इटहरी/ सुनसरीको इटहरी उपमहानगरपालिका–७ मा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको ज्यान गएको छ।
मृतक खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ स्थायी घर भई हाल इटहरी–७ मा कोठा भाडामा बस्दै आएका ३५ वर्षीय देवान राई रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।
राती करिब ९ बजे कोठाबाट ५० मिटर टाढा रहेको खेतमा विद्युत् प्रवाह गरेर माछा मार्ने क्रममा उनी करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उपचारका लागि विराटनगरस्थित बिराट टिचिङ अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।