अझै रोकिएन बालविवाह २०२५ सम्म बालविवाह मुक्त घोषणा गर्ने लक्ष्य

  • पुष ३, २०७७
  • दिनेश गजमेर
alt तस्वीर स्रोतः गुगल

धरान ।
घटना १ :
गत मंसिर २९ गते उदयपुरको बेलका नगरपालिकामा एक जोडिको बालविवाह भयो । दुवै जनाको प्रेम सम्बन्ध छुट्न नसक्ने भए पछि परिवारले नै उनीहरुको मागि विवाह गरिदिए । १८ वर्षिया बालिका सँग शारिरिक सम्बन्ध गर्दै गरेको परिवारले थाहा पाए पछि इज्जतको डरले उनीहरुको मागि विवाह नै गरिदिए ।
घटना २ :
ताप्ली गाउँपालिका स्थित आदमारा गाउँमा मंसिर १९ गते स्थानीय राधा खड्काको घरमा विवाह गरेका अन्दाजी १७ वर्षकी गोमा खड्का सँग बालविवाह गरेका उदयपुरकै त्रियुगा नगरपालिका भुल्केका २३ वर्षिय आश्विन कोइराला सहित उनीहरुको परिवारलाई पनि प्रहरीले पक्राउ गरेको छ । गाउँ समाजलाई थाहा नै नदिई गोप्य रुपमा उनीहरुको विवाह गराइएको थियो । केटाका बुबा पुष्प कोइराला राधा खड्का सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुष २ गते बालविवाह गरेको लिखित उजुरी आए पछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटना ३ :
मंसिर ३० गते उदयपुरगढी गाउँपालिकाको वडा नम्बर ६ स्थित काभे्रपानी मन्दिरमा स्थानीय लिल बहादुर खड्काका छोरा वर्ष १८ का दुर्गा बहादुर खड्का र त्रियुगा १६ की टंक बहादुर कार्कीकी छोरी वर्ष १७ की खेली कार्की बिच आफुखुशी विवाह गरेको उजुरीको आधारमा उनीहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुले आपसि मिलेमतोमा अभिभावकलाई समेत जानकारी नदिई विवाह गरेका थिए । आफन्तको घरमा बसेका उनीहरुलाई पुष २ गते प्रहरीले पक्राउ गरेको हो ।

पहिलो घटनामा न त प्रहरी कहाँ उजुरी नै पुग्यो, न त विवाह गरेका जोडिले विरोध नै गरे । त्यसैले परिवारको मञ्जुरी र बेहुलाबेहुलीको इच्छा अनुसार विवाह भयो । परिवारको इज्जत जाने डरले कसैले केही बोलेनन् । शारिरिक सम्बन्ध नै भइसकेकाले त्यसलाई ढाकछोप गर्न विवाहलाई स्वीकार्नु पर्यो ।

दोस्रो घटनामा केटीका बुबा खेचर बहादुर खड्काले जबरजस्ती विवाह गरिदिएका थिए । केटीको मञ्जुरी बिना नै जबरजस्ती विवाह गराइएको थियो । प्रहरीलाई दिएको बयान अनुसार २३ वर्षिय केटा नदेखाई रातको समयमा खड्काले बालिका छोरीको विवाह गरिदिएका थिए । विवाह भएको एक साता नबित्दै केटाको घरमा बस्न नसक्ने भए पछि उनी भागेर आईन् । भागेको अवश्थामा प्रहरीले फेला पारे पछि उनले बालिका अवश्थामा परिवारले जबरजस्ती विवाह गरिदिएको बताईन् । बालिकाको आरोपका आधारमा प्रहरीले केटा पक्षकालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख भिम दाहाल बताउँछन् ।

तेस्रो घटनामा परिवारको मञ्जुरी बिनानै उमेर नपुगि विवाह गरेका जोडि छन् । केटा केटीले आफुखुशी विवाह गरेका हुन् । तर उनीहरुको विवाह बुबाआमालाई मन परेन । अनि केटीका बुबा टंक बहादुर कार्कीले प्रहरीलाई उजुरी दिए । बालविवाह गरेको उजुरीको आधारमा प्रहरीले दुवै जनालाई पक्राउ गरेको छ ।
तिन वटै घटनाले बालविवाहका फरक फरक प्रतिबिम्ब दिन्छ । एका तिर शारिरिक सम्बन्धका कारण बालविवाहलाई स्वीकार गर्नु पर्ने अवश्था छ, अर्को तिर परिवारको जबरजस्तीले विवाह हुने गरेका छन् भने कतै प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न बालविवाह भएका छन् ।

मुलुकी देवानी संहिता ऐन २०७४ मा २० वर्ष उमेर नपुगी गरिएको विवाहलाई बालविवाह भनी परिभाषित गरिएको छ । सो विवाह स्वतः खारेज हुने व्यवस्था छ । नेपालको संविधान धारा ३९ को उपधारा ५ मा बालविवाह गर्न गराउन नपाइने व्यवस्था छ ।

ऐनले २० वर्ष उमेर मुनिको विवाहलाई अवैधानिक घोषणा गरे पनि कुनै न कुनै कोणबाट अझै बालविवाह भइरहेका छन् । बालविवाह गर्नु कानुन विपरित रहेको सचेतना भए पनि पुराना अवशेषहरु समाजमा अझै बाँकी रहेकाले विवाह भइरहेको उदयपुर प्रहरी प्रमुख दाहालको भनाई छ । उनी भन्छन््, ‘बालबालिकाहरु पनि सचेत छन्, समाज पनि सचेत बनेको छ, तर पुराना सोचका अवशेषहरुले कहि कतै बालविवाह हुने गरेका छन्, जसको कुनै उजुरी नै पर्दैनन् ।’ परिवारले जबरजस्ती विवाह गरिदिए प्रहरी सम्म आइपुग्नु सकारात्मक रहेको उनी बताउँछन् । सचेतनाका कारण संस्कार अनुसारको विवाह नियन्त्रण गर्न सके पनि बाल प्रेम विवाह नियन्त्रण गर्न समस्या भएको महिला अधिकारकर्मीहरुको बताउँछन् ।

प्रदेश १ सरकारले सन् २०२५ भित्रमा बालविवाह मुक्त प्रदेश घोषणा गर्ने लक्ष्य लिएको छ । सन् २०२० को अन्त्य सम्म कुनै पनि स्थानीय तह बालविवाह मुक्त हुन सकेका छैनन् । स्थानीय तहका केही वडा बाहेक पालिका बालविवाह मुक्त घोषणा हुन सकेका छैनन् । बालविवाह मुक्त घोषणाका लागि १ सय ३७ वटै स्थानीय तहमा कार्यक्रम सञ्चालनमा छन् । प्रदेश सरकारले बालविवाह मुक्त घोषणाको अभियान सञ्चालन गरिरहँदा स्थानीय तहका जनप्रतिनिधि भने सामाजिक सञ्जालका कारण बालविवाह चुनौतीपूर्ण रहेको बताउँछन् । सामाजिक सञ्जाल र प्रविधिको विकाससँगै बाल प्रेम विवाह बढेको उनीहरूको निष्कर्ष छ ।

नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार प्रदेश १ मा ५१ दशमलव ८ प्रतिशत बालिका र २१ दशमलव ७ प्रतिशत बालकको २० वर्षभन्दा कम उमेरमा विवाह हुने गरेको सामाजिक विकास मन्त्रालय बाल अधिकार श्रोत व्यक्ति सुमन अधिकारीको भनाई छ । उनले प्रदेश १ का १ सय ३७ वटा स्थानीय तह मध्ये २० वटा रेण्डम छनौट गरी स्थानीय तहको प्रोफाइल हेर्दा २५ दशमलव ३ प्रतिशत बालबालिकाको विवाह भएको देखिएको बताए । उनका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा बाल हेल्पलाईन १०९८ मा ८४ वटा बाल विवाहको घटना दर्ता भएको जानकारी दिए ।

आफुले पाएको मत पहिचा ...

इलाम/ इलाम–२ को उपनिर्वाचनमा पराजित पहिचान प ...

नेपालको राष्ट्रिय चर ...

काठमाडौँ/ काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरी ...

धरानमा दिप प्रज्वलन, ...

धरान/ मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान ...

पशुपतिको विद्युत शवद ...

काठमाडौं/ पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved