सडक त मजबुत र टिकाउ पनि बन्ने रहेछन् !

  • माघ ४, २०७७
  • कुमार लुइँटेल
alt तस्विर : झापाको पाडाजुँगी–गौरीगञ्ज सडक ।

विराटनगर । ‘अरुतिर बनाउनासाथ खाल्डो प¥यो,भत्कियो, कालोपत्रे उप्कियो भनेर गुनासो गर्छन तर हाम्रोतिर दश वर्षअघि बनाएर छाडेको सडक अहिले पनि उस्तै छ,’स्थानीय सत्यनारायण साहले सुनाए,‘साँच्चै राम्रो सडक बनाउन चाहँदा त बन्ने रहेछन ।’

सडक एक वर्ष नपुग्दै भत्किने, खाल्डो पर्ने र भास्सिने गर्छन भन्ने आम मानिसको धारणलाई मोरङको उर्लाबारी–आमवाडी र झापाको पाडाजुँगी–गौरीगञ्ज सडकले गलत सावित गरिदिएका छन । मजबुत र टिकाउ सडक बनेकैले स्थानीय उपभोक्ताले समेत मुक्तकण्ठले प्रशंसा गर्छन ।

पूर्वका यी दुई सडकले यस क्षेत्रका स्थानीयको मन जितेकै थिए हिजोआज भने ‘राम्रा सडक नेपालमा बन्दैनन्’ भन्ने मान्यतालाई नै गलत सावित गरेर उदाहरण पनि दिएका छन । सुनवर्षी नगरपालिकाका सत्यनारायण साह उर्लाबारी–आमवाडी सडक भएर दिनहँु झैं आहोरो दोहोर गर्छन । दश वर्षअघि निर्माण भई हस्तान्तरण भएको बेला पहिलो पाइला राख्दाकै अनुभव अहिले पनि हुने गरेको उनले बताए ।

सिजुवाकी उषा ढुंगाना कक्षा–६ मा पढ्दा देखेको र हिँडेको सडक अहिले पनि उत्तिकै नयाँ नै लाग्छ । कतै नभत्किएको र चालु अवस्थामा राम्रो देखिनुले पक्कै पनि दह्रो बनेको रहेछ भन्ने प्रमाणित भएको बताउँदै ढुंगानाले भनिन्,‘हाम्रो गाउँमा पहिलो पटक पक्की सडक भत्कन्छ र टिक्दैन भन्ने संशय अब हटेको छ । साँच्चै यो सडक बलियो भएरै होला भत्किएकोे, बिग्रिएको र खाल्डा परेको देखिदैन’ ।

एशियाली विकास बैंकको सहयोगमा रोड नेटवर्क डेभलोपमेन्ट प्रोजेक्ट (आरएनडीपी) ले दश वर्षअघि निर्माण गरेको सडकको विषयमा जनताले अहिलेसम्म गुनासो गरेका छैनन् । बरु सडकलाई माया गर्ने संस्कारका कारण यो सडक एक दशकपछि पनि मजबुत छ । विराटनगरलाई हुलाकी मार्ग हुँदै पुरानो जिल्ला सदरमुकाम रंगेली, आमवाडी हुँदै उर्लाबारी र झापासम्म जोड्न यो सडक महत्वपूर्ण मानिन्छ ।

झापाको पाडाजुँगी–गौरीगञ्ज सडकका एकजना उपभोक्ता विवेक घमिरे निर्माण पक्षमा ध्यान दिँदा मजबुत सडक बन्ने रहेछन भन्ने यो सडकले उदाहरण पेश गरेको बताउँदै भन्छन्,‘प्राविधिक पक्षलाई ध्यान दिएर बलियो बनाउने नियत भएमात्र पनि सडक टिक्ने रहेछन भन्ने हामीले देख्यौं ।’ उनका अनुसार गौरादहमा पछिल्लो पटक निर्माण भएका भित्रका धेरै सडक भत्किएर ग्राभेल बनिसके तर पाडाँजुी–गौरीगञ्ज सडक उस्तै नै छ । महेन्द्र राजमार्गलाई गौरीगञ्ज र सीमावर्ती भारतसँग यो सडकले जोड्छ ।

एडीबीको सहयोगमा उर्लाबारीबाट बरडङ्गासम्मको २८ किलोमिटर सडक खण्ड आसपास ड्रेन बनाएर सडक निर्माण गरिएको छ । माटो बग्न सक्ने ठाउँमा ‘सपोर्ट ’गर्न झार उमारिएको छ । यो सडकसहित आरएनडीपी परियोजना अन्तर्गतका विभिन्न सडक निर्माण गर्न नेपाल सरकारले एशियाली बिकास ब्यांकसँग सन् २००२ मा ४ दशमलब दुई अर्ब नेपाली रुपैयाँ बराबरको ऋण सम्झौता गरेको थियो ।

पूर्वाञ्चल सडक डिभिजन कार्यालय विराटनगरका इन्जिनियर नन्दकुमार गुप्ता उर्लाबारी र गौरीगञ्ज सडक प्राविधिक रुपमा पनि मजबुत निर्माण भएको बताउँदै भन्छन्,‘सडकमा धेरै भार भएका मालवाहक सवारीको चाप नभएकोले पनि सडक टिकेका हुन । फेरि सबबेस, बेसकोर्स र बिटुमिनको प्रयोगलाई उच्चस्तरमा गरिएकोले पनि सडक दह्रो भएका हुन ।’ उनले सडक निर्माण गर्दा प्राविधिक पक्षलाई निकै नै होस पु¥याइएकोले पनि यी सडक पूर्वकै टिकाउ सडक बन्न पुगेको बताए ।

 

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved