गाउँगाउँमा आफैँ पुगेर मन्त्रीले गरे मनोरोगीहरुको उद्धार

  • श्रावण २१, २०७७
  • आशिका लम्साल
alt

रामपुर /  झण्डा हल्याउदै एउटा गाडी कच्ची ग्रामिण भित्रि सडकमा गुडदै कटारी नगरपालिका १ को काली खोला गाउँमा पुग्यो । गाडीबाट ओर्लिएर प्रदेश १ का समाजिक विकास मन्त्री जिवन घिमिरे , प्रदेश सांसद कला घले अनि कटारी नगरपालिका उपप्रमुख भिमकुमारी राउतहरुको टोली खेतैखेत हिड्न थाल्यो । पछिपछि प्रहरी , पत्रकार , नगर रक्षक र अधिकारकर्मीको टोली पनि लाग्यो । गाउँलेहरु छक्क परे ! हन फेरि चुनावपो आयो किक्याहो , नेताहरु भोटमाग्न घर घर आए जस्तो पो छ तँ हँ? तर मन्त्री घिमिरेको टोलीले कसैसँग भोट मागेन । बरु सरासर खेतैखेत हिँडेर खोलाकिनारमा बाँसघारी भित्रबनाएको एउटा कठघरा (काठको खोर) उघार्यो । जब मन्त्री घिमिरले खोर भित्रको दृश्य देखे तब अनि भावुक हुदै पत्रकारहरुलाई भने , ‘लु तँपाइहरु सबैले पनि त्यो दृश्य हेर्नोस ।’

सोही क्षेत्रकी साँसदकला घले दृश्य देखेपछि गहभरि आँसु पारेर ‘थुक्क मैले सांसद भएर पनि केही सहयोग गर्न सकिनछु’ , भन्दै साडीको सप्कोले मुख छोपेर घुक्क घुकक रुन थालिन । दृश्य देखेर त्यहा पुगेका जनप्रतिनिधी , पत्रकार ,प्रहरी र अधिकारकर्मीहरु पनि तीन छक्क परे । किनभने त्यहो काठको खोर भित्र थुनिएर बसिरहेका थिए सर्बाङ नाङगो अवस्थाका ५७बर्षिय तर्कराजअधिकारी (खत्री) । मानसिक रोगी भएकोले उनका आफन्तले उनलाई १० बर्षदेखी दिनरात यसैगरि खोरमा थुनेर राखिरहेकाथिए ।

उनी खोरभित्र ल्याइदिएको खानाखान्थे ,दिसापिसवा गर्थे , टोलाउदै समय विताउँथे । उनको अवस्था हेरेर मन्त्री घिमिरेको निर्देशनमा बन्दितर्कराजलाई आफन्तले पुरानो लुगालगाइदिए । अनिखोरबाट निकालेर घरमाल्याए । वोल्न नसक्ने बौद्धिक अपार्ङंगता भएकातर्फले घरको पिँढीमा बसेर सबैलाई दुईहात जोडेर नमस्ते गरे । अनि उद्धार टोलीको आग्रहमा गाडीमा बसेर विराटनरमा रहेको मानव सेवाआश्रम जानका लागि हिँडे । तर्फकी दिदी कृष्णमाया बस्नेत र भाइ चेवनअधिकारीले घरमै सरकार आएर उद्धार गरिदिएको भन्दै हर्षविभोर हुदै मन्त्री घिमिरे र उद्धार टोलीलाई जम्लाहाताजोडेर विन्तिी गरे , ‘फोन नम्बर दिएर जानुहोला बेला बेलाहामीले पनि भेटेर हेर्न पाऔ । ’

उद्धार गरिएकाअन्य वेसहाराहरुसँगै तर्कलाई पनि गाडीमा लिएर टोली हिँडयो । गाउँका केटाकेटीहरु गाडीपछिपछिदुर्गदै भन्नथाले , ‘उ लाटो मामामोटर चढेर जानु भो ।’ यो दृश्यथियो यही साउन तेस्रो साताउदयपुरको कटारी नगरपालिका १ स्थित कालीखोलागाउँमा १६बर्षदेखीखोरमाथुनेर राखिएकामानसिक रोगीको उद्धार गर्दाखेरीको । त्यो दिन एकैचोटी उदयपुरको कटारी नगरपालिकाबाट १० जना सडकमाभौतारिने मानसिक रोगीहरुको प्रदेश १ सरकारको समाजिकविकास मन्त्रीजिवन घिमिरे , विराटनगर स्थित मानव सेवाआश्रमकाप्रतिनिधिहरुले कटारी नगरपालिकाको सहयोगमागाउँगाउँमापुगेर उद्धार गरेको थियो ।

उद्धारकालागि कटारी नपाप्रमुख ज्ञानेन्द्र श्रेष्ठ , उपमेयर भीमकुमार राउत , सांसद कला घले अनिअधिकारकर्मीहरुको टोलीविरामीहरु बसेको गाउँ र घरघर पुगेकाथिए । सडकमा भौतारिरहेका रामपुर / केहीविरामीलाई सम्झाएर उनिहरुको रुचिअनुसार पैसा र खानाको लोभ देखाएर गाडीमा बसाइएको थियो । केहीलाई प्रहरीको सहयोगमा नियन्त्रणमा लिएर गाडीमा हालिएको थियो । मन्त्रीव नेतृत्वको टोलीले कटारी बजारबाट सडकमा भौतारिने तीनपुरुष र दुई जनामहिलाको उद्धार गरेको थियो । यसैगरि कटारी ५ बाट एक गर्भवीबालिका र दुई पुरुषको उद्धार गरेको थियो । अनि कटारी १ कालिखोलाबाट १ पुरुष र वेलसोतबाट एक जनामहिलाको उद्धार गरेको थियो ।

उद्धार गरिएकाहरुमाकोहीप्रहरीमाजागिर खाननसकेर , कोही पढाईले गर्दा त कोही घरपरिवारको अवस्थाले कडा मनोरोगीबनेर सडकमा भौतारिन बाध्यभएकाथिए । उनीहरु सबैलाई शनिवार साँझ नै विराटनगर स्थित मानव सेवाआश्रमाल्याएर उपचार र संरक्षणकालागि राखिएको छ । एकैदिन१० जना सडकपेच्छित मानिशहरुको उद्धार गरेपछि समाजिकविकास मन्त्रीजिवन घिमिरले प्रदेशलाई सडक मानवमुक्त्तबनाउन सरकार लागिपरेको र आगामीपाँचबर्ष भित्रअभियान सफलबनाउने बताए ।

प्रदेश सांसद कला घलेले आफु सांसद भएर पनिगर्न नसकेको कामप्रदेश सरकार र नगरपालिकाको सहयोगमा सफलभएको भन्दै धन्यवाददिइन । कटारी नगरपालिकाप्रमख ज्ञानेन्द्र श्रेष्ठले प्रदेश सरकारको मन्त्रीआफै आएर गाउँगाउँ र बजार बजार पुगेर मनोरोगीहरुको उद्धार गरेको आफु हर्षित भएको बताए । उपप्रमुखभिमकुमार राउतले कडा खाले मानसिक रोगी र उनको परिवारले हदैसम्मदुखपाइरहेको बुझेर प्रदेश सरकारको सहयोगमा सबैलाई उद्धार गरेर मानव सेवाआश्रममाउपचार र संरक्षणकालागि पठाउन पाएकोमाखुसीव्यक्त्तगरिन ।

मानव सेवाआश्रमकीमहासचिव केसीले विस २०८४ सम्म देशलाई सडक मानवमुक्त्तबनाउने अभियानलाई सफलबनाउन स्थानियतह संघ र प्रदेश सरकारले सहयोग गरेकै कारण सफलहुदै गएको बताइन । उद्धार गरिएकाहरुलाई मानव सेवाआश्रममापारिवारिक वातावरणमा राख्ने गरिएको छ ।

आश्रमकाप्रदेश १ का संयोजकनवराज केसीकाअनुसार प्रदेश सरकार र स्थानियपालिकाहरुको सहयोगमाहालम्ममानव सेवाआश्रमले प्रदेश १ मा १सय ८ जनाको उद्धार गरिसकेको छ । उद्धार गरिएकामध्ये अहिले ६५ जनाआश्रमको ंसंरक्षणमा छन् । अन्यलाईउपचार पछि परिवारको जिम्मालगाईएको छ ।

u12 u8 u10

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved