सप्तकोसीले धार परिवर्तन गरेपछि बेलका र बराहक्षेत्र उच्च जोखिममा, ४ हजार घरपरिवार विस्थापनको संघारमा

  • असार १२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ तीन वर्षअघि सप्तकोसी नदीले धार परिवर्तन गरी पश्चिमतर्फ कटान सुरु गरेपछि उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिका उच्च जोखिममा परेका छन्।

बेलका–२, ३, ८ र ९ तथा बराहक्षेत्र–६ का करिब ४ हजार घरपरिवार विस्थापित हुने अवस्थामा पुगेका छन्।

नदीले बेलका–८ को लाहुरे खोँच हुँदै कटान तीव्र पारेसँगै सोमबारे, डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, चिलियाटप्पु, एबीसी, श्रीलङ्का टापु, रामनगर, बोची, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोशी टप्पु आरक्ष क्षेत्रमा बसोबास गर्ने परिवार उच्च जोखिममा परेका हुन्।

अघिल्लो कटानका कारण कोशीको भङालो गाउँसम्म पस्दा ४ हजार घर विस्थापित भएका थिए। हालको अवस्था पनि त्यस्तै भयावह देखिएको स्थानीयवासी बताउँछन्। कटानका कारण स्थानीय विद्यालय तथा स्वास्थ्य संस्था समेत विस्थापित भएका छन्।

बेलका–३ को सरस्वती विद्यालय, बराहक्षेत्र–६ को बाल सेवा, जनता र कौशिका विद्यालयसहित दुई स्वास्थ्य संस्था कटानमा परेका छन्।

स्थानीयवासी गिरिराज विश्वकर्मा भन्छन्, “बाढी आउँदा डुब्ने डर, घट्दा जमिन कटान भएर गाउँ पस्ला भन्ने चिन्ता। रातभर निदाउन सकिँदैन।”

सप्तकोसी कटानको समस्या नेपाल–भारतबीचको कोशी सम्झौतासँग पनि जोडिएको छ। २०११ सालमा भएको सम्झौताअनुसार भारतले चतरादेखि ब्यारेजसम्म दुवैतर्फ तटबन्ध बनाउनु पर्ने भए पनि अहिलेसम्म निर्माण नहुनु नेपाली भू–भागमा बर्सेनि डुबान र कटानको मुख्य कारण बनेको स्थानीयको गुनासो छ।

वर्षायाममा एक सेकेन्डमा २६ अर्ब घनसेन्टिमिटरसम्म पानी बग्ने कोशी नदीमा दीर्घकालीन योजना नहुँदा विपद् बारम्बार दोहोरिने गरेको छ।

सप्तकोसी कटान नियन्त्रण तथा स्रोत सङ्कलन समिति बेलका–३ ले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै तत्काल निरीक्षण र दीर्घकालीन समाधानको माग गरेको छ। ज्ञापनपत्रमा चालु वर्षको ४ करोड रुपैयाँ बजेटमा ठेक्का लागे पनि निर्माण व्यवसायीले काम नगरेको उल्लेख गरिएको छ।

ज्ञापनपत्रमा भनिएको छ, “यदि कोशी गाउँ पसेर क्षति भयो भने यसको जिम्मेवारी स्थानीय तह र निर्माण कम्पनीले लिनुपर्छ।” स्थानीयले आवश्यक परे जनश्रमदानमार्फत बाँध निर्माण गर्न अनुमति दिनुपर्ने माग पनि अघि सारेका छन्।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved