विद्यालय परिसरमै होटल रेष्टुरेन्ट,सुर्तीजन्य पदार्थको कुलतमा विद्यार्थी

  • कार्तिक २६, २०७७
  • कोशीपत्र/संवाददाता
alt

धरान सूर्तीजन्य पदार्थ ऐन २०६८ अनुसार सरकारी कार्यालय, शैक्षिक संस्था, सार्वजनिक स्थल, स्वास्थ्य संस्था लगायतका क्षेत्रको एकसय मिटर वरपर सूर्तीजन्य पदार्थ बिक्री वितरण र सेवन गर्न निषेध गरिएको छ । तर धरानमा भने अधिकांश विद्यालय वरिपरि होटल, रेष्टुरेन्ट, विभिन्न किराना पसलहरु संचालनमा छन् । कतिपय विद्यालय ले भाडामा दिएका पसलहरुमा खुलेआम सुर्ति जन्य पदार्थहरु बिक्रि वितरण गरिरहेका छन् ।

विद्यालय परिसरमा खुलेआम बिक्रि वितरण भईरहेका मादक पदार्थ, सुर्तिजन्य पदार्थहरु बिक्रि वितरण भईरहँदा सम्बन्धित निकायले कारवाही गर्न नसक्दा विद्यार्थीहरु कुलतमा फस्दै गएका छन् । सरकारले ऐन नै लागु गरे पनि स्थानीय निकायको अनुगमन शुन्य छ । जसले गर्दा विद्यालय परिशरमा खुलेआम सुर्तिजन्य पदार्थहरु बिक्रि हुने गरेका छन् ।

स्कुल वरिपरि मदिरा, चुरोटजस्ता वस्तु बिक्री गर्नेलाई कारबाही गर्न नसकेका कारण स्कुले नानीहरू कुलतमा फस्दैछन् । यसअघि पनि पटक–पटक कुरा नउठेको होइन तर कार्यान्वयन भएको नै छैन । सार्वजनिक स्थानमा धूमपान गर्नेलाई सय रूपैयाँ जरिवाना समेत तोकिएको छ । तर स्कुल वरिपरि नै सुर्तीजन्य पदार्थ सेवन गर्ने बढेकै छन् ।

ऐन अनुसार शैक्षिक, सामाजिक, सांस्कृतिक संस्थालाई माध्यम बनाई नाबालकलाई लागूऔषध बेचबिखन, सेवन, ओसार–पसार तथा सञ्चय गर्नेलाई १५ वर्षदेखि जन्मकैद सम्मको सजाय वा ५ लाखदेखि १५ लाख रूपैयाँसम्म जरिवाना तोकेको छ । तर कार्यान्वयनको पाटो अहिलेसम्म पनि फितलो नै छ । साँच्चै भन्ने हो भने अहिलेसम्म कहीँकतै कारबाही गरिएको सुनिएको छैन भन्दा पनि हुन्छ ।
सामान्य मद्यपान तथा धुम्रपानको सेवनबाट शुरु हुने कुलतको संगतले विद्यार्थीहरुलाई लागुपदार्थको दुव्र्यसनी तर्फ धकेल्दै गएको छ । विशेष गरि माध्यमिक तहका विद्यार्थीहरु कुलतमा फस्ने गरेका छन् । विद्यालय टिफिनको टाईममा होटलहरुमा सुर्तिजन्य पदार्थ सेवन गरेको भेटिने गरेका एक शिक्षक बताउँछन् । उनले भने, ‘उनीहरुको साथ १५÷२० रुपैया हुन्छ, त्यसले आउने चुरोट लगायतका पदार्थहरु सेवन गर्छन, बिस्तारै लागुपदार्थको दुव्र्यसनी तर्फ धकेल्छ ।’ सुर्तिजन्य पदार्थको सेवन गरि कक्षाकोठामा आउँदा वातावरण पनि नराम्रो हुने विद्यार्थीको पढाईमा पनि ह्रास आउने उनको भनाई छ ।

विद्यालय सँगैको तरकारी बजार, आसपासमा पाइलैपिच्छे मदिरा र चुरोट पसल छन् । त्यहाँ विद्यार्थी पनि जाने गर्छन् र साथीभाइको संगतसँगै लागुपदार्थको कुलत बढ्न थालेको छ । स्कुल परिसरमा चुरोट, जस्ता लागुपदार्थको बिक्रि वितरण तथा सेवनलाई नियन्त्रण गर्न अझै नसकिएको स्थानीय खेमराज दाहाल बताउँछन् । उनले भने, ‘निति बनेको छ तर कार्यान्यवन गर्न सकेको छैन, यसलाई नियन्त्रण गर्ने काम प्रहरीको हो तर विद्यालय प्रहरी संम्म उजुरी गर्न नजाँदा निति कार्यान्यवन हुन सकेको छैन् ।’

स्थानीय निकायको निर्वाचन संगै गुणस्तरिय शिक्षा, समाजमा शिक्षामैत्री वातावरण तयार गर्न स्थानीय सरकारले अधिकार पाएको छ । तसर्थ धरानमा विद्यार्थीहरुमा बढ्दै गएको विकृति रोक्न स्थानीय सरकारको ध्यानकर्षण भएको छ तर कार्यान्यवनमा भने खासै चासो देखाएको छैन् । व्यवसाय संचालन गर्न रोक्ने नसके पनि विद्यालय परिसरमा धुम्रपान, मद्यपानको बिक्रिवितरणमा रोक लगाउने अभियान संचालन गरिने स्थानीयको भनाई छ ।

विद्यार्थी लागूऔषध कुलतमा नपरुन् भनेर स्कुल स्कुलमा लागूऔषध सचेतना कार्यक्रमको जरुरी छ । यसले विद्यार्थीको आचरण सुधार्न सहयोग गर्छ । बालबालिकालाई कुलतबाट जोगाउन विद्यालयले पनि सतर्कता अपनाउनु आजको आवश्यकता हो ।

प्रहरी प्रशासन, स्कुल प्रशासन साथै अभिभावकले यस विषयमा आवाज उठाएर यस्ता कार्यक्रम चलाए फलदायी अवश्य छ । छोराछोरीको उज्वल भविष्यबारे नसोच्ने अभिभावक कमै होलान् तर पनि अहिले बालबालिकालाई विद्यालयमा पठाएर ढुक्क हुने अभिभावक यही समाजमै छन् । छोराछोरी कुलतमा लागिसक्दा पनि अभिभावकले थाहा नपाउनु ठूलो कमजोरी हो, यसका लागि अभिभावक पनि चनाखो बन्नुपर्दछ । अभिभावकले पनि सचेतना अपनाउन जरुरी छ ।

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

इलाम २ मा ६० प्रतिशत ...

इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाच ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved