समाचार

    Showing 9,141-9,150 of 10,057 items.
  • सुनसरी जिल्लामा २६ गते सम्म निषेधाज्ञा घोषणा (विज्ञप्ति सहित)

    धरान । समुदाय स्तरमै कोरोना संक्रमण फैलिन थाले पछि सुनसरीको जिल्ला सुरक्षा समितीको बैठकले साउन २६ गते सम्मका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा बुधबार बसेको बैठकले राती १२ बजे देखि साउन २६ गते राती १२ सम्मको लागि निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञाभर बजार, पसल, यातायातका साधन पूर्णरुपमा बन्द हुने र सर्वसाधारणलाई समेत घरबाट बाहिर हिँडडुल गर्न प्रतिबन्ध लगाइएको छ । सुनसरीका इटहरी, इनरुवा, दुहबीले मंगलबार राती देखि नै लकडाउन घोषणा गरिसकेका छन् भने धरानले बुधबार राती देखि लकडाउन शुरु गर्ने निर्णय गरेको थियो । स्थानीय तहले घोष

    • प्रकाशित मितिः साउन २१, २०७७
    • 1,496 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना संक्रमित भर्ना हुन प्रदेश १ का अस्पतालमा छैनन् बेड

    विराटनगर । प्रदेश १ मा कोभिड १९ बाट ग्रस्त बिरामी उपचार गर्न बनाइएका अस्पताल र आईसोलेसन सेन्टर भरिभराउ भएका छन् । सरकारले व्यवस्थापन गरेका अस्पतालमा शैया अभाव हुन धेरै संक्रमित घरमै बसिरहेका छन् । विराटनगरमा पछिल्लो पटक फेला परेका संक्रमित अस्पतालमा बेड नै नपाइएपछि घरमै छन् । उनीहरुको व्यवस्थापन हुन नसकेको महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले जनाएको छ । बुधबारसम्म व्यवस्थापन हुन नसकेका र घरमै रहेका विराटनगरका संक्रमितको संख्या १२ छ । १ नम्बर प्रदेश सरकारले संक्रमितहरुको उपचारको लागि विराटनगरमा कोशी कोभिड १९ उपचार केन्द्र, धरानमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मोरङको गोठगाउँमा अवस

    • प्रकाशित मितिः साउन २१, २०७७
    • 956 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरमा बैंकका टेलर सेवा बन्द

    विराटनगर । समुदायस्तरमा कोरोना फैलिएको निश्कर्षसहित पुनः १५ दिने लकडाउनमा गएको विराटनगरमा बुधबार बैंकबाट हुने ‘क्यास’ कारोबारसमेत बन्द गरिएको छ । विराटनगर महानगरपालिकाले मंगलबार सूचना जारी गरी ‘बैंक तथा वित्तीय संस्थामा मानिसहरुको अधिक भिंडभाँड भई संक्रमण थप फैलन सक्ने जोखिम भएको’ भन्दै बैंकका टेलर संचालन नगर्न सूचित गरेको थियो । प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेलले सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाबाट विद्युतीय कारोबार आईपिएसतर्फ सेवाग्राहीलाई प्रेरित गर्न आग्रह गरेका थिए । राष्ट्र बैंक विराटनगरका विराटनगरमा २८ वटै वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिय अन

    • प्रकाशित मितिः साउन २१, २०७७
    • 828 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हिले लेगुवा सडक खण्ड निर्माण कार्यमा लापवार्ही

    धनकुटा / राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोकमार्ग अन्तर्गत हिले लेगुवा सडक खण्ड निर्माण कार्य निर्माण व्यवसायीको लापरवाहीको कारण ढिलो भएको जनाईएको छ । पाख्रीवासबाट निर्वाचित भएका स्थानीय जनप्रतिनिधिहरु सहितको भेला मार्फत पत्रकार सम्मेलन गर्दै प्रतिनिधिसभाका सदस्य राजेन्द्र राई निर्माण कम्पनीको चरम लापरवाहीका कारण सडक निर्माण कार्य ढिलो भई नागरिकहरुले दुःख पाएको बताएका छन् । उनले पटक–पटक सडक निर्माणको जिम्मा लिएको निर्माण व्यवसायीसँग काम छिटो सक्न छलफलमा बसेको भएपनि काम नभएको र ठेकेदार भागेको भन्दै अब यो टेण्डर तोडेर अर्को टेण्डर आह्वानको विकल्प नरहेको पनि सांसद राईले बताए । जिल्ला सम

    • प्रकाशित मितिः साउन २१, २०७७
    • 1,178 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • सुनको मुल्य यो वर्षकै उच्च

    काठमाडौं /  सुनको मुल्य बुधबार वृद्धि हुदाँ अहिले सम्मकै नयाँ रेकर्ड कायम भएको छ । तोलामा एकैदिन १६ सय रुपैयाँले वृद्धि हुदाँ यो वर्षकै उच्च मुल्य कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बुधबार) का लागि तोलाको १ लाख १ हजार ४ सय रुपैयाँ कायम गरेको छ । एक वर्षमा सुनको मूल्य तोलामा ३३ हजार ४ सय रुपैयाँ बढेको छ । मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँका कारोबार भएको थियो । त्यस्तै , चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च तोलाको १२ सय ९५ रुपैयाँ पुगेको छ । आज चाँदीको मुल्य रु ६५ रुपैँयाले बढेको छ ।

    • प्रकाशित मितिः साउन २१, २०७७
    • 1,194 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीका सञ्चारकर्मीलाई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान

     इटहरी । कोरोना भाइरसको समयमा जोखिम मोलेर अग्रपङतिमा रहि जनतालाइ सु सुचित गराउने इटहरीका सकृिय सञ्चारकर्मिहरूलाइ बुधबार स्किल क्याम्पस र गोक्यो इन्टरनेशनल स्कुलले स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ ।    कोरोना भाइरसका कारण गरिएको लकडाउनको अवस्थामा समेत जोखिमको समयमा जनतालाई सूचना सम्प्रेषणका लागि अग्रपंतिमा रहेर खटिने सञ्चारकर्मीहरुलाई जोखिम न्यूनीकरण होस् भन्ने उद्देश्यले सुरक्षा सामाग्री वितरण गरिएको हो । इटहरी क्षेत्रमा सक्रिय ३० जना सञ्चारकर्मीलाई झोला, सर्जिकल मास्क, एन ९५ मास्क, सेनिटाइजर, डायरी, कलम लगायत सञ्चारकर्मीलाई आवश्यक पर्ने सामाग्री वितरण गरिएको स्कील क्य

    • प्रकाशित मितिः साउन २१, २०७७
    • 805 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीमा लकडाउन कडाई, मास्क नलगाई हिड्नेलाई कारवाही

     इटहरी । कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलन थालेपछि दोश्रो चरणको लकडाउन सुरू भएसंगै इटहरीमा बुधबार बिहानै देखि कडाइ गरिएको छ । बजार व्यवसायी पुर्णरूपमा ठप्प बनेका छन भने मुख्य राजमार्गहरूमा अतिआवस्यकिय सवारीहरूबाहेक अन्यलाइ प्रवेश निषेध गरिएको छ । इटहरी उपमहानगरको मंगलबार दिउसो ४ बजे बसेको आपतकालीन बैठकले बुधबार बिहान ७ बजेदेखि आगामि साउन २५ गते राती १२ बजे सम्म पूर्ण रूपले कडाइकासाथ लकडाउन गर्ने निर्णय गरिएको थीयो । दैनिक रूपमा कोरोना संक्रमितको संख्या बढन थालेपछि इटहरीले सुरक्षा सतर्कता अपनाउदै इटहरीलाइ ५ दिन सम्म लकडाउन गर्ने र पुनः अवस्था हेरेर त्यसैलाइ निरन्तरता दिने या नदिने

    • प्रकाशित मितिः साउन २१, २०७७
    • 1,319 पटक पढिएको
    • " तेजबहादुर बन"
  • गाउँगाउँमा आफैँ पुगेर मन्त्रीले गरे मनोरोगीहरुको उद्धार

    रामपुर /  झण्डा हल्याउदै एउटा गाडी कच्ची ग्रामिण भित्रि सडकमा गुडदै कटारी नगरपालिका १ को काली खोला गाउँमा पुग्यो । गाडीबाट ओर्लिएर प्रदेश १ का समाजिक विकास मन्त्री जिवन घिमिरे , प्रदेश सांसद कला घले अनि कटारी नगरपालिका उपप्रमुख भिमकुमारी राउतहरुको टोली खेतैखेत हिड्न थाल्यो । पछिपछि प्रहरी , पत्रकार , नगर रक्षक र अधिकारकर्मीको टोली पनि लाग्यो । गाउँलेहरु छक्क परे ! हन फेरि चुनावपो आयो किक्याहो , नेताहरु भोटमाग्न घर घर आए जस्तो पो छ तँ हँ? तर मन्त्री घिमिरेको टोलीले कसैसँग भोट मागेन । बरु सरासर खेतैखेत हिँडेर खोलाकिनारमा बाँसघारी भित्रबनाएको एउटा कठघरा (काठको खोर) उघार्यो । जब मन्त्री घिमिर

    • प्रकाशित मितिः साउन २१, २०७७
    • 1,034 पटक पढिएको
    • "आशिका लम्साल"
  • धरानमा आज १२ बजे राति देखि लागु हने गरि २८ गते सम्म लकडाउनको घोषण

    धरान / विश्वव्यपी महामारीको रुपमा फैलिदै गएको कोरोना भाईरसको संक्रमण समुदाय स्तरमा फैलदै गएपछि धरान उपमहानगरपालिकाले लकडाउनको घोषण गरेको छ । आज विहान उपमहानगरापलिकामा बसेको बैठकले आज राति १२ बजे पछि लागु हुने गरि ७ दिनको लागि लकडाउन गर्ने निर्णय गरेको हो । औषधी पसलबाहेक सबै पसल, व्यवसाय तथा सवारीसाधनहरु बन्द गर्ने निर्णय भएको बैठकमा सहभागि एक वडाध्यक्षले बताए ।

    • प्रकाशित मितिः साउन २१, २०७७
    • 3,258 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खानेपानी आयोजनाको पाईप तडोफोड गरेको आरोपमा हर्क साम्पाङ पक्राउ

    धरान खानेपानी बोर्डद्वारा बिस्तार गरिएको धरान १३ स्थित सर्दु खोला मुहानमा रहेको पाइपलाइन र खर्दुको सेडिमेन्ट ट्यांकी बाट ल्याएको खानेपानीको पाइपलाइन भत्काइएको घटनामा संलगन हर्क साम्पाङलाई आज बेलुकी पक्राउ गरेको छ । ई प्र का धरानका डिएसपी ज्ञानेन्द« बा बस्नेतका अनुसार खानेपानि बोर्डले दिइएको उजुरिका आधरमा साम्पाङलाई पक्राउ गरिएको हो । तोडफोडको घटनामा धरान खानेपानि संस्थानका अध्यक्षको नाम समेत मुछिएकोमा नेकपा , नेपाली काङग्रेस धरान कमीटिले छुट्टा छुट्टै विज्ञप्ति मार्फत दोषीलाई कानुन बमोजिम कार्वहीको माग गरेका थिए । तोडफोडबाट डेढ लाख बाराबरको क्षती भएको बताइएको छ ।

    • प्रकाशित मितिः साउन २०, २०७७
    • 1,642 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved