५ साउन । प्रदेश १ माआज १८ जना कोरोना संक्रमित थपिएका छन् ।
मोरङमा ८, झापामा ४, सुनसरी, उदयपुर र सोलुखुम्वुमा २–२ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।
मोरंगको विराटनगरमा ५ पुरुष र ३ महिला, झापाको शिवसताक्षीमा ३ पुरुष, दमकमा १ महिला, सुनसरीको धरान र इटहरीमा १–१ पुरुष, उदयपुरको वेलकामा १ महिला, १ पुरुष र सोलुखम्वुको दुधकुण्डमा २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिकविकास मन्त्रालयकाप्रवक्ता डा.सुरेश महेताले बताउनुभयो ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय ९३ पुगेको छ ।
प्रदेश १ माआज ४२ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चलविश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट ३४ पुरुष, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ पुरुष र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट २ पुरुष डिस्चार्ज भएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज सम्म७ सय ८९ जना डिस्चार्ज भएका छन् ।
प्रदेश १ माआज ६ सय ५२ जनाको पीसीआर परीक्षण गरिएको छ ।