माघ ११ गते मुख्यमन्त्री शेरधन राईको विवाह

  • माघ ३, २०७७
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको विवाह यही माघ ११ गते हुने तय भएको छ ।

राईको विवाह संखुवासभाकी युवती ज्याङमु शेर्पासित काठमाडौमा हुने तय भएको हो । उनका परिवार हाल अमेरिकामा बस्दै आएका छन । यही माघ ११ गते विवाह हुने भएको हो ।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव नवराज राईले दिएको जानकारी अनुसार परिवार तथा आफन्तहरुको सहभागिताबीच काठमाडौमा विवाह हुन लागेको हो । २२ वर्षीया शेर्पा मिस मंगोल २०१८ हुन ।

विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय मुख्यमन्त्री राई भोजपुर निवासी हुन । उनी विद्यार्थी कालमा राष्ट्रियस्तरका भलिबल खेलाडी थिए । राईको विवाहको प्रसंग उठ्दा उनले छिट्टै नै गर्ने जनाउ दिंदै आएका थिए ।

राईले प्रदेश १ का आफन्त, इष्टमित्र, कुटुम्ब, राजनीतिकर्मीलगायतको लागि विराटनगरमा विवाहको उपलक्ष्यमा शुभकामना लिन प्रितिभोज आयोजना गर्ने सचिवालयले जनाएको छ ।

प्रदेश १ को प्रदेशसभा बैठक यही माघ ७ गते सुरु हुँदैछ । मुख्यमन्त्रीविरुद्ध उनकै पार्टी नेकपाका सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका छन ।

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved