शहरमा भन्दा गाउँमा विद्यालय व्यवस्थित: ज्वरो–अक्सिजन जाँच, दुई सिफ्टमा कक्षा

  • पुष ३, २०७७
  • कुमार लुइँटेल
alt क्याप्सन :मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर २ स्थित झोराहाको सरस्वती उच्च माविमा विद्यार्थीको शरीरको तापक्रम नाप्दै विद्यालयकी नर्स ।

विराटनगर । बिहीबारबाट विराटनगरका विद्यालय खुलेपनि विद्यार्थीको संख्या न्यून छ । कोरोना त्रासका कारण धेरै अभिभावकले आफ्ना सन्तानलाई विद्यालय पठाएनन । सरकारी र निजी विद्यालय चैतदेखि बन्द थिए ।

विराटनगर महानगरपालिका शिक्षा शाखा प्रमुख दुर्गाप्रसाद खतिवडाका अनुसार विद्यालयहरुमा विद्यार्थीको संख्या कम देखिएको छ । निर्देशिका बनाएर विराटनगर महानगरले विद्यालय खोल्ने निर्णय गरेको हो । विद्यार्थी र अभिभावकमा त्रास रहेकोले पनि कोरोनाको हटस्पट मानिएको विराटनगरमा विद्यालय खोल्न अझै चुनौतीपूर्ण नै देखिन्छ । तर, मोरङका गाउँमा कम संक्रमण भएका कारण विद्यालय व्यवस्थित ढंगले एक महिना अघि नै संचालनमा आई सकेका छन ।

मोरङको ग्रामथान गाउँपालिकाका विद्यालयले त महामारीमा स्वास्थ्य सावधानी अपनाउन उदाहरण नै पेश गरेका छन । विद्यालयले नर्सको सहायताले थर्मल गर्न मार्फ तापक्रम जाँच्ने, अक्सिजन लेभल नाप्ने, धान धुने, सेनिटाइजर लगाउने व्यवस्था गरेको छ । विद्यार्थीका लागि पुर्ण स्वास्थ्य मापदण्ड लागू गरिएको छ भने शिक्षक, विद्यार्थी र विद्यालय कर्मचारीका लागि मास्क अनिवार्य गरिएको छ ।

जाडो शुरु भईसकेको र संक्रमण अझ पैmलन सक्ने त्रासबीच विराटनगरमा विद्यालय खोल्न निर्देशन जारी गरिंदा अभिावक र विद्यार्थीमा अन्योल भने कायमै छ । तर नजिकैको ग्रामथान र बुढीगंगा गाउँपालिकाले विद्यालय खोलिसकेका छन । विद्यालय खोलेदेखि कसैमा कुनै किसिमको स्वास्थ्य समस्या देखिएको छैन ।


विद्यालयका प्राचार्य अशोक लुइँटेल भन्छन्, “ग्रामथान गाउँपालिका भरिका विद्यालय खुलिसकेका छन । हामीले त एक हजारभन्दा धेरै विद्यार्थीलाई भौतिक रुपमै विद्यालयमै आई पढ्ने वातावरण बनाएका छौं ।”

प्राचार्य लुइँटेलका अनुसार विद्यालयले दुई सिफ्टमा विद्यालय संचालन गरिरहेको छ । बिहान ६ बजेदेखि ११ र ११ बजेदेखि साढे ३ बजेसम्म दुई सिफ्टमा कक्षा संचालन हुन्छ । एउटा सिटमा दुई जना विद्यार्थी र कक्षाभर जम्मा २० जना विद्यार्थी मात्र राखिन्छ । रोल नम्बरको आधारमा जोरबिजोर प्रणाली लगाइएको छ ।

एक विद्यार्थीले सातामा तीन दिन पढ्न पाउँछन । सरस्वती विद्यालयमा जम्मा १ हजार २ सय ३४ जना विद्यार्थी छन । यही बीचमै विद्यालयले कक्षा १२ को परीक्षा पनि संचालन गरको छ ।

पहिलो अनलाइन कक्षा चलाए पनि ग्रामीण भेगका सबैले त्यसमा जोडिन नसकेकोले भौतिक उपस्थिति सहित कक्षा शुरु गरिएको विद्यालय प्रशासनको भनाई छ । कतिपय विद्यार्थी अनलाइनमा जोडिए पनि धेरै छुटेकोले विद्यालय लगाउनुको विकल्प नभएको प्राचार्य लुइँटेलले बताए ।

कक्षा ८ की छात्रा सुशीला सरदारले भनिन्, “मोबाइल र इन्टरनेट हुने साथीहरु त अनलाइनमा जोडिनु भयो तर हामी टाढा गाउँमा बस्नेहरुको लागि यो सम्भव थिएन, विद्यालय लागेपछि पढन् पाइएको छ ।” कक्षा १० का छात्रा आशिका भट्टराईले हप्तामा तीन दिन भएपनि शिक्षकको प्रत्यक्ष उपस्थितिमा पढ्न पाउँदा कोर्स बुझ्न सहज भएको सुनाईन ।

ग्रामथानमा विद्यालय संचालन गर्न निक्कै चुनौती भने थियो । तर, गाउँपालिकाले विद्यालयलाई चाहिने सामग्री सहयोग गरेको छ । आर्थिक स्रोत मजबुत भएका विद्यालयले आफै स्वास्थ्य सामग्रीको जोहो गरेका छन ।

गाउँपालिकामा कोरोना संक्रमण न्यून भएका कारण पनि अभिभावकले विद्यालयसम्म आफ्ना छोराछोरी पठाउन डर नमानेको विद्यालय प्रशासनको भनाइ छ ।

१ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयका निर्देशक राजेन्द्र बुढाथोकी विकल्प अपनाएर विद्यालय संचालन गराउन प्रदेश सरकारले समेत सम्बन्धित पालिकाहरुसंग समन्वय गरिहेको बताएका छन ।

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

बालबालिकालाई सँस्कृत ...

धरान/ केही समय अगाडि महिलाहरुको अधिकार विषयमा सबै ...

दश प्रतिशत कमाई बुवा ...

सुनसरी/ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved