धनकुटा बहुमुखी क्याम्पस धनकुटाले ६६ औं वार्षिकोत्सव कार्यक्रम समपन्न

  • श्रावण १५, २०७७
  • सन्तोष रुचाल
alt

धनकुटा/ धनकुटा बहुमुखी क्याम्पस धनकुटाले ६६ औं वार्षिकोत्सवको अवसरमा “धनकुटा बहुमुखी क्याम्पसको गुणस्तर सुधार ः चुनौती र सम्भावना” विषयक भर्चुअल कार्यक्रम गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. भीमप्रसाद सुवेदीले आफु नयाँ शिक्षा पद्धतिको योजना लागु भएपछि वि.सं.२०३० सालमा धनकुटा क्याम्पसमा सेमेस्टर प्रणालीको विद्यार्थी भएको स्मरण गरे । उच्च शिक्षाको क्षेत्रमा विभिन्न आरोह अवरोध पार गर्दै मुलुकले उच्च शिक्षालाई सेमेस्टर प्रणालीमै फर्काएको बताउँदै उच्च शिक्षाको वर्तमान अवस्थाले पहिलेको नै शिक्षाको अवस्था फर्काएको बताए ।  फन्को मारिरहेको बताउनु भयो ।

विश्वविद्यालय अनुदान आयोगले विश्वविद्यालयहरुलाई नतिजा प्रकाशनमा सुधार ल्याउन तीन महिनाभित्र नतिजा निकाल्न प्रोत्साहन गरेपनि अपेक्षाकृत सफलता हासिल गर्न नसकेको बताए । उनले आयोगको तर्फबाट क्याम्पसको गुणस्तर सुधार र उन्नयनको लागि सकारात्मक सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रदेश नं. १ का सांसद निरन राईले धनकुटा बहुमुखी क्याम्पसबाट आफुले विद्यार्थी राजनीति गर्दै राजनीतिक जीवनमा प्रवेश गरेको बताउँदै क्याम्पसमा समय र परिस्थितिलाई समेट्ने गरी विद्यार्थीहरुकोे नयाँ–नयाँ विषयहरु पठन पाठन गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए । उनले क्याम्पसको गुणस्तर सुधारका लागि प्रदेश सरकारको तर्फबाट गर्न सक्ने सहयोगको लागि पहल पनि बताए ।

पूर्व क्याम्पस प्रमुख नारायण जोशीले आफु लामो समय धनकुटा बहुमुखी क्याम्पसमा अध्ययन अध्यापन कार्यमा संलग्न रहेको र क्याम्पसको साख जोगाउन सबैले लाग्नु पर्नेमा जोड दिए । सामाजिक अभियन्ता एवं धनकुटा क्याम्पसको पहिलो ब्याचका विद्यार्थी सरला कायस्तले आफु पढ्दाको क्याम्पस जीवन स्मरण गर्दै क्याम्पसको उज्ज्वल भविष्यको कामना गरिन् ।

सो अवसरमा धनकुटा बहुमुखी क्याम्पसका प्रमुख होमबहादुर बस्नेतले क्याम्पसको ऐतिहासिक पृष्ठभुमि, वर्तमान अवस्था र भावी रणनीतिबारे कार्यपत्र प्रस्तुत गरेका थिए । त्रिभुवन विश्वविद्यालयको आंंगिक क्याम्पसको रुपमा रहेको यस धनकुटा बहुमुखी क्याम्पसमा हाल त्रिविका शिक्षाशास्त्र संकाय, मानविकी तथा सामाजिक शास्त्र संकाय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान र व्यवस्थापन संकाय समेतका शैक्षिक कार्यक्रमहरु स्नातक र स्नातकोत्तर तहमा पठनपाठन हुँदै आएको छ भने सबै संकाय र अध्ययनसंस्थानमा गरेर एक हजार पाँच सय ८९ भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।

 

धरान किड्जीलाई अनुमत ...

धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

‘कुम्भ स्नान पछि पिण ...

धरान/  प्रत्येक १२ वर्षमा लाग्ने पुर्ण कुम्भ ...

धरानको कार्यपालिका ब ...

धरान /मेयर हर्कराज राईले एकलौटी गरेको निर्णयलाई का ...

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved