ट्रायलको जिम्मा निजी क्षेत्रलाई नदिन माग गर्दै लेखा समितिमा उजुरी

  • पुस २९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त गर्न लिइने ट्रायल संचालन गर्ने जिम्मा निजी क्षेत्रलाई नदिन माग गर्दै प्रदेश १ को सार्वजनिक लेखा समितिमा उजुरी परेको छ ।

सरकारी सेन्टरबाट नै ट्रायल लिने व्यवस्था गर्न माग गर्दै प्रदेशको सार्वजनिक लेखा समितिमा विद्यार्थी नेता ओसिम आलमले उजुरी दिएका हुन । प्रदेश सरकारले सरकारीको साटो निजीलाई प्रोत्साहन गर्न खोजेके र अनियमितताको गन्ध आएकोले छानबिनका लागि उजुरी दिइएको आलमले बताए ।

सार्वजनिक लेखा समितिका सभपति शिवनारायण गन्गाईलाई दिएपछि आलमले भने, “बिचौलियालाई फाइदा पुग्ने देखिएकोले उपभोक्तालाई थप आर्थिक भार नपरोस भनेर हामीले बेलैमा विरोध गरेका हौं ।” सार्वजनिक लेखा समिति सभापति गन्गाईले छानबिन गरी प्रदेश सरकारलाई आवश्यक निर्देशन दिइने बताएका छन ।

भौतिक पूर्वाधार विकास मन्त्रालयलले निर्णय कार्यान्वयनका लागि यातायात व्यवस्था कार्यालय झापा र सुनसरीलाई परिपत्र गरिसकेको छ । जसअनुसार ट्रायल सेन्टर सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई दिने उल्लेख छ ।

यातायात व्यावस्था कार्यालय झापाले जग्गा भाडामा लिएर सञ्चालन गर्दै आएको ट्रायल सेन्टर बन्द गरेर निजी क्षेत्रलाई दिने तयारी गरेको छ । सुनसरीले पनि यस्तै तयारी थालेको छ ।

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved