तासको खालबाट नगद सहित ९ जना पक्राउ

  • कार्तिक २५, २०७७
  • कोशीपत्र/संवाददाता
alt

धरान । चाडपर्वको समयमा जुवातास खेलिरहेको अवश्थामा प्रहरीले छापा मार्दै पक्राउ गर्ने अभियानलाई तिब्रता दिएको छ । केही दिन अघि मोरङको केराबारीमा तास खेल्दै गरेको अवश्थामा ठुलो समुहलाई पक्राउ गरेको थियो । पुनः प्रहरीले दुहबी नगरपालिकामा तास खेलिरहेको अवश्थामा ९ जनाको समुहलाई पक्राउ गरेको छ ।

प्रहरीले सुनसरीको दुहबीबाट तास खेलिरहेका अवश्थामा ९ जनालाई पक्राउ गरेको हो । दुहबी नगरपािलका ३ स्थित आलम हुसेनको काठ फर्निचरको कोठामा तास खेलिरहेका अवश्थामा उनीहरुलाई सोमबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा दुहबी ३ का ३४ बर्षीय अनिश सिंह, ४२ बर्षीय संसद मिया, ३६ बर्षीय मंगल साह, ३६ बर्षीय टेकबहादुर गिरी, ३८ बर्षीय आलम अन्सारी, ३४ बर्षीय दिपक अकेला रहेका छन् । यस्तै, ५२ बर्षीय मो.मोक्तार, ४५ बर्षीय मो.हजरत मिया र ४४ बर्षीय सन्तोष बराल रहेका छन् ।

तास, जुवा खेलिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले फर्निचरको कोठामा छापा मारेको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी निरीक्षक घनेन्द्र हाङ खजुमको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरुको साथबाट ७७ हजार ७ सय १० रुपैया र ३ बुङ तास पनि वरामद भएको प्रहरी कार्यालयले जानकारी दिएको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय सुनसरीबाट ७ दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

इलाम २ मा ६० प्रतिशत ...

इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाच ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved