कोरोना कहरबिच ५ हजार राजावादी सडकमा निस्कने,प्रहरीलाई हाइ अलर्ट रहन निर्देशन

  • कार्तिक २६, २०७७
  • "तेजबहादुर बन"
alt फाईल फोटो

इटहरी । कोरोना संक्रमणको जोखिम उत्तिकै रहेको र मानविय क्षती समेत बढिरहेको अवस्थामा सरकारले कुनै पनि जिल्लामा भिडभाड हुने त्यस्तो कार्यक्रम नगर्न निर्देशन दिइरहेको बेला आगामि कार्तिक २७ गते प्रदेश एक अन्तरगत मोरङको बिराटनगरमा ५ हजार राजावादिहरू सडकमा निकाल्ने तयारी भएको छ ।

लोकतन्त्र स्थापना पश्चात देश संघियतामा गएपनि कुनै परिर्वतन नभएको , नेताहरूको राजनीतिले राष्ट्र र जनता प्रत्यक्ष मारमा परेको भन्दै मुलुकमा राजसंस्था ब्युताउन राजावादिहरूले आगामि कार्तिक २७ गते बिराटनगरमा बिशाल मोटरसाइकल र्यालीको आयोजना गरेका छन ।

र्यालीको बिषयमा राजावादिहरूले मंगलबार सुनसरीको इटहरी , मोरङको बिराटनगर , उर्लावारी लगायतका शहरहरूमा माइकिङ र प्रचार प्रसारलाइ समेत तिब्रता दिएका छन । २७ गते हुने भनिएको मोटरसाइकल र्यालीमा ५ हजार राजावादिहरू सडकमा निस्कने भएका छन । र्यालीलाइ भित्रिरूपमा शिव सेना नेपालले नेतृत्व गर्ने भनिएपनि आधिकारीक पुस्टि भएको छैन ।

लामो समयदेखि देशमा राजसंस्था पुनःस्थापनाकालागि सरकार बिरूद्ध बिभिन्न कार्यक्रमहरू गर्दै आएको शिव सेना नेपालका केन्द्रीय सदस्य सुरज कडेलका अनुसार यार्लीमा संगठनको पनि सहभागिता रहने तर नेतृत्व भने देशभक्त जनता आफैले गर्ने जनाए । उक्त र्यालीमा ५ हजार देश भक्त जनताहरू स्वतफुर्त सडकमा उत्रने उनले बताए ।

राजनीति बिवाद र नेताहरूको खिचातानीका कारण देशको अस्तित्व नै संकटमा परेकोले अब राष्ट्रलाइ हाक्ने राजा आवस्यक परेको भन्दै २७ गते सरकारलाइ बिरोध स्वोरूप र राजसंस्थालाइ पुनः जगाउने उद्येश्यका साथ बिशाल मोटरसाइकल र्यालीको आयोजना गर्न लागिएको शिव सेना नेपालका केन्द्रीय नेता बिक्रम पाण्डेले बताए ।

उनले र्यालीमा संगठनले स्वयम सेवकको भुमिका मात्र निर्वाह गने नेतृत्व भने नेपाली देशभक्त जनताहरू आफैले गर्ने बताए । यो समय भनेको दलीय स्वार्थ भन्दा माथी उठेर देश र जनताको बारेमा सोच्ने बेला आएको र देश बचाउन केवल राजाले मात्र सक्ने भएकाले बिरोध स्वोरूप २७ गते बिहीबार बिराटनगरमा बिशाल मोटर साइकल र्यालीको आयोजना गर्न लागिएको शिव सेना नेपालका केन्द्रीय नेता पाण्डेले बताए ।

यता जिल्लामा कोरोना संक्रमणको त्रास कायमै रहेको बेला ५ हजार राजावादि सडकमा निस्कने कुरामा मोरङ प्रसाशन भने मौन बसेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोश हरी निरौलाका अनुसार र्यालीको बिषयमा केहि जानकारी नभएको तर प्रहरी प्रसाशनलाइ हाइ अलटमा रहन निर्देशन दिइसकेको बताए ।

यता सुनसरी प्रसाशनले भने राजावादिहरूको मोटरसाइकल र्यालीलाइ जिल्लामा प्रवेश गर्न नदिने गरि मोरङ संग जोडिएको सिमामा कडाइ गर्ने भएको छ । बिराटनगरबाट सुनसरी प्रवेश गर्ने दुहबीको सिमामा सशस्त्र , जनपथ र नेपाल प्रहरीलाइ तैनाथ गरिने सुनसरी प्रसाशनले जनाएको छ ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved