हिले लेगुवा सडक खण्ड निर्माण कार्यमा लापवार्ही

  • श्रावण २१, २०७७
  • सन्तोष रुचाल
alt

धनकुटा / राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोकमार्ग अन्तर्गत हिले लेगुवा सडक खण्ड निर्माण कार्य निर्माण व्यवसायीको लापरवाहीको कारण ढिलो भएको जनाईएको छ ।

पाख्रीवासबाट निर्वाचित भएका स्थानीय जनप्रतिनिधिहरु सहितको भेला मार्फत पत्रकार सम्मेलन गर्दै प्रतिनिधिसभाका सदस्य राजेन्द्र राई निर्माण कम्पनीको चरम लापरवाहीका कारण सडक निर्माण कार्य ढिलो भई नागरिकहरुले दुःख पाएको बताएका छन् । उनले पटक–पटक सडक निर्माणको जिम्मा लिएको निर्माण व्यवसायीसँग काम छिटो सक्न छलफलमा बसेको भएपनि काम नभएको र ठेकेदार भागेको भन्दै अब यो टेण्डर तोडेर अर्को टेण्डर आह्वानको विकल्प नरहेको पनि सांसद राईले बताए । जिल्ला समन्वय समितिका संयोजक टंक बहादुर चुवानले जनताको आधारभूत सेवा लिन पाउने अधिकारलाई राज्यले प्रत्याभूत हुने गरी सेवा दिनु पर्ने बताए । कामको जिम्मा लिएका संस्था वा व्यक्तिले कानुन अनुसार काम गर्नुपर्ने र यदि नभए राज्यले कारवाही गर्ने बताए ।

यता पाख्रीवास नगरपालिकाका प्रमुख वृष बहादुर राईले आफुहरुले पटक–पटक सडक निर्माणको काम सक्न पहल गरेपनि काम नभएर जनताले सास्ती खेप्नु परेको भन्दै विधि र प्रक्रिया पु¥याएर अर्को टेण्डर आह्वान गर्न आवश्यक रहेको बताए । अहिले नगरले यो सडक निर्माणको जिम्मा पाएको कम्पनीसँग व्याकुलोडर नभएको हुँदा नगरले उपलव्ध गराएर सहयोग गरिरहेको पनि बताए । हिले–पञ्चे र पञ्चे–लेगुवा २६ किलो मीटर सडक निर्माणको काम कञ्चनजंघा कन्स्ट्रक्सन र निर्माण व्यवसायी रौताहा सन्तोषी विरुवाले २०७५ साल फागुन २२ मा सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । उक्त सडकको काम अहिलेसम्म ६५ प्रतिशत मात्र भएको जनाईएको छ ।

उक्त सडकको हिले पञ्चे १३ किलो मीटर निर्माणका लागि ३८ करोड २३ लाख २४ हजार ४ सय ६६ रुपैयाँ र पञ्चे लेगुवा १३ किलो मीटरको लागि ३८ करोड २ लाख ३८ हजार ५७ रुपैयाँमा सम्झौता भएको भएपनि ती निर्माण कम्पनिले अहिले सम्म क्रमशः २८ करोड २८ लाख ६६ हजार १ सय ५५ रुपैयाँ ५९ पैसा र १८ करोड ६७ लाख १८ हजार ७ सय ६१ रुपैयाँ ७६ पैसा भुक्तानी लिई सकेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । निर्माण सम्पन्न नहुदाँ हिलाम्मे सडकका कारण हिले–पाख्रीवास सडक करिब ५ किलो मीटर सडक पार गर्न पनि घण्टौं लाग्ने गरेको छ ।pakhribhas

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved