खानेपानी संस्थानलाई बोर्डमा मर्ज गर्ने प्रक्रिया शुरु

  • कार्तिक २६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान लामो समय देखि विवादित रहेको धरानको खानेपानी संस्थानलाई धरान उपमहानगरपालिकाको वोर्डमा मर्ज गर्ने प्रक्रिया शुरु भएको छ ।

कार्यपालिकाको गत कार्तिक ५ गतेको बैठकले २६ गते संस्थानलाई बोर्डमा मर्ज गर्ने निर्णय गरेको थियो । निर्णय अनुसार संस्थानलाई बोर्डमा मर्ज गर्ने प्रक्रिया शुरु भएको धरान उपमहानगरपालिकाका प्रमुख तथा बोर्डमा अध्यक्ष तिलक राईले बताए । मर्ज गर्ने लामो प्रक्रिया रहेकाले बुधबार (आज) देखि मर्जको प्रक्रिया शुरु भएको बताए । संस्थानलाई वोर्डमा मर्ज गर्नको लागि आबस्यक छलफल तथा प्रकृया अघि बढाइएको बताएका छन् ।

उनले भने, ‘मर्ज भन्ने प्रकृया लामो हुन्छ त्यसको लागि आबश्यक छलफल भइरहेको छ, हिजो पनि केही विषयहरुमा छलफल भयो आज पनि भएको छ, सन् २०१२ मा नै संस्थान वोर्डमा मर्ज भइसकेको छ त्यसका संस्थागत प्रकृयाहरु केही बाँकी छन् त्यो चरणवद्ध रुपमा पुरा हुदै जान्छन् ।’

उनका अनुसार बुधबार कर्मचारी व्यबस्थापनको काम अघि बढेको छ । यो प्रक्रिया चाडै सम्पन्न भएर विज्ञहरुको सुझाव अनुसार आयोजनाको इन्जिनियरलाई पनि ल्याएर सम्पुर्ण प्रक्रिया पुरा गर्ने तयारीमा रहेको उनको भनाई छ । उनले भने, अब हामी आयोजनाका इञ्जिनियरलाइ पनि ल्याउदै छौं किन भने उसको समय सकिएको हो काम पुरा भइसेको छैन्, समय सन २०१९ डिसेम्बरमा सकिएको हो त्यो बेला हामीले हतारमा उनले ठिक छ भनेर छौड्यौं तर काम सिकएको त छैन, विज्ञहरुको सुझाव अनुसार नै हामी उनलाई फेरी बोलाउदै छौं ।’

कन्सल्टेन्सीलाई डे वान देखिकै योजना, लागतको विषयमा जानकारी रहेकाले उनीहरुलाई पुनः बोलाएर प्रक्रिया सम्पन्न गर्ने तर्फ अघि बढेको उनले बताए । उनले भने, ‘बुधबार (आज) सकिन्छ कि भनेर प्रक्रिया अगाडि बढाएका थियौं, तर वीपी प्रतिष्ठानमाको खानेपानी सिस्टमका कर्मचारीहरु जोडिएकाले पुरा हुन सकेन ।

आयोजनाको लक्ष्य अनुसार काम पुरा गर्न नसकी संस्थानलाई बोर्डमा मर्ज गर्न नहुने भन्दै विगत ४ वर्ष देखि आन्दोलन भइरहेको छ । अहिले पनि विभिन्न संघसंस्थाको नाममा संघर्षका कार्यक्रमहरु घोषणा गरिएको छ ।

आयोजनाको विषयमा उठेका विरोधहरु सकारात्मक रुपमा लिएको मेयर राईले बताए । आयोजनामा अनियमितता भएको आशंकामा नागरिकहरु सचेत हुनु सकारात्मक रहेकाले उनीहरुले उठाएको माग पनि सम्बोधन हुने उनले बताए । उनले भने, उहाँहरुको खबरदारीले हामीलाई सचेत बनाएको छ, आयोजनाको लागत तथा विवरण सार्वजनिक गरेर मात्र काम अघि बढाउँदा ठिक हुन्छ भन्ने कुरा सही छ, त्यस विषयमा अध्ययन गरेर नै अघि बढ्छौं ।

परियोजनामा अनियमितता भएको पाइए कानुन अनुसारको कारवाही हुने उनले बताए । उनले भने, ‘अनियमितता भयो कि, डिपिआर अनुसार काम भएन, मिलेमतो भयो की यी सबै विषयमा विज्ञहरुले अध्ययन गरिरहनु भएको छ, त्यसको अध्ययनले गलत देखिए कारवाही हुन्छ ।’

संस्थानलाई मर्ज प्रक्रिया पनि अघि बढ्दै गर्ने र नागरिकहरुले उठाएको माग प्रति पनि अध्ययन गरि सम्बोधन गर्ने जाने प्रक्रिया एकै साथ अघि बढ्ने उनले बताए ।

खानेपानी संस्थानलाई तुरुन्तै बोर्डमा मर्ज गर्न नहुने भन्दै सर्वदलिय सर्वपक्षिय खानेपानी संघर्ष समिती, दीर्घकालिन खानेपानी संघर्ष समिती, जनता समाजवादी पार्टी धरान नगर कमीटीले विरोध जनाउँदै आएको छ । अघिल्लो सम्झौता अनुसार परियोजनाले लक्ष्य अनुसारको पानी उत्पादन, वितरण लगायतका मागहरु पुरा भए पछि मात्रै मर्जको प्रक्रिया अघि बढाउन दबाब दिदै आएका छन् ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved