उखु किसानको आन्दोलनमा विद्यार्थीको ऐक्यबद्धता

  • पुस ४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । एक सता देखी आफ्नो उखुको भुत्तानी पाउनु पर्ने माग गर्दै काठमाण्डौमा आन्दोलन गरिरहेका किसानको पक्षमा इटहरीमा विद्यार्थीहरुले ऐक्यवद्धता जनाएका छन ।

इटहरी स्थित नमुना कलेजका सामाजिक कार्य बिभागका विद्यार्थिहरुले उखु किसानको पक्षमा ऐक्यवद्धता जनाएका हुन् । इटहरीको मुख्य चौकमा विद्यार्थीहरुले विभिन्न नारा लेखिएको प्लेकार्ड वोकेर आन्दोलित किसानको समर्थन गर्दै चिनि उद्योगीको विरोध गरेका थिए ।

सामाजिक कार्य विषयमा अध्यनरत मेघा ढकालले पुस्तकमा कुनै काम सानो वा ठूलो हुँदैन भनेर आफूले पढ्दै आएको तर अहिले भइरहेको परिस्थितिले यो गलत सावित गरेको भन्दै किसानको आन्दोलनमा ऐक्यबद्धता जनाएको बताइन् । साथै उनले चाँडो भन्दा चाँडो किसानहरुको माग पुरा गर्न पनि अनुरोध गरिन् ।

सामाजिक कार्यका विद्यार्थीहरुले संधै समाजमा भएका मुद्दाहरुमा आवाज उढाउँदै आएकोले यो पटक किसानको मागमा पनि समर्थन जनाएको निराजन पाण्डेले बताए । उनले उखु किसानले श्रम गरेर आफ्नो पेट पाल्ने तर उद्योगले पैसा नतिर्दा श्रमको अवमूल्यन भएकोले शान्तिपूर्ण प्रदर्शनमा निस्किएको बताए । साथै उनले उखु किसानको माग पुरा नभए पुन आन्दोलन गर्ने जानकारी दिए ।

प्रदर्शन नमूना कलेजको सोसल ओर्कका विद्यार्थीहरुले गरेका थिए । उनिहरुले जसको मेहनतले विहान बेलूकाको छाक टर्छ उसलाई नजनअन्दाज नगर सरकार’ लेखिएका पम्प्लेट सहित प्रदर्शन गरेका थिए । गत पुसमा सरकारसँग भएको सम्झौता पालना नभएको भन्दै उनीहरूले दोस्रो पटक आन्दोलन गरिरहेका छन ।

आन्दोलनरत किसानलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार वार्तामा बोलाए पनि उनीहरूले स्विकारेनन् । सरकारसँग उधारो सहमतिगर्न नसकिने भन्दै उनीहरूले सोमबारको वार्तामा नवसेर आन्दोलन जारी राखेका छन् । किसानहरूले करिब ९० करोड भुक्तानी हुन बाँकी रहेको बताएका छन । यता उद्योगीहरूले भने करिब ६६ करोड बाँकी रहेको जनाएका छन ।

 

एसियन हाइवे:काँकडभिट ...

सुनसरी/  एसियन हाइवे अन्तरगत पर्ने काँकडभिट्ट ...

‘मेरो डान्स युनिभर्स ...

 धरान । धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट ...

तरहराको जंगलमा आलु ...

विराटनगर । सुनसरीको इटहरीबाट तरकारी लोड गरिएको ट्रकमा ठ ...

धरानमा श्रमदानको नाम ...

धरान । धरान उपमहानर पालिकाका मेयर उप मेयरको विवादले झनै ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved