इटहरी । प्रदेश १ मा सडकको अवस्था दयनिय बन्दा दैनिक सवारी दुर्घटनाबाट ज्यान गुमाउनेहरूको संख्या पनि बढदै गएको एक तथ्यांकले देखाएको छ । प्रदेश १ को १४ जिल्लामा गएको चैत्र ११ गते देखि साउन १२ गते सम्ममा ६३ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन ।
वर्षाको बेला सडकको अवस्था बिग्रदै जानु , पुनःमर्मत तर्फ सम्बन्धित निकायको ध्यान नजानु , राजमार्गको अवस्था नहेरी यातायात कार्यालयले भटाभट सवारीसाधन दर्ता गर्दै भित्र्याइदिनु र सवारी चालकले पनि ट्राफिक नियमको पालना नगर्नु दुर्घटनाको मुख्य कारण बनेको छ ।
प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले दिएको बिवरण अनुसार गएको ४ महिनामा प्रदेश एकमा कुल २८८ सवारी दुर्घटना भएकोमा ६३ जनाले ज्यान गुमाएका हुन । कुल ६३ मध्ये ४४ पुरूष , २२ महिला र ७ जना बालबालीकाले दुर्घटनामा परी ज्यान गुमाएका हुन । सोहि अवधिमा भएको दुर्घटनाका कारण ११९ जना गम्भिर घाइते भएका छन भने २८४ जना सामान्य घाइते बनेका छन ।
कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले देशभर लकडाउन जारी गरिरहदा पनि प्रदेश एकमा लकडाउनकै अवधिलाइ हेर्ने हो भने दुर्घटनामा ज्यान गुमाउनेको संख्या उत्तीकै रहेको पाइएको छ । गएको ४ महिनाको अवधिलाइ हेर्ने हो भने सबैभन्दा बढी झापा , मोरङ र सुनसरीमा बढी जसो दुर्घटनामा परी ज्यान गुमाएका छन ।
सो अवधिमा सबैभन्दा बढी मोरङमा साना तथा ठुला गरी ३१२ वटा सवारी दुर्घटना भएको र उक्त दुर्घटनामा परी २१ जनाले जयान गुमाएका छन । त्यस्तै सुनसरीमा ५८ वटा दुर्घटना हुदा १२ जनाले ज्यान गुमाएका छन भने झापामा ४७ वटा सवारी साधन दुर्घटना हुदा १० जनाले ज्यान गुमाएको प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
त्यस्तै ४ महिनाकै अवधिमा सबैभन्दा कम सोलुखुम्बुमा १ दुर्घटना हुदा एक जनाले ज्यान गुमाएका छन । ट्राफिक प्रहरीको बिवरण हेर्ने हो भने दुर्गम जिल्लामा भन्दा सुगम जिल्लामै बढीजसो दुर्घटना भइ मानविय क्षति भएको देखिएको छ । प्रदेश १ को १४ जिल्ला मध्ये उदयपुरमा १७ वटा सवारी दुर्घटना भएका छन भने २ जनाले ज्यान गुमाएका छन । त्यसैगरी धनकुटामा ६ वटा दुृघटना हुदा १ जना , तेह्रथुममा ३ वटा दुर्घटना हुदा २ जना , इलाममा ३ वटा दुर्घटना हुदा ४ जना , पार्चथरमा ४ वटा दुर्घटना हुदा १ जना , ताप्लेजुङमा ४ वटा सवारी दुर्घटनामा पर्दा ३ जनाले ज्यान गुमाएका छन ।
त्यस्तै भोजपुरमा २ वटा सवारीसाधन दुर्घटना हुदा १ जनाले ज्यान गुमाएका छन । सोलुखुम्बुमा १ वटा सवारी दुर्घटना हुदा १ जना ,संखुवासभामा ३ वटा सवारी दुर्घटना हुदा एक जना , ओखलढुंगामा ६ वटा दुर्घटना हुदा ४जना , र खोटाङमा २ वटा दुर्घटना भएको प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीको बिवरणमा उल्लेख छ ।
सरसर्ती दुर्घटनाको अवस्थालाइ हेर्ने हो भने धेरै जसो सडकको अवस्था बिग्रनु र ट्राफिक नियम पालना नगरिनु मुख्य कारण रहेको प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मिराज अधिकारीले बताए ।