समाचार

    Showing 8,031-8,040 of 8,717 items.
  • डुबेर तीन वर्षीय बालकको मृत्यु

    विराटनगर । झापामा खोलामा डुबेर एक ३ वर्षीय बालकको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका वडा नम्बर ११ बस्ने प्रविन मुर्मुका ३ वर्षीय छोरा ऋषि मुर्मुको पानीमा डुबेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार बिहीबार घर नजिकै रहेको हिले खोलामा डुबिरहेको अवस्थामा आफन्तले फेला पारी तत्काल उद्धार गरी उपचारको लागि उनलाई बि.एण्ड.सी अस्पताल बिर्तामोड लगेका थिए । तर, अस्पताल पु¥याउनासाथ बालकको मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन १, २०७७
    • 734 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा ३३ संक्रमित थपिए

    विराटनगर/  प्रदेश १ मा आज ३३ जना कोरोना संक्रमित थपिएका छन् । ओखलढुङ्गामा १५, इलाममा ६, झापा र सुनसरीमा ४–४, मोरंगमा ३ र उदयपुरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ओखलढुङ्गाको मानेभन्ज्याङ १५ जना पुरुष, इलामको इलाम नगरपालिकामा ६ पुरुष, सुनसरीको इटहरी र कोशी गाउँपालिकामा २–२ पुरुष, झापाको भद्रपुरमा २ महिला, मेचीनगरमा १ महिला, कनकाईमा १ पुरुष, विराटनगरमा २ महिला, १ पुरुष र उदयपुरको त्रियुगामा १ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय ७४ पुगेको छ । प्रदेश १ बाट आज १४ जना डिस्चार्ज भएका छन् ।

    • प्रकाशित मितिः साउन १, २०७७
    • 724 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप १६७ जनामा कोरोना संक्रमण पोजेटिभ पुष्टि

    आज थप १६७   जनामा संक्रमण पोजेटिभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या १७ हजार ३४४   पुगेको छ । कोरोना संक्रमणका कारण  मृतकको संख्या ३९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २१३  जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या११ हजार २ सय ४९  जना रहेका छन् । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।        

    • प्रकाशित मितिः साउन १, २०७७
    • 438 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शिक्षकहरुलाई बेतलबी बिदा दिने निर्णय फिर्ता लिन शिक्षक युनियनको माग

    धरान । साउन १ गते देखि अनलाईन कक्षा स्थगित गरी शिक्षकहरुलाई बेतलबी बिदा दिने प्याब्सन र एन प्याब्सनको निर्णय फिर्ता लिन संस्थागत विद्यालय शिक्षक युनियनले माग गरेको छ । युनियनको राष्ट्रिय समितीले विहिबार प्रेस विज्ञप्ती जारी गर्दै लकडाउनको बहानाबाजी गरी एकातिर अघिल्लो शैक्षिक सत्र देखिको तलब नदिने तथा अर्को तर्फ यस विषम परिस्थितीमा शिक्षक कर्मचारीको रोजीरोटी खोस्ने कार्य गैरकानुनी, अमानवीय एवंघ घोर भत्र्सनायोग्न रहेको भन्दै प्याब्सन र एन प्याब्सनको निर्णय आत्मघाती रहेको जनाएको छ । विगत ६ महिना देखि तलब नपाएको गुनासो गर्दा समेत सरकारले संस्थागत विद्यालयका शिक्षक कर्मचारीको समस्या प्रति गम्भिर न

    • प्रकाशित मितिः साउन १, २०७७
    • 826 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • साँस्कृतिक शहरको रुपमा पहिचान थपिदै धरान

    धरान । धरान बहुजातिय बहुसाँस्कृतिक शहरको रुपमा परिचित छ । यहाँका मठमन्दिर र समुदायको बसोबासले पनि धरानलाई साँस्कृतिक शहरको रुपमा पहिचान दिलाएको छ । यसै बिच किरातीहरुको सँस्कृति झल्काउने साँस्कृतिक सामग्री वाबु (चिन्डो) को प्रतिमा अनावरणले धरानको पहिचानलाई अझ मजबुत बनाएको छ । धरानको वडा नम्बर १८ को बुद्धचोकमा वाबुको प्रतिमा अनावरण गर्दै कार्यक्रमका प्रमुख अतिथी भाषाविद प्रा.डा. टंक न्यौपानेले प्राचीन सँस्कृतिको संरक्षण गरिएको र बहुसाँस्कृतिकपनमा मात्र राष्ट्रियता देखिने बताए । संघीय गणतन्त्रमा नेपाल प्रवेश गरेपछि देखिएको साँस्कृतिक चेतना र साँस्कृतिक विकासको उदाहरणको रुपमा अनावरण भएको चिण्डोला

    • प्रकाशित मितिः साउन १, २०७७
    • 1,472 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलाममा एकै दिन ६ जनामा कोरोना संक्रमण पुष्टि

    इलाम । इलाममा एकै दिन ६ जनामा कोरोनाको पुष्टि भएको छ । कोरोना पुष्टि हुने सवै इलाम नगरपालिकाका छन् । इलाम नगरपालिका–८ का १जना, इलाम नगरपालिका १० का ३ जना र इलाम नगरपालिका ७ का २ जनामा कोरोनाको पुष्टि भएको इलाम अस्पतालका कोरोना फोकल पर्सन विमल बरालले जानकारी दिएका छन् । कोरोना पुष्टि हुने सवै ४० वर्ष मुनीका पुरुष रहेको जनाइएको छ । जिल्ला समन्वय समितिकाको क्वारेन्टाइनमा बसेकाहरुलाई कोरोना पुष्टि भएको हो । कुवेत साउदी, कतार, गृषबाट आएका एकएक जना, भारतबाट आएका एक जना र क्वारेन्टाइनको सुरक्षार्थ खटिएका नेपाली सेनाका जवान छन् । पाँच जना १७ गते क्वारेन्टाइनमा आइपुगेका हुन् । सेनाका जवान भने क्

    • प्रकाशित मितिः साउन १, २०७७
    • 811 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानका स्व. मेयर तारा सुब्बाको दोश्रो स्मृति दिवसको सन्दर्भमा स्मृति सभा

    धरान / धरानका स्व. मेयर तारा सुब्बाको दोश्रो स्मृति दिवसको सन्दर्भमा आज धरान १९ स्थित हरियाली सामुदायिक वन स्मृति सभा सम्पन्न भएको छ । नेकपाको धरान उपमहानगर कमिटीको आयोजनामा भएको सभा भन्दा अगाडी सामुदायिक वनमा बन्दै गरेको तारा सुब्बा स्मृति पार्कमा रहेको स्व. सुब्बाको मुर्तिमा नेकपाका नेता तथा धरानका जनप्रतिनिधीहरूले मार्ल्यापण गरी श्रृद्धान्जलि अर्पण गरिएको थियो । कार्यक्रममा पार्कको निर्माणका लागी खगेन्द्र नेपालीले ५० हजार, फिरोज अलि र सागिर अलिले १० हजार, मैया तामाङले १० हजार प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए । यस्तै, तारा सुब्बा उधान पार्कका लागी लहरू जीमीले ३० हजार प्रदान गर्ने प्रतिबद

    • प्रकाशित मितिः साउन १, २०७७
    • 1,321 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रुकुम पश्चिम हत्याकाण्ड जातिय बिभेद्कै कारण भएको संसदीय समितिको ठहर

     काठमाडौं । संसदीय विशेष समितिले गत जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं। ८ सोतीमा ६ जनाको ज्यान जानेगरी भएको जघण्य अपराध जातीय विभेदकै कारण भएको निष्कर्ष निकालेको छ । ‘मृतक नवराज बिक र निजको प्रेमीकाको पनि प्रेम सम्बन्ध कायम रहेको करिव २ वर्ष भन्ने कुरा प्रायः सबैबाट सुन्नमा आएको पाइयो । तर स्थानीय रुपमा कम उमेरमा विवाह गर्ने चलन भएता पनि जातीय भेदभाव र छुवाछूतकै कारणले उनीहरूको प्रेम सम्बन्धलाई अस्वीकार गरेको देखिन्छ’ मंगलबार सभामुख अग्नीप्रसाद सापकोटालाई बुझाइएको प्रतिवेदनमा भनिएको छ, ‘उक्त घटनामा पीडक पक्षका प्रतिवादी वडाध्यक्ष जस्तो जिम्मेवार व्यक्ति

    • प्रकाशित मितिः साउन १, २०७७
    • 707 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विवादित रहेको धरान उपमहानगरको सातौँ नगर सभा सम्पन्न

     धरान / विवादै विवादमा अलमलीएको धरान उपमहानगरपालिकाको ७ औं नगरसभा बुधबार सम्पन्न भएको छ । विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटरियम हलमा मंगलबार सुरुभएको सभा बुधबार सम्पन्न भएको हो । धरान उपमहानगरपालिकाको सातौँ नगर सभामा चार वटा विधेयक, दुई वटा प्रतिवेदन सर्वसम्मत पारित गर्दै बुधबार सम्पन्न भएको छ । धरान उपमहानगरपालिकाको आर्थिक वर्ष २०७७र०७८ को अनुमानित बजेट १ अर्व ७२ करोड ३५ लाख ४३ हजार ५ सयको बजेट गएको असार १० गते घोषणा गरेर नगर सभा स्थगित भएको थियो । सातौँ नगरसभामा प्रस्तुत भएका विधेयक र प्रतिवेदनहरू माथि व्यापक छलफल भई केही संशोधन सहित सर्वसम्मत पास गरिएको छ । नगरसभाले आगा

    • प्रकाशित मितिः साउन १, २०७७
    • 865 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको विपी बाट बुधबार थप २ जना डिस्चार्ज

    धरान/  धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप २ जना आज बुधबार डिस्चार्ज भएका छन् । उनीहरु  सिरहा १ जना ,मोरङ १ जना गरी जम्मा २ जना आज प्रतिष्ठानबाट डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।  आज २ जना पुरुष  डिस्चार्ज भएका छन् । उनका अनुसार उनिहरु असार २३ र २७ गते प्रतिष्ठानको आइसोलेशन वार्डमा उपचाररत थिए । प्रतिष्ठानमा हाल जम्मा ११ जना उपचाररत छन् भने २५६ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् । हाल सम्म प्रतिष्ठानमा ११,८५५ पिसि आर परिक्षण गरिएको छ ।

    • प्रकाशित मितिः असार ३१, २०७७
    • 611 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved