प्रदेश सभामा तनाव हुने संकेत : सभामुख परामर्शमा जुटे

  • पुष २९, २०७७
  • कुमार लुइँटेल
alt

विराटनगर । प्रदेश १ मा माघ ७ गतेका लागि प्रदेशसभा बैठक डाकिएको छ । तर, नेकपामा देखिएको विवाद र राजनीतिक ध्रुवीकरणबीच सदन चल्नेभन्दा पनि झडपको खतरा देखिएको छ ।

संभावित विवाद र सदनको कारवाहीलाई सूचारु गर्न सभामुख प्रदीपकुमार भण्डारीले नेकपाका अलग अलग समूह र विपक्षी दलसंग छलफल थालेका छन ।

नेकपाको दाहाल–नेपाल र ओली समूहका तर्फबाट एकले अर्कोलाई कार्वाही गरिएको घोषणा यद्धपि भईरहेको छ । आइतबार मात्र मुख्यमन्त्री शेरधन राईसहित प्रदेश सरकारका मन्त्री र सांसदहरुलाई निलम्बन गरिएको पत्र प्रदेशसभा सचिवालय पुगेको छ । मुख्यमन्त्री शेरधन राई नेता रहेको संसदीय दलले १६ जनालाई निलम्बन गरेको छ । भीम आचार्य नेता रहेको संसदीय दलले ८ जनालाई कार्वाही गरेको घोषणा गरेको छ ।

निलम्बन गरिएकाहरु लाई प्रदेशसभा बैठकमा प्रवेश गर्नै नदिने रणनीति अख्यितार गर्नेतर्फ नेकपाका समूह सक्रिय हुँदा प्रदेशसभा बैठकमा ‘लफडा’ हुन नसक्ने खतरा बढेको हो ।

नेकपाका एक सांसदले भने,“एक समूहले अर्कोलाई निलम्बन गर्ने र बैठकमा सहभागी हुन रोक्नेसम्मको प्रयास हुने देखिएको छ । प्रदेश सांसदहरुबीच नै झडपको अवस्था आउने खतरा देखिन्छ ।” कार्यव्यवस्था परामर्श समितिमा समेत नेकपाको विवादले असर गर्ने देखिएको र समूहका प्रमुख सचेतकले सहभागी हुन विवाद गर्न सक्ने उनले बताए ।
सभामुख प्रदीपकुमार भण्डारीले आफूले सत्तासीन दल र विपक्षीसंग समेत आवश्यक परामर्श थालेको बताएका छन् । भने,“संविधान, विधि र कानुनलाई आधार बनाएर मैले बैठकको सहजीकरण गर्ने हो ।

विवाद हुन नदिन अनि बैठकको कारवाहीलाई सहज रुपमा संचालन गर्न सबैसंग परामर्श र छलफल गरिरहेको छु ।” सभामुख भण्डारीले राजनीतिक विषय दल र नेताहरुले मिलाउने तर सदनको कारवाहीलाई अनुशासित र सहमतिको आधारमा संचालन गर्ने जिम्मेवारी आफ्नो भएको सुनाए ।

दलभित्र आधिकारिकताको विवादसमेत चर्किएर गएपछि संसद सचिवालयले मंगलबार कानुन व्यवसायीसंग छलफल आयोजना गरेको छ । अहिले उत्पन्न परिस्थिति र कानुनी व्यवस्थाको विषयमा छलफल आयोजना गरिएको सचिवालयले जनाएको छ । सभामुख भण्डारीले मुख्यमन्त्री शेरधन राई र आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीसंग परामर्श गरिसकेका छन ।

प्रमुख विपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले आफूहरुसंग औपचारिक र गहन छलफल नभएको बताएका छन । भने,“नेकपामा पार्टीको विवाद देखिएको छ तर संसद बैठक संचालनमा आउँदा समस्याहरु आउन सक्छन तर एकले अर्कोलाई नै निषेध र रोक्ने भन्ने हुँदैन ।”

कार्कीले सदनको कारवाहीमा दलबीचको विवादले समस्या भने आउन नहुने तर्क गरे । प्रदेशसभाको बैठक माघ ७ गते अपरान्ह २ बजेको लागि बोलाइएको छ ।

दाहाल–नेपाल समूहका नेकपा संसदीय दलका नेता भीम आचार्य भने काठमाडौ गएका छन । उनीसंग भने लछफल हुन बाँकी रहेको बताइएको छ । प्रदेश १ मा ९३ जना सांसद छन । नेकपासँग दुई तिहाई पुग्ने ६७ सांसद छन् । नेपाली कांग्रेसका २१, जनता समाजवादीको ३, राप्रपा र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक एक जना सांसद छन ।

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved