‘मेरो डान्स युनिभर्स सिजन २ःःधरानकी इचिङ्ग्सा उत्कृष्ट १८ मा छनौट

  • असार ३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

 धरान । धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट्रिय नृत्य रियालिटी शो ‘मेरो डान्स युनिभर्स सिजन २’ को उत्कृष्ट १८ प्रतिस्पर्धीमा स्थान बनाउन सफल भएकी छन्।

सोमबार सम्पन्न डुएट राउन्डमा दमदार प्रस्तुति दिँदै उनले निर्णायकहरूबाट ५४८ अंक प्राप्त गरिन्। उक्त अंकका साथ उनी अगामी चरणमा पुग्ने १८ प्रतिस्पर्धीको सूचीमा अटाउन सफल भइन्। लिम्बु झापाको विर्तामोडमा सम्पन्न अडिसन चरणमार्फत प्रतियोगितामा छानिएकी थिइन्।

अडिसनपछि उनले मेगा अडिसन, कोरियोग्राफी राउन्ड, बेस्ट फुटवर्क र डुएट राउन्डसहित पाँच चरण पार गरिसकेकी छन्।कार्यक्रमको ढाँचाअनुसार हरेक चरणमा प्रतिस्पर्धीहरूको कला, भाव, समन्वय, र प्रस्तुति क्षमता मूल्याङ्कन गरिन्छ। डुएट राउन्डमा २४ प्रतिस्पर्धीमध्ये ६ जना बाहिरिए भने १८ जनाले अर्को चरणमा स्थान सुरक्षित गरे।

धरानबाट प्रतिनिधित्व गरिरहेकी लिम्बुको निरन्तर प्रदर्शनले उनलाई शोको बलियो प्रतिस्पर्धीको रूपमा स्थापित गरेको छ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved