कोरोनाको डर देखाएर संस्कार माथि षडयन्त्र गर्न खोजेको आरोप,सुरक्षा मापदण्ड सहितको अन्त्येष्टी विधि बनाउन आग्रह

  • कार्तिक २६, २०७७
  • "दिनेश गजमेर "
alt फाइल तस्विर : तिनकुने स्थित जंगलमा संक्रमतिको शव व्यवस्थापन गरिदै

धरान कुनै संक्रमितको मृत्यु हुँदा आफन्तले धार्मिक परम्पराअनुसार दाहसंस्कार गर्न चाहेमा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पुरा गरेर सजकता अपनाउँदै नेपाली सेनाको सहयोग र व्यवस्थापनमा शवको अन्त्येष्टी गर्न पाउने कुरा कार्यविधिमा उल्लेख रहेको छ ।

तर कोरोना संक्रमण पुष्टि भएका मृत्तकहरुलाई नेपाल सेनाले अन्तीम संस्कार गर्दै आएको छ । संक्रमण फैलिन सक्ने डरले आफन्तहरुलाई नजिक पनि पर्न दिइदैन । स्थानीय सरकारले व्यवस्थापन गरेको जंगलमा स्काभेटरले खाल्डो खनि नेपाली सेनाले पुर्ने गरेका छन् । न त आफन्तले हेर्न पाउँछन्, न त परिवारले दाहसंस्कार नै गर्न पाएका छैन्न ।

नेपाली हिन्दु धर्म अनुसार मृत्तकलाई छोराहरुले दागबत्ती दिएर जलाउने पनि प्रचलन छ । आदिवासी जनजातीहरुमा पुर्ने चलन छ । तर कर्मकाण्ड भने धर्म अनुसार फरक फरक छ । जुनसुकै धर्मको भए पनि अन्तिम समयमा परिवारले नै अन्तिम संस्कार गर्ने चलन छ । तर कोरोनाले धर्मको संस्कारनै परिवर्तन गरिदिएको छ । सरकारले कोरोनाको डर देखाएर संस्कार विथोल्न खोजेको आरोप लाग्न थालेको छ । धार्मिक परम्परा अनुसार जलाउनु पर्ने लाशलाई पनि जबरजस्ती गाड्न नै लगाइरहेको उनीहरुको गुनासो छ ।

देशका विभिन्न शहरहरुमा धार्मिक परम्परा अनुसार शवको अन्त्येष्टि गर्न अनुमती दिन थाले पनि सुनसरी जिल्ला प्रशासन कार्यालयले भने अझै गाड्न कै लागि दबाब दिइरहेको धरान उपमहानगरपालिका वडा नम्बर १५ का राकेश श्रेष्ठ बताउँछन् । उनले भने, ‘हाम्रो धर्म अनुसार जलाउनु पर्छ, तर प्रशासनले दिएको छैन्, जबरजस्ती गाड्न लगाउँछ, अन्य ठाउँमा धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिरहेका छन्, यहाँ चै नेपाली सेनालाई नै जिम्मा लगाईरहेको छ ।’

काठमाण्डौं मै पनि परिवारको स्वीकृतिमा जलाउने परम्परा रहेका समुदायको शवलाई इलेक्ट्रोनिक दाह स्थलमा संस्कार गर्न थालिएको छ । त्यसैले धरानमा पनि डिजेल प्लान्टबाट शव जलाउने दाहस्थल रहेकाले जलाउने परम्परा रहेका समुदायलाई त्यसै बाट संस्कार गर्न पाउने व्यवस्था गरिदिनु पर्ने धरानका स्थानीय मोहनकाजी शाक्य बताउँछन् । उनले भने, ‘संस्कार अनुसार शान्ति पाओस भन्ने चाहना हुन्छ, परिवारको, सोही अनुसार कर्मकाण्ड गर्न पाउनु पर्यो परिवारले ।’

विभिन्न जातीय संघसंस्थाहरु सँगको समन्वयमा संस्कार र परम्परा अनुसार अन्त्येष्टि गर्न सकिने विकल्प वा विधि खोजिनु पर्ने उनको भनाई छ । उनले भने, ‘राज्यले खर्च धेरै भयो भन्छ, परिवारलाई नै गर्न पनि दिदैन्, संस्कार संस्कृति नै लोप भएको अवश्था छ, त्यसै जातीय संस्कार अुनसार अन्त्येष्टि गर्न पाउनु पर्छ बरु विभिन्न मापदण्ड बनाएर दिनुपर्छ ।’

हिन्दु धार्मिक परम्परा अनुसार पनि शवलाई भुमिमा गाड्ने परम्परा नै नरहेको संस्कृति विश्वविद्यालय अन्र्तगतको पिण्डेश्वर विद्यापीठको उपप्राध्यापक दिपक पराजुली बताउँछन् । उनले भने, भुईमा गाड्ने हो भने, कुशको पुत्ला बनाएर भए पनि जलाउनु नै पर्छ अनि मात्रै अत्येष्टिकर्म गर्न मिल्छ, कोरोनाको डर देखाएर धर्म माथिनै षडयन्त्र गर्न खोजिएको महशुष हुन थालेको छ । धार्मिक संस्कार अनुसार भुईमा गाड्ने काम अनुपयुक्त रहेको उनी बताउँछन् । उनले भने, भुईमा गाड्दा भुमिलाई असर गर्छ, प्रत्येक दिन त्यसरी शव व्यवस्थापन गर्दै जाने हो भने जंगल मासिन्छ, भुमि लाई खराब गर्छ, वातावरणीय दृष्टिकोणले पनि उपयुक्त होइन् ।’

स्काभेटरले खन्ने अनि नेपाली सेनाले खाडलमा हाल्ने गरे जस्तै चिता अरुले नै बनाउने अनि चितामा सेनाले राखिदिए बाँकी काम उनै परिवारले गर्न सक्ने उनको भनाई छ । मरेको मान्छेबाट कोरोना संक्रमण सर्दैन भनेर स्वास्थ्य मन्त्रालयले नै भनेकाले मरेको लाश परिवारलाई किन जिल्ला लगाउन सरकार मान्दैन प्रश्न खडा भएको उनले बताए ।

 

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved