धरान । भारतबाट भन्सार छली गरि ल्याएको २६ बोरो चिनि सहित इलाका प्रहरी कार्यालय पकलीको टोलिले एक टाटाको पिकअप फेला पारेको छ ।
सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ३ का रोकी राखेको अवश्थामा प्रदेश ३–०१–०२३ च ५९३८ नम्बरको टाटाको योद्धा पिकअपमा चेकजाँच गर्दा २६ बोरा चिनी फेला पारेको छ ।
चिनि भारतबाट भन्सार छली अवैध रुपमा ल्याएको हुन सक्ने आशंका गरिएको छ । कुल १ हजार २ सय ९० किलोग्राम चिनि र पिकअप पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पिकअपको १५ लाख रुपैया र चिनिको ६४ हजार ५ सय रुपैया अनुमान गरिएको छ । बरामद सामग्री आवश्यक कारवाहीको लागि सुनसरी भन्सार कार्यालय सेतुबन्धुकोशी ब्यारेज पठाइएको जनाएको छ ।