सुनसरी जिल्लामा २६ गते सम्म निषेधाज्ञा घोषणा (विज्ञप्ति सहित)

  • साउन २१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । समुदाय स्तरमै कोरोना संक्रमण फैलिन थाले पछि सुनसरीको जिल्ला सुरक्षा समितीको बैठकले साउन २६ गते सम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा बुधबार बसेको बैठकले राती १२ बजे देखि साउन २६ गते राती १२ सम्मको लागि निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञाभर बजार, पसल, यातायातका साधन पूर्णरुपमा बन्द हुने र सर्वसाधारणलाई समेत घरबाट बाहिर हिँडडुल गर्न प्रतिबन्ध लगाइएको छ । सुनसरीका इटहरी, इनरुवा, दुहबीले मंगलबार राती देखि नै लकडाउन घोषणा गरिसकेका छन् भने धरानले बुधबार राती देखि लकडाउन शुरु गर्ने निर्णय गरेको थियो । स्थानीय तहले घोषणा गरेको लकडाउनलाई अझ कडा बनाउन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

सुनसरीको धरान, इटहरी, दुहबी, इनरुवा लगायतका स्थानमा कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गए पछि जिल्लावासीलाई कोरोनाबाट सुरक्षित बनाउन निषेधाज्ञा जारी गरेको जनाइएको छ ।

 sunsari 1

 

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

धरान सहित कोशीमा जमि ...

सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved