सागमा पदक विजेता तथा प्रशिक्षकहरु सम्मानीत

  • पुस ४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । दक्षिण एसियाली खेलकुद(साग)मा पदक विजेता सहित विभिन्न खेलकुदमा योगदान पुर्याएका खेलाडिहरुलाई नेपाली कांग्रेसको केन्द्रिय खेलकुद विभागले सम्मान गरेको छ ।

धरान स्थित अमान बजारमा शनिबार आयोजित रक्तदान तथा सम्मान कार्यक्रममा बक्सिङका वरिष्ठ प्रशिक्षक अनुप लामा, टेवलटेनिसका प्रशिक्षक विनोद शाक्य र करातेका दिपेश शाक्य (मुकेश) लाई बिशेष सम्मान गरिएको थियो । उनीहरुलाई सम्मान पत्र र दोसल्ला ओढाइएको थियो ।

यसैगरि, गएको सागमा स्वर्ण पदक विजेता ७ जना खेलाडीहरुलाई नगद १० हजार सहित सम्मान गरिएको थियो । कार्यक्रमका संयोजक सुरज लामाका अनुसार तेक्वान्दोबाट स्वर्ण विजेता सिना मादेन, सुशिला राई र स्वास्तिका तामाङलाई सम्मान गरिएको थियो भने फुटबलका हेमन्त थापा मगर, गल्फका खेलाडी टंक कार्की, शुक्रबहादुर राई र निरज तामाङलाई सम्मान गरिएको थियो ।

यस्तै, सागमा रजत पदक विजेता बास्केटवलकी खेलाडी डा.आशा राई र तेक्वादोकी युनिसा राईलाई नगद ५ हजार सहित सम्मान गरिएको थियो । सागमा काँस्य पदक जिताएका प्रशिक्षक विकास चाम्लिङलाई पनि नगद ५ हजारसहित सम्मान गरिएको थियो भने तेक्वान्दोका स्थानीय प्रशिक्षक मदन राई र गोपाल राईलाई पनि नगद ५ हजारसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा संक्रमितहरुको उपचार सेवामा समर्पित स्टाफ नर्स पदमकुमारी राईलाई पनि नगद ५ हजार सहित सम्मान गरिएको थियो भने धरानका सरसफाईकर्मी गोविन्द मरिकलाई पनि नगद ५ हजारसहित सम्मान गरिएको थियो ।

यसैगरि, यातायात मजदुर विकास राई, महिला अधिकारकर्मी मिना पुलामी र राजनीतिक योगदान पुर्याएका हेमलाल सुब्बालाई पनि सम्मान गरिएको थियो । यसैगरि,संस्थातर्फ धरान जेसिज, लायन्स क्लब, परिवार नियोजन संघ, होप धरान, रेडक्रस सोसाइटी सुनसरी र संजिवनी पुर्नस्थापना केन्द्रलाई पनि सम्मान गरिएको थियो ।

चोटग्रस्त भएका बास्केटवलका खेलाडी प्रदिप गुरुङलाई सहयोगार्थ नगद १० हजार पनि विभागले हस्तान्तरण गरेको थियो ।

त्यसै गरि रक्तदान कार्यक्रममा ७७ पिन्ट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा रक्तदान गरेको थियो । संकलन भएको रगत धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ब्लड बैंकमा राखिएको छ ।

प्रशिक्षक, खेलाडी तथा संघसंस्थाहरुलाई सभापति एवं विभागका केन्द्रीय सदस्य किशोर राई, प्रमुख अतिथि एवं विभागका प्रमुख, पुर्वमन्त्री मोहन बस्नेत, उपप्रमुख एवं संवधासभा सदस्य मोहन राई, प्रदेश १ का पुर्वप्रदेश प्रमुख डा.गोविन्द सुब्बा, प्रदेश १ सभाका प्रमुख प्रतिपक्षी दलका नेता राजिव कोइराला लगायतले सम्मान गरेका थिए ।

नेपालकै टप–१० मा धरा ...

धरान/धरान–१२ मा अवस्थित प्राइम भिजन अन्तर्राष्ट्र ...

रास्वपामाथि प्रतिबन् ...

धरान/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि लग ...

धरान ११ ले टोलबासीसँ ...

धरान/ प्रत्यक्ष रुपमा स्थानीयसँग सरोकार राख्ने स्थ ...

२४ वर्ष कैद सजाय पाए ...

इनरुवा/  ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved