कोरोना संक्रमित भर्ना हुन प्रदेश १ का अस्पतालमा छैनन् बेड

  • श्रावण २१, २०७७
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर । प्रदेश १ मा कोभिड १९ बाट ग्रस्त बिरामी उपचार गर्न बनाइएका अस्पताल र आईसोलेसन सेन्टर भरिभराउ भएका छन् ।

सरकारले व्यवस्थापन गरेका अस्पतालमा शैया अभाव हुन धेरै संक्रमित घरमै बसिरहेका छन् । विराटनगरमा पछिल्लो पटक फेला परेका संक्रमित अस्पतालमा बेड नै नपाइएपछि घरमै छन् । उनीहरुको व्यवस्थापन हुन नसकेको महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले जनाएको छ । बुधबारसम्म व्यवस्थापन हुन नसकेका र घरमै रहेका विराटनगरका संक्रमितको संख्या १२ छ ।

१ नम्बर प्रदेश सरकारले संक्रमितहरुको उपचारको लागि विराटनगरमा कोशी कोभिड १९ उपचार केन्द्र, धरानमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मोरङको गोठगाउँमा अवस्थित पूर्वाञ्चल विश्व विद्यालयको मेडिकल कलेजको छात्रबास आईसोलेन, उदयपुरको चौदण्डीगढी आईसोलेसन, खोटाङ जिल्ला अस्पताल र ताप्लेजुङ अस्थायी केन्द्र तोकेको छ । मेची अस्पताल झापमा समेत मंगलबारबाट आईसोलेसन संचालनमा आएको छ । तर, अस्पताल र उपचार केन्द्रहरुमा संक्रमित भरिभराउ भएका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो समय संक्रमित थपिने क्रम सुरु भएसंगै अस्पतालमा शैया अभाव हुन थालेको हो । मन्त्रालयका प्रवक्ता वरिष्ठ जनस्वास्वास्थ्य विज्ञ सुरेश मेहता भन्छन्,“पहिलो लक्ष्यणविहीन बिरामी आउने गरेकोम हिजोआज लक्ष्यणसहितका बिरामीको समेत चाप बढ्न शुरु भएको छ । सरकारले तोकेका अस्पतालहरुमा बिरामी थपिएसंगै शैया अभाव हुन थालेको हो ।”उनले अहिले प्रदेश १ मा दैनिक करिब एक हजार स्वाब परीक्षण भई नजिता आउन थालेपछि संक्रमितको संख्यासमेत बढ्न थालेको सुनाए ।

प्रदेश १ मा पछिल्लो समय समुदायस्तरमा संक्रमितहरु देखिन थालेका छन् । धेरैको संक्रमणको स्रोतसमेत खुल्न सकेको छैन । सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा ५७, मोरङ गोठगाउँमा १०८, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ३७, उदयपुरको चौदण्डिगढीमा ७, खोटाङ जिल्ला अस्पतालमा एक र ताप्लेजुङमा चार जना उपचाररत छन् । खोटाङ र ताप्लेजुङ अस्थायी उपचार केन्द्रमात्र हुन ।

आईसियू र भेन्टिलेटरसहितको शैया व्यवस्थापन तथा संख्या थप गर्नुपर्ने अवस्थासमेत देखिएको भन्दै चिकित्सकले सरकारलाई यसबारे ध्यानाकर्षणसमेत गराएका छन । “लक्षणसहितको बिरामी बढ्न थालेकाले धेरैलाई अस्पतालमै भर्ना गर्नुपर्ने हुँदा तत्कालै अब अस्पतालहरुको क्षमता बृद्धि गर्नुको विकल्प नरहेको” विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रका संयोजक डा.दिपक सिग्देल बताउँछन् । लक्षण नदेखिएको र स्वास्थ्यमा समस्या नभएका बिरामीलाई आईसोलेसनमा राख्दासमेत रुटिनको खाना र हेरचाहबाहेकको व्यवस्थापन गर्नु परेको थिएन । तर, अहिले पनि उपचारकै प्रबन्ध गर्नुपर्ने भएपछि सरकारले अस्पतालको क्षमता विस्तार गर्नुपर्ने अवस्था आएको हो । सरकारले प्रदेशभर एकै पटक अस्पताल भर्ना हुँदा ३०५ जनालाई मात्र व्यवस्थापन गर्न सक्ने गरी प्रबन्ध गरेको छ ।

विराटनगरमा थपिदै संक्रमित

विराटनगरमा थप २ सय क्षमताको आईसोलेसन बेड थप्ने तयारीसमेत थालिएको छ । समुदायस्तरमै कोरोना गएपछि भने विराटनगर महानगरपालिकाले कोरोना परीक्षणको दायरा फराकिलो बनाएको छ । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र उच्च ओहोदाका व्यक्तिसमेत संक्रमित भएका छन् ।

जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्की भन्छन्,“परीक्षणको दायरा फराकिलो भएसंगै दैनिक संक्रमित थपिदो छन् तर उनीहरुको उपचार र अस्पताल भर्नाको विषय भने कठिन हुँदै गएको छ ।” कार्कीले अस्पतालको क्षमता बिस्तार गर्नुको विकल्प नभएको र दैनिक २ सय जनाको पीसीआर परीक्षण गरिरहेको बताए ।

महानगरपालिकाले दैनिक ५ सय जनाको पिसिआर परीक्षण गर्न जोड दिई हेको छ । परीक्षणलाई वडा वडा र समुदायस्तरमा लैजाने महानगरको तयारी रहेको मेयर भीम पराजुलीले बताएका छन् । विराटनगरमा दैनिक औसत रुपमा १० देखि १५ जना संक्रमित थपिने क्रम शुरु भएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ११७१ जना पुगेको छ । कोरोनाबाट प्रदेश १ मा चार जनाको मृत्यु भईसकेको छ ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved