ईटहरी/ सरकारले कोरोना भाइरसको बहनामा भ्रष्टाचार गरेको भन्दै ईटहरी २० तरहराका युवाहरुले शान्तिपूर्ण रुपमा प्रदर्शन गरेका छन् उनीहरुले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको नेपाल भित्र रहेका क्वारिटिन व्यवस्थित बनाउनु पर्ने, विदेशबाट फर्किएका नागरिकलाइ सम्मान सहित ल्याइनु पर्ने, स्वास्थ्यकर्मिलाइ भरपर्दो र गुणस्तरीय पिपिइ प्रदान गर्नुपर्ने, कोरोना परिक्षणलाइ गुणस्तर बनाइनु पर्ने जस्ता माग राखेकाका प्लेकार्ड हातमा लिएर प्रदर्शन गरेका हुन् । तरहरास्थित सगरमाथा खेल मैदानमा आयोजित शान्तिपूर्ण विरोध कार्यक्रममा सयौंका संख्यामा युवाहरुको सहभागिता रहेको थियो ।
काठमाडौं/ सामान्यतयाः १० जुनमा नेपालको पूर्वी भागबाट मनसुन प्रवेश गर्दछ । तर यस वर्ष दुई दिन ढिलो अर्थात् १२ जुनदेखि मनसुन नेपाल प्रवेश गरेको छ । पूर्वी नेपालबाट भित्रिएको मनसुन विस्तारै देशभर फैलिँदै जाने छ ।नेपालमा मनसुन भित्रिएको छ । अब पानी पर्ने क्रम बढ्ने हुँदा आवश्यक सतर्कता अपनाउन र पूर्वतयारीमा लाग्न जल तथा मौसम विज्ञान विभागले सबैलाई अनुरोध गरेको छ । पूर्वबाट पश्चिम सर्ने क्रममा छ । सामान्यता ५ देखि ७ दिनभित्र मनसुन देशभर फैलिन्छ ।’ गत वर्ष नेपालमा १० दिन ढिलो अर्थात् ५ असार ९२० जुन० मा मनसुन भित्रिएर असोज २५ मा बाहिरिएको थियो । नेपालबाट मनसुन बाहिरिने सामान्य मिति भनेक
काठमाडौं/विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९ )को कारण विश्वका हेरक क्षेत्र प्रभावित भएका छन् । कोरोनाको प्रकोप कम तथा नियन्त्रण गर्न जारी गरेको लकडायनको कारण सबै क्षेत्र बन्द रहेका छन् । यसको प्रत्यक्ष प्रभाव विद्यार्थीहरुमा पनि परेको छ । लकडाउनका कारण विद्यालय जानबाट बञ्चित भएका विद्यार्थीहरुका लागि सरकारले असार १ गतेबाट रेडियो र टिभीबाट कक्षा सञ्चालन गर्ने भएको छ । सरकारले एफएम, टिभी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमार्फत पढाउन सुरु गर्ने तयारी थालेको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा. तुलसीप्रसाद थपलियाले टेलिभिजनमा कक्षा एकदेखि आठ कक्षासम
इनरुवा । सुनसरीको इनरुवा नगरपालिकामा भिषड आगलगाी भएको छ । बिहान हनुमान बस्त्रालयबाट शुरु भएको आगो नियन्त्राणमा लिने प्रयास भई रहेको छ । आगालागीबाट चार पशलसहित विराटनगर मुख्य कार्यालय रहेको सिर्जना फाइनान्सको इनरुवा शाखामा समेत क्षति पुगेको छ । घटनास्थलमै रहेका इनरुवाका पत्रकार इकवाल आलमका अनुसार आगोको लप्कासंगै उठेको धुँवाका कारण इनरुवा बजार पुरै छोपिए छ । नियन्त्रणका लागि इटहरी र धरान क्षेत्रबाट समेत दमकल इनरुवा पुगेका छन् । बिहान ५ बजे अचानक आगो शुरु भएको थियो । बस्त्रालयबाट अचानक आगलागी शुरु भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आगलागीको कारण खुल्न सकेको छैन । तर
धरान । लिपुलेक र लिम्पियाधुरा सहितको नेपालको नयाँ नक्सा संविधान संशोधन गरेर बैधानिकता दिएको खुशियाली मा धरानमा दिप प्रज्वलन गरिएको छ । नेपाल कम्युनिस्ट पार्टीको भातृ सङ्गठन युवा संघ र बिध्यर्थी संगठन ले सन्युक्त रुपमा दिप प्रज्वलन गरेका हुन् । धरानको भानुचोकमा नेपालको झन्डा बनाएर मैनबत्ती बाल्दै सरकारले गरेको सम्बिधान सन्सोधन स्वागतयोग्य रहेको युवा नेताहरु ले बताए । कार्यक्रममा नेकपा धरान अध्यक्ष नारायण सुबेदिले देश को सिमा मिचिए नेपाली जनताले कुनै पनि हालतमा सहेर नबस्ने बताए । युवा संघका नेताहरु बिनोद राई, हरि लिम्बु, बिध्यार्थी नेता खेम रनपहेली, आर्यन वाग्लेले अरु को सिमा पनि चाहिन्दैन ह
धरान । राष्ट्रिय दलित पत्रकार संघ नेपालले तयार गरेको रुकुम पश्चिम चौरजहारी हत्याकाण्डको प्रारम्भिक प्रतिबेदन धरानमा पनि सार्बजनिक गरेको छ । संघ को सुनसरी शाखाले धरानको भानुचोकमा प्रतिबेदन सार्बजनिक गरेको हो । संघ को केन्द्रिय उपाध्यक्ष गोपाल बराइलिको सन्योजकत्वमा घटनाको स्थलगत अध्ययन गरेको थियो । जेठ १० गते रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ मा भएको घटना जातीयताकै कारण सुनियोजित तरिकाले भएको राष्ट्रिय दलित पत्रकार संघ, नेपाल को ठहर रहेको छ । सुनसरी शाखा का अध्यक्ष दिनेश गजमेरको सभापतित्वमा भएको कार्यक्रम मा ७ पृष्ठ लामो प्रतिवेदनलाई राष्ट्रिय दलित पत्रकार संघ नेपाल प्रदेश १ का सचिव रणध्व
कोरोना (कोभिड–१९) को कारण गत चैत्र ११ गतेदेखि लकडाउन भई सम्पूर्ण व्यवसायहरु बन्द रहेको अवधिमा उद्योग÷व्यवसाय संचालन गरेको स्थानको घर बहालका सम्बन्धमा सुनसरी उद्योग वाणिज्य संघले सहजिकरण गर्ने निर्णय गरेको छ । सोही अनुरुप २०७७ साल जेष्ठ ३० गते बसेको संघको कार्यसमितिको बैठकबाट संघका द्वितीय उपाध्यक्ष अनिल कुमार अग्रवालको संयोजकत्वमा घर बहाल समस्या समाधान समितिको गठन भएको छ । संघका महासचिव राजेश अग्रवालका अनुसार सो समितिले व्यवसायी र घरधनीका बिचमा मध्यस्थकर्ताको भूमिका खेल्ने तथा घरभाडा छुट दिने घर धनीहरुलाई सम्मान समेत गरिने महासचिव अग्रवालले बताएका छन् ।
धरान/ सुनसरी उद्योग वाणिज्य संघले व्यवसायीहरुको कोरोना बीमा निःशुल्क गरिदिने भएको छ । हाल नेपालमा दु्रत गतिमा कोरोनाको बिरामीहरु बढिरहेको अवस्थामा व्यवसायीहरुको स्वास्थ्यलाई मध्य नजर गर्दै संघले यस्तो निर्णय गरेको हो । संघको कार्यसमितिको बैठकबाट भएको निर्णय अनुसार संघका सदस्य भएका व्यवसायीहरुले २०७७ आषाढ २० गतेसम्म सदस्य नविकरण गरेमा रु. ५० हजार बराबरको कोरोना बीमा निःशुल्क गरिदिने भएको हो । यस कार्यको लागि संघले कार्यसमिति सदस्य अनिल ताम्राकारको संयोजकत्वमा बीमा उपसमिति समेत गठन गरिसकेको छ । संघका कार्यसमिति विष्णु बरालका अनुसार यदि व्यवसायीहरुको पीसिआर टेष्टमा कोभिड–१९ को रिपोर्ट पो
काठमाडौं/ भारतले अतिक्रमण गरेको निपाली भुभाग सहितको अद्यावधिक नक्सालाई नेपालको संविधानको अनुसुचीमा राख्ने ‘नेपालको संविधान संशोधन (दोस्रो संशोधन) विधेयक’ प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित भएको छ । शनिबार बसेको प्रतिनिधिसभाको बैठकले उक्त विधेयक दुई तिहाई भन्दा बढी मतले पारित गरेको हो । गत जेठ जेठ ५ गते नै मन्त्रिपरिषद्ल नेपालको उक्त भूभाग समेटेर अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्ने निर्णय गरेपछि भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले जेठ ७ गते अद्यावधिक नक्सा सार्वजनिक गरेको थियो । संविधान संशोधन विधेयक पारित गर्दा मतदान प्रक्रियामार्फत्
काठमाडौं / नेपालमा आज थप २७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २७३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । संक्रमितहरुमध्ये ४ हजार ९ सय ४९ जना पुरुष र ३ सय ८६ जना महिला छन । नेपालमा कोरोना संक्रमण भएका थप २ जना व्यक्तिको मृत्यु भएको छ । गत बुधबार र शुक्रबार वीरगञ्जमा मृत्यु भएका दुई जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुस