समाचार

    Showing 8,141-8,150 of 10,050 items.
  • उखु किसानको आन्दोलनमा विद्यार्थीको ऐक्यबद्धता

    सुनसरी । एक सता देखी आफ्नो उखुको भुत्तानी पाउनु पर्ने माग गर्दै काठमाण्डौमा आन्दोलन गरिरहेका किसानको पक्षमा इटहरीमा विद्यार्थीहरुले ऐक्यवद्धता जनाएका छन । इटहरी स्थित नमुना कलेजका सामाजिक कार्य बिभागका विद्यार्थिहरुले उखु किसानको पक्षमा ऐक्यवद्धता जनाएका हुन् । इटहरीको मुख्य चौकमा विद्यार्थीहरुले विभिन्न नारा लेखिएको प्लेकार्ड वोकेर आन्दोलित किसानको समर्थन गर्दै चिनि उद्योगीको विरोध गरेका थिए । सामाजिक कार्य विषयमा अध्यनरत मेघा ढकालले पुस्तकमा कुनै काम सानो वा ठूलो हुँदैन भनेर आफूले पढ्दै आएको तर अहिले भइरहेको परिस्थितिले यो गलत सावित गरेको भन्दै किसानको आन्दोलनमा ऐक्यबद्धता जनाएको बताइन् ।

    • प्रकाशित मितिः पुस ४, २०७७
    • 1,221 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सागमा पदक विजेता तथा प्रशिक्षकहरु सम्मानीत

    धरान । दक्षिण एसियाली खेलकुद(साग)मा पदक विजेता सहित विभिन्न खेलकुदमा योगदान पुर्याएका खेलाडिहरुलाई नेपाली कांग्रेसको केन्द्रिय खेलकुद विभागले सम्मान गरेको छ । धरान स्थित अमान बजारमा शनिबार आयोजित रक्तदान तथा सम्मान कार्यक्रममा बक्सिङका वरिष्ठ प्रशिक्षक अनुप लामा, टेवलटेनिसका प्रशिक्षक विनोद शाक्य र करातेका दिपेश शाक्य (मुकेश) लाई बिशेष सम्मान गरिएको थियो । उनीहरुलाई सम्मान पत्र र दोसल्ला ओढाइएको थियो । यसैगरि, गएको सागमा स्वर्ण पदक विजेता ७ जना खेलाडीहरुलाई नगद १० हजार सहित सम्मान गरिएको थियो । कार्यक्रमका संयोजक सुरज लामाका अनुसार तेक्वान्दोबाट स्वर्ण विजेता सिना मादेन, सुशिला राई र स्वास्त

    • प्रकाशित मितिः पुस ४, २०७७
    • 1,459 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एलआइसीद्वारा मृत्यु दाबी रकम प्रदान

    धरान । लाईफ इन्स्युरेन्स कर्पोरेसन (नेपाल) कम्पनीले धरान १३ की दिल कुमारी लिम्बु राईको परिवारलाई बिमा रकम प्रदान गरेको छ । राइको केही दिन अघि निधन भएको थियो । उनको परिवारलाई शनिबार एक कार्यक्रमको आयोजना गरि बिमा रकम प्रदान गरेको हो । मृतकको घरमै पुगेर कम्पनीको ऐजेन्सी म्यानेजर डम्बर प्रसाद सिग्देल सहितको धरान शाखा टोलि  मृतकका पति कुल बहादुर राईलाई ३ लाख २५ हजारको चेक प्रदान गरिएको प्रबन्धक विकल्प प्रसाद बजगाईंले जानकारी दिए । बिमित राईले वार्षीक १७ हजार ७ सयका दरले ९ वर्ष किस्ता तिरेका थिए । उनले २ लाख रुपैयाको बिमा गरेकी थिईन् । बजगाईका अनुसार मृतकको परीवारले मंसिरको पहिलो

    • प्रकाशित मितिः पुस ४, २०७७
    • 1,310 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानका दीपेन्द्र निरौला नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा निर्वाचित

    धरान ÷ नेपाल जेसीजको रुपन्देहीको भल्वारीमा सम्पन्न ४७ औँ राष्ट्रिय महाधिवेशनबाट धरान जेसीज वर्ष २०२० का अध्यक्ष दीपेन्द्र निरौला नेपाल जेसीज वर्ष २०२१ को राष्ट्रिय उपाध्यक्षमा निर्वाचित भएका छन् । रुपन्देहीको भलवारी जेसीजको आतिथ्यमा सम्पन्न ४७ औँ राष्ट्रिय महाधिवेशनबाट निरौला शुक्रबार नेपाल जेसिज वर्ष २०२१ को राष्ट्रिय उपाध्यक्षमा निर्वाचित भएका हुन् । कुल खसेको मत मध्ये ६१२ मत प्राप्त गर्दै निरौला निर्वाचित भएका हुन् । १२ जना राष्ट्रिय उपाध्यक्षको पदमा ३६ जनाले उम्मेदवारी दिएका थिए ।त्यस्तै नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा चितवनका अरुणेश्वर खनाल विजयी भएका छन् । वर्षभरिको कार्यक्रमह

    • प्रकाशित मितिः पुस ४, २०७७
    • 886 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • औजार अनलाइन टिभिको स्टुडियो शुभारम्भ

    धरान । औजार प्रकाशन सहकारी संस्थाद्वारा सञ्चालित औजार अनलाइन टिभिको स्टुडियो शुभारम्भ भएको छ । धरान–९ स्थित आचार्य लाइनमा रहेको औजारको कार्यालयमा नेकपाका प्रदेश कमिटि अध्यक्ष देवराज घिमिरे तथा नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेले स्टुडियोको संयुक्त रुपमा उद्घाटन गर्नुभयो । २०६२ सालमा औजार प्रकाशन सहकारी संस्था गठन भइ साप्ताहिक पत्रिका प्रकाशन सुरुवात भएको थियो । संस्थाले साप्ताहिक पत्रिका हुँदै लामो समयसम्म दैनिक पत्रिका र पछिल्लो समय रंगीन दैनिक पत्रिका सञ्चालन गरेको थियो । कोभिड–१९ कोरोना माहामारीका कारण लकडाउन भएपछि पत्रिका प्रकाशन बन्द भएको हो । पत्रिका बन्

    • प्रकाशित मितिः पुस ३, २०७७
    • 1,243 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भारतीय बजारमा अलैँचीको माग उच्च, भाउ बढ्ने सम्भावना

    इलाम । भारतीय बजारमा अलैँची अभाव भएपछि नेपालबाट निकासी हुने अलैँचीको भाउ बढ्ने देखिएको छ । भारतका मुख्य अलैँची उत्पादन हुने क्षेत्रमा अलैँची मासिन थालेको छ । ती क्षेत्रमा अलैँचीको उत्पादन कम भएपछि नेपाली अलैँचीको माग उच्च छ । पछिल्लो समय भारतीय व्यवसायी समेत अलैँची किन्न नेपाल आउन थालेका छन् । विगतका वर्षमा भारत नै पु¥याउँदा पनि बेच्न गाह्रो हुने अलैँची नेपालमै व्यवसायी आएपछि अलैँचीको भाउ बढ्ने सम्भावना छ । भारतीय व्यवसायी नै नेपाल आएपछि अब नेपाली अलैँचीको भाउ बढ्छ’, अलैँची व्यवसायी महासंघका अध्यक्ष राजकुमार कार्कीले भने, ‘नेपालमा उत्पादन भएको ४० प्रतिशत नयाँ अलैँची बिकिसक्यो

    • प्रकाशित मितिः पुस ३, २०७७
    • 1,682 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शहरमा भन्दा गाउँमा विद्यालय व्यवस्थित: ज्वरो–अक्सिजन जाँच, दुई सिफ्टमा कक्षा

    विराटनगर । बिहीबारबाट विराटनगरका विद्यालय खुलेपनि विद्यार्थीको संख्या न्यून छ । कोरोना त्रासका कारण धेरै अभिभावकले आफ्ना सन्तानलाई विद्यालय पठाएनन । सरकारी र निजी विद्यालय चैतदेखि बन्द थिए । विराटनगर महानगरपालिका शिक्षा शाखा प्रमुख दुर्गाप्रसाद खतिवडाका अनुसार विद्यालयहरुमा विद्यार्थीको संख्या कम देखिएको छ । निर्देशिका बनाएर विराटनगर महानगरले विद्यालय खोल्ने निर्णय गरेको हो । विद्यार्थी र अभिभावकमा त्रास रहेकोले पनि कोरोनाको हटस्पट मानिएको विराटनगरमा विद्यालय खोल्न अझै चुनौतीपूर्ण नै देखिन्छ । तर, मोरङका गाउँमा कम संक्रमण भएका कारण विद्यालय व्यवस्थित ढंगले एक महिना अघि नै संचालनमा आई सकेका छन

    • प्रकाशित मितिः पुस ३, २०७७
    • 1,285 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • अझै रोकिएन बालविवाह

    धरान । घटना १ :गत मंसिर २९ गते उदयपुरको बेलका नगरपालिकामा एक जोडिको बालविवाह भयो । दुवै जनाको प्रेम सम्बन्ध छुट्न नसक्ने भए पछि परिवारले नै उनीहरुको मागि विवाह गरिदिए । १८ वर्षिया बालिका सँग शारिरिक सम्बन्ध गर्दै गरेको परिवारले थाहा पाए पछि इज्जतको डरले उनीहरुको मागि विवाह नै गरिदिए । घटना २ :ताप्ली गाउँपालिका स्थित आदमारा गाउँमा मंसिर १९ गते स्थानीय राधा खड्काको घरमा विवाह गरेका अन्दाजी १७ वर्षकी गोमा खड्का सँग बालविवाह गरेका उदयपुरकै त्रियुगा नगरपालिका भुल्केका २३ वर्षिय आश्विन कोइराला सहित उनीहरुको परिवारलाई पनि प्रहरीले पक्राउ गरेको छ । गाउँ समाजलाई थाहा नै नदिई गोप्य रुपमा उनीहरुको विवाह

    • प्रकाशित मितिः पुस ३, २०७७
    • 1,613 पटक पढिएको
    • "दिनेश गजमेर"
  • सहिदभूमि गाँउपालिकाद्वारा स्वयंसेविकालाई सम्मान

    धनकुटा । सामुदायिक स्वास्थ्य सुधारका लागि लामो समयदेखि अहिलेसम्म सक्रिय भुमिका निर्वाह गरेका २७ जना महिला स्वयंम सेविकाहरुलाइ धनकुटाको सहिदभूमि गाँउपालिकाले सम्मान गरेको छ । १७ औ अन्तराष्ट्रिय महिला स्वयंमसेविका दिवसको अवसरमा आयोजना गरिएको सम्मान कार्यक्रममा नेपाल सरकारको स्वास्थ्यसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु मातृ तथा शिशु मृत्युदर घटाउने, भिटामिन ए, पोलियो थोपा खुवाउने, हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउने लगायत सामुदायिक स्वास्थ्य सुधारका कार्यक्रमहरुमा सक्रियता पूर्वक आफ्नो भुमिका निर्वाह गरेका २७ जना महिला स्वयंम सेविकाहरुलाई खाँदा ओढाएर करुवा प्रदान गरेर सम्मान गरेको गाँउपालिका अ

    • प्रकाशित मितिः पुस २, २०७७
    • 969 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सडक बालबालिका पुर्नस्थापना उच्च प्राथमिकता

    मोरङ । सडक आश्रित बालबालिकाको पुर्नस्थापनालाई उच्च प्राथमिकता दिदै उद्धार गर्ने योजनामा रहेको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताएका छन् ।  सडक आश्रित बालबालिका मुक्त सडक बनाउने योजनाका साथ काम भईरहेको मन्त्री घिमिरेले बताए । उनले भने, ‘धेरै बालबालिकाको उद्धार गरि पुर्नस्थापना गरिएको छ ।’ सामाजिक विकास मन्त्रालय दीर्घकालिन पुनस्र्थापना गृह व्यवस्थापन समिति र साझा सवालका लागि साझा मञ्च (कोकन) ले विराटनगरमा आयोजना गरेको लैङिक हिंसा, बाल संरक्षण र पुर्नस्थापनामा सरोकारवालाको भूमिका विषयक अन्र्तसंवाद कार्यक्रममा मन्त्री घिमिरेले सडकमा आश्रित बढी बालबालिका भएका जि

    • प्रकाशित मितिः पुस २, २०७७
    • 958 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved