वराहक्षेत्र नगरपालिकाको बजेट १ अर्ब ३ करोड स्वास्थ्य , शिक्षा कृषि, पर्यटन प्रवद्बन र पूर्वाधारमा जोड , " कोका नदिको जल ब्रान्डिङ्गसंगै मनोरेलको सम्भाव्यता अध्ययन गरिने

  • असार १०, २०८३
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष ०८३/०८४ का लागि १ अर्ब ३ करोड ४३ लाख ६६ हजार ८१ रुपैया बजेट प्रस्तुत गरेको छ । बुधवार नगरपालिकाले १८ औं नगर सभा मार्फत स्वास्थ्य , शिक्षा ,कृषि पर्यटन र पूर्वाधारमा जोड दिँदै नगर उपप्रमुख नन्दकुमारी सुनुवारले १ अर्ब ६ करोड ४३ लाख ६६ हजार ८१ रुपैया बजेट प्रस्तुत गरेकी हुन् ।

सभामा नगर प्रमुख रमेश कार्कीद्बारा प्रस्तुत नीति तथा कार्यक्रममा स्वास्थ्य , शिक्षा कृषि, पर्यटन प्रवद्बन र पूर्वाधारमा जोड दिएको छ । " 

प्राबिधिक शिक्षा , एआई प्रबिधि , शिक्षकहरुलाई प्रशिक्षण , दिघो भौतिक संरचना निर्माण , एम्बलेन्स र शव वाहन परिचालन र व्यवस्थापन लाई सूदृणीकरण गरि नगर क्षेत्र निशुल्क शव बाहान सेवा उपलब्ध गर्ने योजना निरन्तरता ,सुरक्षित मातृत्व एव प्रजनन स्वास्थ्य प्रवद्बन , प्रत्यक वडामा स्वास्थ्यकर्मीहरुको व्यवस्थापन सहित जेष्ठ नागरिकहरु तथा दिर्घरोगीहरुको घर घरमा पुगेर नियमित स्वास्थ्य जाँच , स्वास्थ्य सेवाको बिस्तार, नगरको जिम्मेवारी " भन्ने नाराका साथ सबै नागरिकमा गुणस्तरीय आधारभुत स्वास्थ्यको सेवा पहुँच सुनिश्चित गर्दै आधारभुत सेवालाई घरदैलौमा पुर्याउने पहल गरिने , आर्थिक रुपमा बिपन्न परिबारलाइ निशुल्क एम्बुलेन्स व्यवस्थापन गरिने छ । नसर्ने रोगको पहिचार तथा उपचारकालागि घुम्ति सिविर कार्यक्रम गरिनेछ । स्वास्थ्य शिबिर गरिने छ ।  

कोशी किनार क्षेत्रमा पर्यटकीय गतिबिधि प्रबद्बन , प्रदेश सरकारसंग समन्वय गरि कोका खोलाको पानीलाई ब्रान्डिङ्ग आवश्यक अध्ययन गुप्त वराहको पहुँच र प्रवर्धनकालागि मनोरेलको सम्भवना अध्ययनलाई नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

गर्भवती तथा सुत्केरी महिलाहरुको लागि एम्बुलेन्स खर्च बापत प्रदान हुँदै आएको सुत्केरी सुबिधालाई निरन्तरता दिईनेछ । 

स्वास्थ्य चौकीहरुमा रहेका प्रयोगशालाहरुको क्षमता बिकाश , बिद्यालय पुगेर बिद्यार्थीको आखा परिक्षण, जेष्ठ नागरिको घरमा पुगेर स्वास्थ्य परिक्षण गर्ने कार्यलाई निरन्तता दिईएको छ । स्वास्थ्य बिमालाई प्रभाबकारी बनाईने र आर्थिक रुपमा कमजोर परिबारको निशुल्क स्वास्थ्य बिमा कार्यक्रमलाई नीति कार्यक्रमा राखिएको छ ।

"बराहक्षेत्रको नगरपालिकाको ईच्छा छोरी , बुहारीलाइ शिक्षा" भन्ने नारा अगाडि बढाई स्नातक तहमा अध्ययन गर्ने छोरीलाई छात्रवृत्तिको व्यवस्थापन र प्राबिधिक शिक्षामा अध्यनरत गरिब तथा विपन्न अल्पसंङख्यक बिशेषगरि मुसहर र ऋषिदेव समुदायका छोरी , वुहारी बिद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्थापन गरिनेछ ।

अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी अवधारणा बमोजिम शिक्षालाई अगाडि बढाईने , उपचारात्मक कक्षा, अभिभाबक शिक्षा कार्यक्रम सञ्चालन , विज्ञान प्रबिधि शिक्षाको बिकाश , संस्कार सहितको गुणस्तरिय शिक्षा , समाजको मुल आधार हो भन्ने अवधारणालाई आत्मसाथ गर्ने , पढ्दै कमाउदै कार्यक्रम ल्याउने योजना अगाडि बढाईएको छ ।

कृषि र पर्यटन मार्फत रोजगारी सृजना गर्ने नगरपालिकाको लक्ष्य सहित स्वास्थ्य, शिक्षा, कृषि,पशुपन्छी बिकाश, पर्यटन, पुर्वाधार तथा भौतिक बिकाश , सामाजिक बिकाश, सामाजिक सेवा एव् सुशासन प्रवर्द्बन , वन वातावरण भुमि तथा भु संरक्षण , युवा तथा खेलकुद बिकाश , खानेपानि तथा सरसफाइ , सहकारी , रोजगारी , सीप बिकाश लाई निति तथा कार्यक्रममा प्रथामिकता दिईएर छ ।

नदि उकास जमिनामा सामुहिक खेति , अर्गानिक कृषि उत्पादनलाई पोत्साहन, कृषकलाई कृषि औजार अनुदान , सामुयिक किसिमको खेतिलाई पोत्साहन , कृषि बिमा कार्यक्रम , पौरखी किसानलाई सम्मान , पशुपालनमा नश्ल सुधार कार्यक्रम, दुध र दुग्धजन्य प्रबद्बन र बिविधिकरण, दुग्ध व्यवसायीसंग साझेदारी, माछापालन व्यवसाय प्रबद्बन, माहानारी नियन्त्रण र न्युनिकरण , पशुपन्क्षि चिकित्सा सेवा व्यवस्थापन , कृतिक गर्भाधारण पोत्साहन निशुल्क गर्भाधारण सेवा सञ्चालन , भेटनरी अस्पताल निर्माण , पशुपन्छी महामारी जन्य रोगहरु फैलिएमा पशु सेवा बिज्ञको रेस्पोन्स टिम बनाईनेछ ।

नगरपालिकालागि पर्यटक पर्वद्बन गर्न धार्मिक तथा एैतिहासिक सम्पदाको संरक्षण , प्रवद्बन तथा प्रचार प्रसार गरि पर्यापर्यटनहरुलाई जोड दिईने छ ।

पर्यटकीय पदमार्ग ( मुन्दुम ट्रेल ) को प्रवद्बन, कोशी पर्यटन बर्षलाई सफल बनाउन धरतीको पहिलो तिर्थ वराहक्षेत्र जाऔं , रमणीय कोशी, कुम्भ क्षेत्रको प्रबद्बन , वराहक्षेत्र, धरान र इटहरीलाई धार्मिक सर्किटको रुपमा जोड दिईने छ । श्रीलंका टप्पुमा होम स्टे कार्यक्रम सञ्चालन गरिनेछ । कोशी किनार क्षेत्रमा पर्यकीय गतिबिधिलाई बढाउन सम्भाव्यता अध्ययन तथा पुर्वाधार बिकासकोलागि आवश्यक पहल गरिनेछ ।

एैतिहासिक , पुरातात्विक स्थल तथा पर्यटन क्षेत्रको संरक्षण सबर्द्बन , वराहक्षेत्र मन्दिर परिसरमा सञ्चालन होटललाई पर्यटन मैत्रि बनाउन आतिथ्यता सम्बन्धी तालिम , 

पर्यटन विकाशको लागि रामधुनी, चतरा, वराहक्षेत्र, सुर्यकुण्ड र धरान मिलाएर धार्मिक पर्यटकीय सर्किट निर्माण गर्ने लक्ष्य राखिएको छ । पर्यकीय क्षेत्रको बिकाशमा चतरा स्थित कोशी किनारमा सन्ध्या आरति सुरु गरिनेछ । सहकारी संस्थाको अनुगमन , नियमनलाइ प्रभाबकारी बनाईनेछ । बजार अनुगमनलाई प्रभाबकारी बनाइने । अव्यवस्थित बसोबासी, सुकुम्वासी र भुमिहिन दलितलाई लालपुर्जा बितरण गर्न पहल गरिने छ । कोसी कटान र जङ्गली जनावर नियन्त्रण गर्ने देखी अव्यवस्थित बसोबास समाधान लगाएका कार्यक्रमलाई नीति तथा कार्यक्रममा समावेश गरिएको छ । 

नगरपालिकाबाट भुमि प्रशासन सेबा सुरु , संचालित योजना अधुरा तथा क्रमागत आयोजनलाई प्रथामिकता दिईनेछ । सहरी तथा ग्रामिण क्षेत्रमा सडक तथा यातायातको बहुँज बिस्तार गरिनेछ । सभामा स्वास्थ्य , शिक्षा, कृषि , पर्यटन , भौतिक पुर्वाधार सहित सामाजिक विकाश सम्बन्धी , सार्वजनिक सेवा एमं सुशासन प्रवर्द्बन सम्बन्धि , पशुपन्छि बिकाश सम्बन्धी, सहकारी, बजार व्यवस्थापन , भौतिक बिकाश , राजश्ब परिचालन एवं स्रोत अभिबृद्बि संम्बन्धी , सामाजिक बिकास संम्बन्धी , सार्वजनिक सेवा एवं सुशासन प्रवर्द्बन सम्बन्धि , बन , वातावरण भुमि भु:संरक्षण सम्बन्धि , युवा तथा खेलकुद बिकाश र खानेपानी तथा सरसफाई सम्बन्धी योजनाहरु नगर प्रमुख रमेश कार्कीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

सभामा नगर प्रमुख कार्कीले प्रस्तुत गरेको नीति कार्यक्रम, उप-प्रमुखले प्रस्तुत गरेको बजेट तथा कार्यक्रम , आर्थिक बिकाश समितिका संयोजक तेजबहादुर गुरुङ्गले सभामा पेश गरेको वराहक्षेत्र नगरपालिकाको आर्थिक विधेक - २०८३ र वराहक्षेत्र नगरपालिकाको बिनियोजन विधेयक - २०८३ सम्बन्धी बिधेकमाथि बिहिबाट छलफल गरिने छ ।

नगर सभाको उद्घाटन सभारोहमा ११ जना जेष्ठनागरिकहरु , कृषि सहकारि , खेलाडी, पत्रकार , शिक्षक, कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । सभाको उद्घाटन समारोहमा प्रमुख अतिथि कोशी प्रदेश सरकारका सामाजिक बिकाश मन्त्री माननीय राम प्रसाद मेहता रहेका थिए । सभामा विशिष्ट अतिथि कोशी प्रदेश सरकारका पुर्व मन्त्री माननीय सदान्नद मण्डल , कोशी प्रदेश सभा सदस्य माननीय ममता तामाङ्ग रहेका थिए ।

राजनैतिक दलका अध्यक्ष तथा प्रतिनिधिहरु, संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । प्रमुख प्रशाकीय अधिकृत राधिका गिरिले स्वागत मनत्वय राखेको समारोहको सञ्चालन नगरपालिकाका सुचना प्रविधि अधिकृत पुकार पोखरेले गरेका थिए ।

यस्तो छ बजेट ......

आर्थिक वर्ष ०८३ /०८४ को लागि नगरपालिकाले आन्तरिक आय ५ करोड १४ लाख ८१ हजार अनुमान गरेको छ । नगरपालिकाको सबैभन्दा ठुलो आम्दानीको श्रोतमा सङ्घीय सरकारबाट आउने सशर्त अनुदानलाई राखिएको छ । ४८ करोड २८ लाख( चालु तथा पुँजिगत समेत) सशर्त अनुदान र १९ करोड ५५ लाख वित्तीय समानिकरण अनुदान ( संघ) को आधारमा बजेट तर्जुमा गरिएको छ ।

सङ्घबाट हुने राजस्व वाडफाँडमा १६ करोड ५५ लाख ४३ हजार आम्दानी हुने अनुमान गरिएको छ । यस्तै समपुरक अनुदान संघबाट १ करोड ८९ लाख , प्रदेशबाट सशर्त अनुदान ( चालु तथा पुँजीगत समेत) ३ करोड ५१ लाख ८४ हजार, प्रदेश राजश्ब बाँडफाडँ १ करोड २३ लाख ८८ हजार ८१ रुपैया, विशेष अनुदान संघ १ करोड ६४ लाख, समपुरक अनुदान प्रदेशबाट ८० लाख , बित्तिय समानिकरण अनुदार प्रदेशबाट १ करोड ८१ लाख ७० , स्थानिय राजस्व बाँडफाँड ( घरजंग्गा रजिष्ट्रेशन ) ३ करोड , गरि कुल १ अर्ब ३ करोड लाख ४३ हजार ६६ सय ८१ रुपैया आय अनुमान गरेको छ ।

 त्यस्तै खर्च तर्फ चालु खर्च १७ करोड २० लाख , वडा कार्यालय ( पुँजिगत ) ११ करोड, पुँजीगत बजेट ( नगर तर्फ) १९ करोड ९ लाख ९८ हजार ८१ रुपैया , संघिय सशर्त अनुदान (चालु र पुँजीगत समेत ) ४८ करोड २८ लाख, प्रदेश सशर्त अनुदान (चालु र पुँजीगत समेत ) ३ करोड ५१ लाख ८४ हजार, समपुरक अनुदान (प्रदेश ) ८० लाख , समपुरक अनुदान (संघ) १ करोड ८९ लाख , विशेष अनुदान ( संघ) ७५ लाख गरि कुल १ अर्ब ३ करोड ४३ लाख ६६ हजार ३ सय ८१ रुपैया रहेको छ ।

नयाँ ब्यान्ड ‘समकाली ...

इटहरी/ नेपाली संगीत बजारमा नयाँ ब्यान्ड ‘समकालीन& ...

यूएन नवाेदयकलेजकी रु ...

धरान/ मोफसलकै चर्चित रियालिटी शो ‘एसईई आइडल सिजन& ...

ब्राउन सुगरसहित दुई ...

धरान/  सुनसरीको रामधुनी नगरपालिका–५ लगुना चो ...

यातायात व्यवस्था कार ...

  काठमाण्डौं/ सवारी साधनको कागजात नविकरण गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved