इटहरीका सञ्चारकर्मीलाई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान

  • साउन २१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 इटहरी । कोरोना भाइरसको समयमा जोखिम मोलेर अग्रपङतिमा रहि जनतालाइ सु सुचित गराउने इटहरीका सकृिय सञ्चारकर्मिहरूलाइ बुधबार स्किल क्याम्पस र गोक्यो इन्टरनेशनल स्कुलले स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ ।   

कोरोना भाइरसका कारण गरिएको लकडाउनको अवस्थामा समेत जोखिमको समयमा जनतालाई सूचना सम्प्रेषणका लागि अग्रपंतिमा रहेर खटिने सञ्चारकर्मीहरुलाई जोखिम न्यूनीकरण होस् भन्ने उद्देश्यले सुरक्षा सामाग्री वितरण गरिएको हो ।

इटहरी क्षेत्रमा सक्रिय ३० जना सञ्चारकर्मीलाई झोला, सर्जिकल मास्क, एन ९५ मास्क, सेनिटाइजर, डायरी, कलम लगायत सञ्चारकर्मीलाई आवश्यक पर्ने सामाग्री वितरण गरिएको स्कील क्याम्पसका सीइओ पृथ्वी पराजुलीले जानकरी दिनुभयो ।

 यस्तै स्कील क्याम्पसले पत्रकार महासंघ सुनसरीलाई ५ लिटर सेनिटाइजर, एन ९५ मास्क १ सय थान र सर्जिकल मास्क समेत हस्तान्तरण गरेको छ । स्कील क्याम्पसले यसअघि इटहरी अस्पताललाई समेत सर्जिकल मास्क १ हजार थान, एन ९५ मास्क १ सय थान, सेनिटाइजर, पीपीइ लगायतका सुरक्षा सामाग्रीहरु हस्तान्तरण गरेको थियो । स्कील क्याम्पसले इटहरीमा रहेर विशेष गरि होटल म्यानेजमेन्टका कक्षाहरु सञ्चालन गर्दै आएको छ ।

नयाँ ब्यान्ड ‘समकाली ...

इटहरी/ नेपाली संगीत बजारमा नयाँ ब्यान्ड ‘समकालीन& ...

यूएन नवाेदयकलेजकी रु ...

धरान/ मोफसलकै चर्चित रियालिटी शो ‘एसईई आइडल सिजन& ...

वराहक्षेत्र नगरपालिक ...

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष ०८३/०८ ...

ब्राउन सुगरसहित दुई ...

धरान/  सुनसरीको रामधुनी नगरपालिका–५ लगुना चो ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved