सडक बालबालिका पुर्नस्थापना उच्च प्राथमिकता

  • पुस २, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ । सडक आश्रित बालबालिकाको पुर्नस्थापनालाई उच्च प्राथमिकता दिदै उद्धार गर्ने योजनामा रहेको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताएका छन् । 

सडक आश्रित बालबालिका मुक्त सडक बनाउने योजनाका साथ काम भईरहेको मन्त्री घिमिरेले बताए । उनले भने, ‘धेरै बालबालिकाको उद्धार गरि पुर्नस्थापना गरिएको छ ।’

सामाजिक विकास मन्त्रालय दीर्घकालिन पुनस्र्थापना गृह व्यवस्थापन समिति र साझा सवालका लागि साझा मञ्च (कोकन) ले विराटनगरमा आयोजना गरेको लैङिक हिंसा, बाल संरक्षण र पुर्नस्थापनामा सरोकारवालाको भूमिका विषयक अन्र्तसंवाद कार्यक्रममा मन्त्री घिमिरेले सडकमा आश्रित बढी बालबालिका भएका जिल्लाहरुमा केन्द्रित गरेर काम शुरु गरिने उनले बताए ।

मानव सेवा आश्रमसँगको सहकार्यमा उद्धार गरिएका बालबालिकालाई विराटनगर र इटहरीमा निर्माण गरिएको आश्रम स्थलमा राख्ने गरिएको उनको भनाई छ ।

कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले प्रदेश १ लाई चाँडै सडक आश्रित सहयोगापेक्षी मुक्त घोषणा गरिने बताए । उनले १ सय ३७ वटै स्थानीय तहमा हिंसा निवारण कोष स्थापना गरि १ करोड ३७ लाख बजेट पठाईसकिएको बताईन ।

सुनसरीको वर्जु गाउँपालिका उपप्रमुख संगीता राय, हरिनगर गाउँपालिका उपप्रमुख रिमझिम भगत, गढी गाउँपालिका उपप्रमुख राजकुमारी चौधरी र रामधुनी नगरपालिकाका उपप्रमुख सविना चौधरीले एकल महिलालाई स्वरोजगारका लागि वीउ पूँजीको व्यवस्थाको साथै बाल विवाह र हिंसा अन्त्यका लागि विभिन्न चेतनामुलक कार्यक्रम गरिएको बताईन ।

धरानबाट इटहरी आउँदै ...

इटहरी/धरानबाट इटहरीतर्फ आउँदै गरेका दम्पती सवार मोटरसाइ ...

एसियन हाइवे:काँकडभिट ...

सुनसरी/  एसियन हाइवे अन्तरगत पर्ने काँकडभिट्ट ...

‘मेरो डान्स युनिभर्स ...

 धरान । धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट ...

तरहराको जंगलमा आलु ...

विराटनगर । सुनसरीको इटहरीबाट तरकारी लोड गरिएको ट्रकमा ठ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved