धरानका दीपेन्द्र निरौला नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा निर्वाचित

  • पुस ४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान ÷ नेपाल जेसीजको रुपन्देहीको भल्वारीमा सम्पन्न ४७ औँ राष्ट्रिय महाधिवेशनबाट धरान जेसीज वर्ष २०२० का अध्यक्ष दीपेन्द्र निरौला नेपाल जेसीज वर्ष २०२१ को राष्ट्रिय उपाध्यक्षमा निर्वाचित भएका छन् ।

रुपन्देहीको भलवारी जेसीजको आतिथ्यमा सम्पन्न ४७ औँ राष्ट्रिय महाधिवेशनबाट निरौला शुक्रबार नेपाल जेसिज वर्ष २०२१ को राष्ट्रिय उपाध्यक्षमा निर्वाचित भएका हुन् । कुल खसेको मत मध्ये ६१२ मत प्राप्त गर्दै निरौला निर्वाचित भएका हुन् ।
१२ जना राष्ट्रिय उपाध्यक्षको पदमा ३६ जनाले उम्मेदवारी दिएका थिए ।त्यस्तै नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा चितवनका अरुणेश्वर खनाल विजयी भएका छन् ।

वर्षभरिको कार्यक्रमहरुमध्ये उत्कृष्ट जेसीज सप्ताह आयोजना र पूर्व क्षेत्र क अन्तर्गतका ३९ शाखाहरू मध्येमा उत्कृष्ट शाखा अध्यक्षको पुरस्कार पनि नव निर्वाचित दीपेन्द्र निरौलाले पाएका छन् ।

एक साताअघि मात्र धरान जेसीजले विभिन्न रचनात्मक कार्यक्रमहरू आयोजना गरेर जेसीज सप्ताह मनाएको थियो ।

धरान जेसीजको सिफारिसमा रमेश प्रसाईँलाई राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा उत्कृष्ट युवा पुरस्कारबाट सम्मान पनि गरिएको छ ।
कारणवस कार्यक्रममा उपस्थति हुन नसेका रमेशको पुरस्कार नव निर्वाचित राष्ट्रिय उपाध्यक्ष दिपेन्द्र निरौलाले लिएका थिए ।

131290593_10221942184916557_4488599237206384459_o

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved